मुख्य समाचार

पर्यटकका लागि सामुदायिक वनभित्र ‘इको करिडोर’ निर्माण

त्रिवेणी (नवलपरासी), ५ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधि बढ्दोक्रममा रहेको छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि प्रमुख गन्तव्य बन्दै गएका छन् । यसले सामुदायिक वनहरू पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएका छन् । सामुदायिक वनले वन र वन्यजन्तु लक्षित गरी पर्यटकीय गतिविधिलाई बढाउँदै जाँदा वन र वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यासमेत बढ्दो छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जिल्लाको गैँडाकोटबाट त्रिवेणीसम्म वन र वन्यजन्तुमा… पुरा पढौ

बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरुआत

गोरखा, ५ मङ्सिर । गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ । स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरे। अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा लिएर खेती गर्न थालेको उनले बताए। वार्षिकरूपमा रु एक लाख ५० हजारमा भाडामा लिएर खनजोत गरी अहिलेसम्म ७५ हजारभन्दा बढी अकबरे खुर्सानीको बेर्ना लगाइसकेको… पुरा पढौ

अभियान लघुवित्तकाे खुद नाफा ऋणात्मक, खुद ब्याज आम्दानी पनि घटयाे

काठमाडौं, ५ मंसिर । अभियान लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा ऋणात्मक देखिएको छ। संस्थाकाे सार्वजिनक भएकाे गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार साे अवधिमा खुद नाफा ऋणात्मक देखिएको हाे । लघुवित्तकाे यस आर्थिक वर्षको असोजसम्म खुद नाफा २ करोड ८३ लाख रुपैयाँ ऋणात्मक देखिएकाे छ। गएकाे आर्थिक वर्षमा याे नाफा ३ लाख रुपैयाँ धनात्मक रहेको थियो। संस्थाकाे खुद ब्याज र खुद फि तथा कमिशन आम्दानी घटेपछि खुद नाफामा त्यसकाे नकारात्मक असर देखिएकाे हाे । संस्थाकाे खुद ब्याज आम्दानी… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, ५ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोसहित अन्य मुलुकको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५ पैसा र… पुरा पढौ

उपल्लो मुस्ताङकाे भ्रमण गर्ने स्वदेशी तथा बिदेशी पर्यटक बढे

जाेमसाेम, ५ मङ्सिर । अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । गत कार्तिक २७ गतेदेखि मुस्ताङबासीका लागी नाका खुलेपछि स्थानियहरू बिभिन्न सामान खरिद गर्न काेरला नाका हुदै चिन प्रबेश गरिरहेका छन । अहिलेकाे दशैं, तिहारकाे बिदाकाे समयमा अत्यधिक स्वदेशी पर्यटकहरू उपल्लाे मुस्ताङ पुगेकाे स्थानिय हाेटल ब्यवसायीले बताए । पाेखराबाट उपल्लाे मुस्ताङ घुम्न पुगेका युवा ब्यवसायी माेहनबाबु खड्का यहाबाट देखिने मनाेरम हिमाल र स्थानिय परिबेशले माेहित बनाएकाे बताउछन । त्यस्तै मुस्ताङ भ्रमणमा भेटिएका इन्जिनियर रामचन्द्र… पुरा पढौ

अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले आज निजी क्षेत्रसँग छलफल गर्ने

काठमाडौं, ५ मङ्सिर । मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने भएको छ । अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए । यही विषयमा मङ्गलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग पनि छलफल गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा… पुरा पढौ

कोशी, बागमती र गण्डकीमा हल्का हिमपातको सम्भावना

काठमाडाैं, ५ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। मंसिर ५ गते (मंगलबार) दिउँसो ː कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती :  लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी… पुरा पढौ

माइतीघरबाट बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं, ५ मङ्सिर । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पद्य्मोदय मोडबाट सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलाबाट बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न प्रशासनले निषेधात्मक आदेश जारी गरेको छ । एक वा सोभन्दा बढी समूहद्धारा एकै मिति, समय र… पुरा पढौ

सडक पूर्वाधार निर्माण एवं लगानीबारे चेम्बर र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं, ४ मंसिर । नेपाल चेम्बर अफ कमर्सले सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर ब्यापार सहजीकरणका लागि चिनियाँ राजदूत समक्ष आग्रह गरेको छ । मुख्य व्यापारिक साझेदार चीनसंगको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह गरेको हो । काठमाडौंको जमलस्थित भवनमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहित पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गबीच दुई मुलुकको व्यापार, लगानी, एवं पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा छलफल भएको हो । राजदूत सोङ्गसंगको भेटवार्तामा अध्यक्ष मल्लले भने, चीन… पुरा पढौ

माइतीघरदेखि बानेश्वरसम्म ३० दिनका लागि ‘निषेधित क्षेत्र’ घोषणा

काठमाडौं, ४ मङ्सिर। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पद्माेदय मोडबाट सिंहदरबार पश्चिमगेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलाबाट बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ। प्रशासन कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै ४ गतेदेखि ३० दिनसम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न प्रशासनले निषेधात्मक आदेश जारी गरेको छ । एक वा सोभन्दा बढी समूहद्धारा एकै मिति, समय र स्थानमा भेला भई… पुरा पढौ