मुख्य समाचार

जिल्ला सहकारी सङ्घ काभ्रेकाे प्रतिवेदन : जिल्लाका ८ सय ४९ सहकारी अज्ञात

काभ्रे, २४ असोज । काभ्रेपलाञ्चोकमा ८ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका १ हजार ४ सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा ६ सय ४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी सङ्घले जनाएको छ । बनेपा नगरपालिका बनेपामा सञ्चालित सहकारीको अनुगमन प्रतिवेदन बुझाउने क्रममा सङ्घका अध्यक्ष दिलीप शर्मा जङ्गमले काभ्रेमा क्रियाशील सहकारीमा छ लाख ७९ हजार आठ सय १८ सेयर सदस्य रहेको तथ्याङ्क फेला परेको बताए। उनले उक्त प्रतिवेदन मङ्गलबार नगरप्रमुख शान्तिरत्न… पुरा पढौ

सदनमा भइरहेको अभ्यास नाटक जस्ताे लाग्छ : रास्वपा सांसद तिवारी

काठमाडौं । “मुलुकमा अहिले उठिरहेका प्रमुख एवं समसामयिक मुद्दालाई सदनमा निरन्तर प्रवेश गराउन कोसिस गरेका छौँ, तर हामीलाई समय दिइन्न, पाइनुपर्ने समय पनि घटाइन्छ, प्रश्नको जवाफ आउन्न, अहिले सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ ।” सांसदसँग रासस संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ लक्ष्मी तिवारीले सदनका नाममा राज्यको ढुकुटीबाट दैनिक रु १० लाख खर्च भए पनि त्यहाँ हुने सबै गतिविधि बजेट सक्न गरिएको नाटक मञ्चनजस्तो भान भएको प्रतिक्रिया दिइन। चालु संसद् अभ्यासबारे उनले भनिन्, “नियत ठीक भए हामीले बोल्नै पर्दैन,… पुरा पढौ

सुनको भाउमा सामान्य गिरावट, चाँदीको स्थिर

काठमाडौं, २४ असोज । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन दिन बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले घटेको छ । चाँदीको भाउ शुक्रबारकै कायम गरिएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २४ असाेज । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ। यसका लागि फन्डकाे असोज २५ गते बिहिबार बुक क्लोज हुने भएकाे छ । इकाईधनीहरूले आजसम्म नेपाल स्टक एक्सचेन्जमा काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरूले मात्रै फन्डले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन् । फण्डकाे घाेषणा गरिएकाे आर्थिक वर्ष २०७९–८० को नाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश रहेकाे छ । जाे रूपैयाँ ५ करोड १२ लाख ८८ हजार १८० रहेकाे छ… पुरा पढौ

दसैंलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा निकासी सुरू

म्याग्दी, २४ असोज । दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म एक हजार दुई सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी दिए। “जोमसोमको नाकाबाट मङ्गलबार मात्रै चार सयवटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ”, उनले भने, “पछिल्लो तीन दिनको अवधिमा एक हजार दुुई… पुरा पढौ

प्रभु सेलेक्ट फण्डको प्रतिफल इकाईधनीहरुलाई वितरण

काठमाडाैं, २४ असाेज । प्रभु सेलेक्ट फण्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ। प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन गरिएकाे साे फण्डकाे प्रतिफल वितरणा गरिएकाे हाे । फण्डका अनुसार गत आर्थिक वर्षका लागि ९.५ प्रतिशतका दरले प्रतिफल वितरण गरिने घोषणा गरिएकाे थियो। यसैकाे प्रयोजनका लागि असोज १२ गते बुकक्लोज भएकाे थियो। यसका लागि इकाईधनीहरु असोज ११ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाहरूकाे बैंक खातामा उक्त प्रतिफल जम्मा गरिएकाे छ । फण्डले डिम्याट, बैंक खाता अध्यावधिक नभएका इकाईका धनीहरुलाई छिटाे खाताअध्यावधिक गराउन… पुरा पढौ

दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

काठमाडौं, २४ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसङ्घको सहकार्यमा एफएनसिसिआईले राजधानीमा आयोजना गरेको सातौँ दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न राज्य र निजी क्षेत्र तथा अन्य विकास साझेदारबीच सहकार्यको आवश्यकतामा जोड दिए । अध्यक्ष ढकालले गरिबी घटाउने, जलवायु परिवर्तनलगायत क्षेत्रमा साझेदारीको खाँचो औँल्याउँदै निजी क्षेत्र वित्तीय योगदानकर्ता मात्र नभई आर्थिक वृद्धि,… पुरा पढौ

यी प्रदेशमा बदली र हल्का वर्षाको संभावना

काठमाडौं, २४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । असोज २४ गते बुधबार दिउँसोː कोशी, मधेश बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही… पुरा पढौ

अर्थमन्त्री डा महत र आएएफसी उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं, २३ असोज । विश्व बैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेशमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डाे पुलितीबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाको विकास गर्न र वित्तीय उपकरणहरू विविधिकरण गर्दै सार्वजनिक–निजी साझेदारी ढाँचामा परियोजना विकास गर्न आइएफसीले प्राविधिक सहयोग गर्ने विषयमा पनि छलफल थियो… पुरा पढौ

सुपथ मूल्य पसलमा चिनी नपाएको उपभोक्ताको गुनासो

काठमाडौं, २३ असोज । चाडबाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ । थापाथलीमा मात्र नभई खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ स्थानमा सञ्चालित सुपथ मूल्य पसलमा चिनी सकिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसअघि साल्ट ट्रेडिङ कर्पोरेसनबाट थोरै–थोरै परिमाणमा चिनी ल्याएर बिक्री गरिरहेको थियो । साल्ट ट्रेडिङमै मौज्दात न्यून भएपछि चिनी ल्याएर बेच्न नसिकएको खाद्य व्यवस्था… पुरा पढौ