मुख्य समाचार

चालु आवको २ महिनामा काठमाडाैं महानगरपालिकाद्वारा १ अर्ब १७ करोड राजस्व संकलन

काठमाडौं, २५ असोज । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो २ महिनाको अवधिमा १ अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिएका छन। गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा रु २४ करोड बढी राजस्व असुल भएको… पुरा पढौ

नेपाललाई दिइने ऋण सहायता सहुलियतपूर्ण बनाउन अर्थमन्त्री महतकाे जाेड

मोरक्को, २५ असाेज। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को संयुक्त वार्षिक बैठक सम्पन्न भएकाे छ। सो अवसरमा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश: विम्पी सपुत्रा र याती कुर्निआतीले गरेकाे प्रस्तुतीहरुमा प्रतिक्रिया दिंदै नेपालका अर्थमन्त्री तथा विश्व बैंक समूहका गभर्नर डा. प्रकाशशरण महतले हामी बसोबास गरिरहेको धर्तीलाई बस्नयोग्य बनाउनु पर्ने बताएका थिए। बिश्व बैकको थिमलाई समर्थन जनाउँदै जलवायू परिवर्तनको गैरअनुपातिक असर परेको नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनुपर्ने… पुरा पढौ

कोशी, बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना

काठमाडाैं, २५ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ । देशभर आंशिक बदली र मौसम सामान्यतया सफा रहेको छ । असोज २५ गते (बिहीबार) दिउँसोː कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती:  देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई… पुरा पढौ

कर्णाली प्रदेशमा स्थानीय तहका उजुरी धेरै

कर्णाली, २५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । उक्त प्रतिवेदन चार सय ७४ पृष्ठको छ । बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आयोगका सुर्खेत कार्यालय प्रमुख माधवप्रसाद पोखरेलले नेपालको संविधानको धारा २९४ को परिच्छेद ८ बमोजिम प्रदेश प्रमुख परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा प्रदेश प्रमुख परियारले मुलुकको सुशासन र विकासका विरुद्ध हुने भ्रष्टाचारजन्य कार्य निवारण तथा न्यूनीकरण आयोगको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त… पुरा पढौ

सहकारीमा बचतको सीमा २५ लाख हुने व्यवस्था हटाइयो

काठमाडौं, २४ असोज । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रबर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मार्फत सहकारी ऐन २०७४ मा संशोधन गरेर व्यक्तिगत बचतको सीमा तोक्ने गरी राखिएको व्यवस्था हटाइएको छ । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकले विधेयक माथि छलफल गर्दै उक्त दफा हटाउने निर्णय गरेको सभापति विमला सुवेदीले जानकारी दिइन। त्यस्तै, सीमा नाकाभन्दा तीन किलोमिटर दूरीभित्र बनेका क्यासिनो तीन वर्षभित्रमा पाँच किलोमिटर दूरी बाहिर सारिसक्नुपर्ने तथा… पुरा पढौ

बेरुजु फर्छ्याैटका लागि सम्परीक्षणको प्रक्रिया शुरु

काठमाडौं, २४ असोज । पछिल्लो एक वर्षदेखि रोकिएको सम्परीक्षण प्रक्रिया शुरु भएको छ। सङ्घीय संसद प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आज बेरुजु सम्परीक्षण सम्बन्धमा मुख्यसचिव, सङ्घीय संसदका महासचिव, कार्यवाहक महालेखापरीक्षक र विभिन्न मन्त्रालयका कर्मचारीसँग छलफल गरेको छ । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएका बेरुजु फर्छ्याैटका लागि सम्परीक्षणको प्रक्रिया शुरु गरिएको लेखा समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए। सम्परीक्षण भन्नाले आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएको बेरुजुको सम्बन्धमा पेश हुन आएका स्पष्टीकरण वा प्रतिक्रियासाथ संलग्न प्रमाण र कागजातको आधारमा गरिने फर्छ्याैटसम्बन्धी… पुरा पढौ

नेप्सेमा ५.१६ अंकको बृद्धि, १ अर्ब माथिकाे काराेबार

काठमाडौं, २४ असोज । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४.७६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.७७ अंकले बढेर ३६२.०८ विन्दुमा रहेको छ । कुल १३ उपसमूहरुमध्ये तीन वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल २८६ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३७ लाख ३३ हजार ५२४… पुरा पढौ

कालीगण्डकी प्रसारण करिडोर: खुर्कोट-न्यु बुटवल खण्डको परीक्षण सफल

पर्वत, २४ असोज । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत पर्वतको खुर्कोट–न्यूबुटबल खण्डको परीक्षण सफल भएको छ । कालीगण्डकी करिडोरको दुई सय २० केभी प्रसारण लाइनअन्तर्गत यो खण्डको काम पूर्ण भएपछि असोज १० गतेदेखि चार्जिङ सुरु भएको थियो । विद्युत् प्रसारण र चार्जिङ सुरु भएसँगै अहिले लोड लिइरहेको आयोजनाले जनाएको छ । सो आयोजनाबाट निर्माण भएको खुर्कोट– न्यूबुटवल खण्डअन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका– २ खुर्कोटस्थित खुर्कोट सवस्टेशनदेखि बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी जिल्लाको सुनवल नगरपालिकामा अवस्थित न्यूबुटबल… पुरा पढौ

अग्रिम टिकट बुकिङ गर्न बसपार्कमा दिनहुँ यात्रुकाे भीड

काठमाडौं, २४ असोज । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा दिनहुँ टिकट लिनेको भीड लाग्ने गरेकाे छ । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । यतिबेला सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरु घरजानका लागि टिकट काट्न नयाँबसपार्कमा जम्मा भएका छन् । नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज… पुरा पढौ

क्लाइमेट फन्डको करिब ३ अर्ब ३२ करोड ऋण लिदै ग्लोबल आईएमई बैंक

काठमाडौं, २४ असोज। देशकै अग्रणी बैक, ग्लोबल आईएमई बैंक लिमिटेडले क्लाइमेट फन्डको करिब ३ अर्ब ३२ करोड ( २५ मिलियन अमेरिकी डलर) ऋण लिने भएको छ । स्वच्छ ऊर्जामा लगानी गर्नका लागि बैकले साे ऋण लिन लागेको जनाएको छ । बैंकले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने बताएकाे छ । यस सम्बन्धमा दुईपक्षबीच सहमतीपत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान भइसकेको बैंकले जनाएको छ । साे ऋणबाट बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्ने र बैंकलाई नवीकरणीय ऊर्जा… पुरा पढौ