मुख्य समाचार

लाभांश पारित गर्न ग्लोबल आइएमईले साधारण सभा बाेलायाे

काठमाडाैं, ३ मंसिर । ग्लोबल आइएमई बैंकले मंसिर २८ गतेका लागि साधारण सभा बाेलाएकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको लाभांशकाे प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे हाे । सभाबाट १ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयाेनका लागि ८ प्रतिशत नगद लाभांशसहित ९ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । संस्थापक शेयरधनीहरूबाट ३ जना र सर्वसाधारण शेयरधनीहरूको समूहबाट ३ सहित… पुरा पढौ

आईतबार विदेशी मुद्राकाे भाउ स्थिर

काठमाडौं, ३ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, यूराेसहित अन्य मुलुककाे मुद्राको भाउ स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५४ पैसा… पुरा पढौ

आज छठ पर्वको मुख्य दिन सूर्यको पूजा गरी मनाइँदै

काठमाडौं, ३ मङ्सिर ।, आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि… पुरा पढौ

कुमारी बैंकको सीईओमा खनाल नियुक्त

काठमाडौं २ मंसिर । कुमारी बैंक लिमिटेडको सीईओमा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको हालैकाे बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कुमारी बैंकले एनसीसी बैंकलाई गाभ्नुअघि कुमारीको सीईओ रहेका खनाल कुमारी र एनसीसी बैंक गाभिएपछि साे बैंकको डेपुटी सीईओ भएका थिए । बैकका सीईओ रमेशराज अर्यालले स्वास्थ्यकाे कारण देखाउदै राजिनामा दिएपछि खनाल फेरी कुमारी बैंकको सीईओमा नियुक्त भएका छन।  चार्टर्ड एकाउन्टेन्ट समेत रहेका खनाललाई बैक सञ्चालक समितिले आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिएको… पुरा पढौ

श्यामशिलाको छुर्पी युरोप, अमेरिकालगायतका देशमा निर्यात

भोजपुर, २ मङ्सिर । भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो । दूग्ध उद्योग सञ्चालन गर्दै आएका राई यो क्षेत्रमा उदाहरणीयसमेत बनेका छन्। आफूले उत्पादन गरेको छुर्पी झापाका व्यापारीमार्फत युरोप, अमेकिालगायत बाह्य मुलुकका बजारमा निर्यात गर्न थालिएको उनले बताए । “यहाँको छुर्पी बाध्य बजारमा जान थालेको अवस्था छ”, राईले भने, “भोजपुरका डेरीबाट पनि आवश्यक पर्दा दूध लैजाने… पुरा पढौ

४ महिनामा बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड बराबर

काठमाडौं, २ मङ्सिर । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्मको खर्चको अवस्था हेर्दा चालुतर्फ २३ दशमलव ७५, पुँजीगततर्फ नौ दशमलव ९३ र वित्तीय व्यवस्थातर्फ… पुरा पढौ

चुनावमा मत बिक्री भए राजनीति स्थिर हुन्न : सांसद यादव

काठमाडौं, २ मङ्सिर । जनता समाजवादी पार्टी नेपालकी नेत्री रेखा यादवले मुलुकको कानुन बनाउने उपल्लो निकाय सङ्घीय संसद् राजनीतिक दलको गालीगलोज र रिस पोख्ने अखडा बन्न पुगेको प्रतिक्रिया दिएकी छन्। उनी आफ्नो एकबर्से कार्यकालको समीक्षा गर्दै देश र जनताका जल्दाबल्दा विषयमा प्रखररूपमा आवाज उठाउनुपर्नेमा सदनलाई राजनीतिक दलले सरकार बनाउने तथा गिराउने खेल मैदानका रूपमा मात्र प्रयोग गरिरहेको आरोप लगाउछन्। ‘सांसदसँग रासस संवाद’ मा नेत्री यादवले भनिन्, “संसद्को मुख्य काम कानुन निर्माण गर्ने भए पनि यसलाई राजनीतिक दलले एकार्कालाई आरोपप्रत्यारोप गर्ने… पुरा पढौ

कात्तिकमा अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए

पाेखरा, २ मङ्सिर । कात्तिक महिनामा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैशाख र असोज महिनापछि कात्तिकमा सबैभन्दा बढी पर्यटकले ‘एक्याप’ घुमेका छन् । वैशाखमा ३१ हजार नौ सय ५१ र असोजमा २८ हजार सात सय पाँच पर्यटक… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, २ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रिदर… पुरा पढौ

जाडो छल्न नेपाल आइपुगे हिउँदे पर्यटक चरा

बेलबारी (मोरङ), २ मङ्सिर । जाडो छल्न विगतमा झैँ यस वर्ष पनि चरा नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । गौतमका अनुसार… पुरा पढौ