मुख्य समाचार

नेपाल वेयरहाउजिङ्गको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं, १३ मंसिर । नेपाल वेयरहाउजिङ्ग कम्पनीले निष्काशन गरेकाे सेयर (आईपीओ) मा आवेदन दिने आज बुधबार अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारि गरेकाे थियाे । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर जारि गरि बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे हाे । कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर… पुरा पढौ

जलविद्युत, पर्यटन, औद्योगिक र इलेक्ट्रिकमा लगानी गर्न जापानी उद्योगीलाई चेम्बरकाे आग्रह

काठमाडौं, १३ मङ्सिर । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसँग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको इन्टरनेशनल कोअपरेशन अर्गनाइजेनस फर स्मल एण्ड मिडियम इन्टरप्राइजेज इन एसिया (आइकोसा)को प्रतिनिधीसँग भएको छलफलमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी एवं व्यापारिक साझेदारीका लागि प्रस्ताव गरे। अध्यक्ष मल्लले नेपालमा जलविद्युत्, पर्यटन, औद्योगिक एवं इलेक्ट्रिक क्षेत्रमा लगानीका लागि आग्रह गर्नुभयो । “नेपाल र जापानबीच आर्थिक र कूटनीतिक तवरले उच्चस्तरीय सम्बन्ध छ, लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य हो, जलविद्युत्, पर्यटन, उद्योगलगायत… पुरा पढौ

तनहुँको घाँसीकुवामा बस दुर्घटनाहुँदा ३६ जना घाइते

दमौली, १३ मङ्सिर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। घाइतेमध्ये केहीलाई पोखरा ल्याइदैछ । पुरा पढौ

पूर्वाधार बनेपछि बेलढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी, १३ मङ्सिर । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ । भकिम्ली र ओखलेका दुवै बस्तीबाट देउराली डाँडासम्म सडकको पहुँच पुगेको र त्यहाँबाट बेलढुङ्गाको ‘भ्यू पोइन्ट’सम्म चिटिक्कको पदमार्ग निर्माण भएपछि पर्यटकको आगमन बढ्दो क्रममा रहेको भकिम्लीका स्थानीय… पुरा पढौ

पञ्चकोटमा ब्राह्माण्डीय महायज्ञ हुँदै, रु ५० करोडकाे कलश निर्माण गरिने

ढोरपाटन (बागलुङ), १३ मङ्सिर । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्राह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो । पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गर्न लागिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यस… पुरा पढौ

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा, च्याम्पियन टोलीलाई रु पाँच लाख

पाेखरा, १३ मङ्सिर । पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा रङ्गशालामा भएकाे दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लागेको हो । भिम सार्की र सन्तोष कार्कीको अर्धशतकीय पारिमा आर्मीले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेर अन्तिम चारको यात्रा पक्का गरेको हो । खेलमा टस जितेर सुरुआती ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८६ रन बनायो । आर्मीका… पुरा पढौ

नेप्सेमा झिनो अंकको गिरावट, १ अर्ब २८ करोडको कारोबार

काठमाडौं, १२ मंसिर । साताको सेयर कारोबार हुने आज मंगलबार तेश्रो दिन हाे । यसदिन नेपाली सेयर बजारमा झिनो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा झरेको छ । नेप्सेमा ०.११ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८६ अंकले घटेर ३६१.८५ विन्दुमा रहेको छ । १३ उपसमूहमध्ये ८ वटामा रातो लागेको छ । बाँकी रहेका ५ वटामा हरियो लागेको छ । यसदिन कुल २९० कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको् ४७… पुरा पढौ

साना उद्योगलाई कृषि क्षेत्रलाई जस्तै प्राथमिकता दिन जरुरी

काठमाडौं, १२ मङ्सिर । आत्मनिर्भर अर्थतन्त्र निर्माण र व्यापार घाटा न्यूनीकरण गर्न सघाउने लघु, घरेलु तथा साना उद्योगलाई कृषि क्षेत्र जस्तै प्राथमिकता प्राप्त क्षेत्रका रुपमा घोषणा गर्नुपर्ने माग गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले बागमती प्रदेश सरकारको औद्योगिक व्यवसाय ऐनलाई समय सापेक्ष परिमार्जनका लागि सुझाव दिन राजधानीमा आयोजना गरेको नीतिगत संवाद कार्यक्रममा सरोकारवालाले आत्मनिर्भर अर्थतन्त्र निर्माण र व्यापार घाटा न्यूनीकरणका गर्न सघाउने लघु घरेलु तथा साना उद्योगलाई पनि कृषि क्षेत्र जस्तै प्राथमिकता प्राप्त क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने… पुरा पढौ

अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

झापा, १२ मङ्सिर । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी… पुरा पढौ

निराशा बढ्यो भनेर सङ्घीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन: नेता विमलेन्द्र निधि

जनकपुर, १२ मङ्सिर। हिजोआज धेरैले भन्छन्, “संसारमा सबैभन्दा उन्नत भनिएको सङ्घीय व्यवस्थाले समेत परिणाम दिने गरी काम गर्न नसक्दा जताततै निराशा बढ्यो। त्यही निराशाले युवाशक्तिलाई देश छाडेर परदेश रोज्न बाध्य पार्यो र अस्थिरता बढाउँदैछ ।” नेपालको संसदीय राजनीतिमा एक परिपक्व र अनुभवी नेता विमलेन्द्र निधिले भने ‘निराशा बढ्यो भनेर शिशु सङ्घीय व्यवस्था’माथि दोष थोपर्नु ‘हतार (अधैर्य) र हतास’ मानसिकताको उपज भएको टिप्पणी गरेका छन्। पूर्वउपप्रधानमन्त्री निधिले भने, “यति चाँडै व्यवस्थाले काम गरेन, केही भएन र केही हुँदैन भनेर उद्वेलित गराउनु… पुरा पढौ