मुख्य समाचार

डा थापाको जीवनीमा आधारित ‘राष्ट्र-परराष्ट्र’ पुस्तक सार्वजनिक

काठमाडौं, ५ मङ्सिर । वरिष्ठ अर्थशास्त्री एवं कूटनीतिज्ञ डा भेषबहादुर थापाको जीवनीमा आधारित ‘राष्ट्र–परराष्ट्र’ पुस्तक आज सार्वजनिक भएको छ । पत्रकार हरिबहादुर थापाद्वारा लिखित सो पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो । डा थापाले २०६० को दशकदेखि करिब ४० वर्ष नेपालको प्रशासनिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा पु¥याउनुभएको योगदान, भूमिका र अनुभवलाई पुस्तकमा समेटिएको छ । विमोचन समारोहमा सांसद् एवं अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपालको आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका डा थापाको जीवनीमा आधारित महत्वपूर्ण पुस्तकबाट सम्पूर्ण नेपाली लाभान्वित… पुरा पढौ

कोप-२८ मा क्षतिपूर्तिको माग दाबी हुन्छ : अर्थमन्त्री महत

काठमाडौं, ५ मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ । यही मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनको तयारी चुस्त पारिएको छ । सम्मेलनमा नेपालको तयारीका लागि आज काठमाडौँमा ‘राष्ट्रिय जलवायु सम्मेलन’ गरिएको छ । वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सम्मेलनमा नेपाल सरकारका मन्त्रीहरू, मुख्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका सदस्य, नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सरोकारवाला सरकारी निकायका पदाधिकारी… पुरा पढौ

नेप्सेमा २३.८२ अंकको गिरावट, करिब १ अर्बको कारोबार

काठमाडौं, ५ मंसिर । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार नकारात्मक लयमा गएकाे छ । एउटा बाहेक बाँकी १२ वटै उपसमूहहरु राताम्मै हुँदा लगानीकर्ताहरुको मनोबल घटेको छ । लामाे समयदेखि अर्थ बजारमा आशा गरेअनुरुप सुधार हुन नसकेपछि सरकारले यतिबेला सरकारी तथा निजि क्षेत्रसंग छलफल गरिरहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ विन्दुमा झरेको छ । नेप्सेमा १.२८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.४८ अंकले घटेर ३५२.०५ विन्दुमा रहेको छ ।… पुरा पढौ

जलवायु सम्मेलनमा नेपाल सशक्त दाबीसहित प्रस्तुत हुन्छ : प्रधानमन्त्री

काठमाडौं, ५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न नसके नेपाल लगायत विकासोन्मुख देशमा जलवायु–उत्थानशील विकासको सम्भावनामा गम्भीर असर पर्ने बताए । राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले बढ्दो जलवायुजन्य प्रकोप, खाद्य सुरक्षा र पानीको उपलब्धतामा कमि आउने बताए। अर्को हप्तादेखि सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप २८) मा प्रधानमन्त्री प्रचण्डको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भाग लिँदैछ । शिखर सम्मेलनमा विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी… पुरा पढौ

विमान चार्टर्ड गरी चिनियाँ खेलाडी नेपाल आउँदै

काठमाडौं, ५ मङ्सिर । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ । उक्त प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली… पुरा पढौ

अध्यक्षसहित राष्ट्रियसभाका एक तिहाइ बिदा हुँदै, निर्वाचन माघमा

काठमाडौं, ५ मङ्सिर । द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै छन्। समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभामा पहिलोपटक गोलाप्रथाद्वारा छवर्षे कार्यकाल निर्धारण भएको समूह बिदा हुँदै छ । परिपक्व व्यक्तिको प्रतिनिधित्व हुने ‘इल्डर्स हाउस’ले प्रतिनिधिसभाले गर्ने निर्णयमा गहन छलफल गरी रायसुझाव र परामर्श दिई विधेयकलाई समृद्ध तुल्याउन महत्वपूर्ण भूमिका खेल्छ । प्रतिनिधिसभाको छायाका रूपमा रहेको आरोप खेपिरहेको राष्ट्रियसभाले बेलाबखत केही महत्वपूर्ण… पुरा पढौ

मानव सेवा नै सर्वोत्कृष्ट धर्म हाे : आनी छोइङ् डोल्मा

काठमाडौँ, ५ मङ्सिर । मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो । मानव सेवाबाट नै धर्म प्राप्तिको ढोका खुल्दछ । सेवा यति नै गर्नुपर्छ भन्ने छैन, इमान्दारी र खुसीपूर्वक गरिने पुण्य जति पनि कार्य छन्, ती सबै धर्म हुन् । सेवा भनेको जति सकिन्छ, त्यति गर्ने हो, मात्र पवित्र आशय राख्नुपर्छ । सामाजिक सेवा आफ्नो धर्म हो । सामाजिक सेवा गर्नु भनेको… पुरा पढौ

मुक्तिनाथ कृषि कम्पनीले मंसिर ८ देखि सेयर जारी गर्ने

काठमाडौं, ५ मंसिर। मुक्तिनाथ विकास बैंकको मुख्य लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले यही मंसिर ८ गतेबाट सेयर जारी गर्ने भएको छ। कृषिमा लगानी र अनुसन्धान गर्ने उदेश्यले स्थापना भएकाे याे कम्पनीले सर्वसाधारणबाट शेयर जारीपश्चात १४ करोड रकम संकलन गर्नेछ। मुक्तिनाथ कृषि कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेकाे छ। यसको २० प्रतिशतले हुन अाउने बराबरकाे सेयर जारी गर्न लागेको हो। सेयर खरिद गर्ने अवधि मंसिर १२ गतेसम्म राखिएकाे बताइएकाे छ । कम्पनीले रू १०० अंकित मूल्य मै सेयर  जारी गर्नेछ।… पुरा पढौ

चिसो छल्न चितवनमा ‘पर्यटक’ चराको आगमन

चितवन, ५ मङ्सिर । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो छल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन् । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले जानकारी दिए । उनका अनुसार नेपाल बाहिरबाट आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा देखिन थालेका छन् । ‘अगष्ट’ महिनादेखि हिउँदे आगन्तुक चरा आउन थालेको जनाउँदै… पुरा पढौ

भिजन लुम्बिनी उर्जाकाे आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?

काठमाडौं, ५ मंसिर । भिजन लुम्बिनी उर्जा कम्पनीको सेयर आइपीओ आज बिहान बाँडफाँड गरिएकाे छ । यसमा कुल २ लाख ७ हजार ५२८ जना लगानीकर्ताले सेयर पाएका छन् । योग्य मानिएका ११ लाख ५६ हजार ९२७ आवेदकहरुबीच गाेला हालिएकाे हाे । उनीहरुले १० कित्ताकाे दरले सेयर हात पारेका छन् । जसमा ५ जना लगानीकर्ताले ११ कित्ताका दरले सेयर पाएका छन्। सेयरमा ११ लाख ६१ हजार ५२९ जनाले आवेदन दिएका थिए । उनीहरुमा ४ हजार ६०२ जनाको आवेदन रद्द गरिएकाे सेयर निष्काशन… पुरा पढौ