मुख्य समाचार

भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, १६ असोज । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको जानकारी दिए। उहाँले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए। पाण्डेका अनुसार भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ र घाइतेको अवस्था समान्य रहेको छ । उनले भने, “बझाङ सदरमुकाम र आसपासमा केही घर चर्किएको र अन्य कतिपय घर भत्किएको जानकारी आएको छ, विस्तृत… पुरा पढौ

सेयर बजार राताम्मै, १ अर्ब १९ करोडको कारोबार

काठमाडौं, १६ असोज । चाडबाड नजिकिएको बेलामा सेयर बजारलाई चलायमान बनाउने लगानीकर्ताहरु सुस्ताउन थालेका छन् । सुरक्षित रकम घर खर्च तथा व्यवहारिक प्रयोजनका लागि केहि समय साँच्ने हुनाले पनि यसको असर देखिने गरेको छ । तर सेयर बजारमा लागिरहेका विभिन्न खालका अंकुशहरुको कारण यसले स्थिर खालको लय लिन सकेको छैन । कहि न कहि कमजोरीहरु रहिरहेका छन् । यसका लागि नियमनकारी निकाय जिम्मेवार हुनैपर्छ भन्ने माग अहिले पनि लगानीकर्ताहरुको कायमै रहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार… पुरा पढौ

चीनसँगकाे समझदारी दूरगामी महत्वका : प्रधानमन्त्री

काठमाडौं, १६ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गराएका छन् । आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले महासभामा सहभागिताबाट विश्व समुदायले नेपाललाई नजिकबाट चिन्ने वातावरण बनेको बताए। प्रधानमन्त्री दाहालले चीनसँग भएका सम्झौता तथा समझदारी नेपालको विकासमा दूरगामी महत्वको भएको उल्लेख गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। “संयुक्त राष्ट्र सङ्घको महासभामा विश्वसमुदायले नेपाललाई नजिकबाट चिन्ने गरी नेपालको प्रस्तुति भएको छ”,… पुरा पढौ

कुमारी बैंकले पायो ५ अर्बको ऋणपत्र जारी गर्ने अनुमति

काठमाडाैं, १६ असाेज । कुमारी बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कुमारीलाइ १० वर्षे अवधिको याे ऋणपत्र ल्याउन अनुमति दिएको हाे। धितोपत्र बोर्डको अनुमति पाएपछि बैंकले १ हजार दरका कुल ५० लाख इकाइकाे ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गर्ने तयारी गरेकाे जनाइएकाे छ।  यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्ने छ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्ने बताएकाे छ । । कुमारीको केबीएलएम डिबेन्चरको बिक्री… पुरा पढौ

उज्यालो अभियान अन्तर्गत केन्द्रीय प्रसारण लाइन नपुगेको स्थानमा सौर्य मिनिग्रेट निर्माण गरिदैं

काठमाडाैं, १६ असोज । जाजरकोटकाे कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण गरिने भएको छ । केन्द्रीय प्रसारण लाइन तत्काल पुर्याउन नसक्ने ठाउँमा विद्युतीकरण गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुुर बस्नेतले कुशे–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण हुन लागेको बताएका हुन । करिब ८५ किलोवाट क्षमताको विद्युत् उत्पादन गरी यहाँका सर्वसाधारणलाई उज्यालो दिने उद्देश्यले ठेक्का खोलिएको मन्त्री बस्नेतले बताए । चाल्चामा सौर्य मिनिग्रेट निर्माण गर्नका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ठेक्का खोलेसँगै यस क्षेत्रका सर्वसाधारण खुसी भएका छन् । कुशे केन्द्रीय… पुरा पढौ

एनआइसी एशिया बैंकको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडाैं, १६ असाेज। एनआइसी एशिया बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएकाे छ । लाभांश घोषणा गर्दै साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेकाे एनआइसीकाे नेप्सेमा सेयरमूल्य समायोजन भएको हाे । नेप्सेले सुचना जारी गर्दै बैंकको सेयरमूल्य समायोजन भएको बताएकाे छ ।  यसअघि २९ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको एनआइसी एशिया बैंककाे समायोजित सेयरमूल्य प्रतिकित्ता ५९०.३१ रुपैयाँ कायम भएको छ । यस बैंकको दोश्रो बजारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७६१.५० रुपैयाँ रहेको थियो ।  सेयरमूल्य समायोजन हुँदा पनि दोश्रो बजारमा एनआइसी एशियाकाे… पुरा पढौ

सुन तोलाको १ लाख ६ हजार ६ सयमा झर्यो, चाँदी पनि घट्याे

काठमाडौं, १६ असोज । दिनदिनै सुनको भाउमा गिरावट हुने क्रम रोकिएको छैन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ १३ सयले घटेकाे जनाएको छ । साथै चाँदीमा रुपैयाँ ३० ले गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ १३ सयले गिरावट भई तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ७ हजार… पुरा पढौ

अबिरल वर्षाको कारण म्याग्दीको मुख्य सडक अवरुद्ध

बेनी, १६ असोज । अबिरल वर्षाको कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन् । बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४ फापरखेतको घुमाउने भिर र मालिका गाउँपालिका–६ को बाङ्गे पहिरोमा सडक अवरुद्ध भएको छ । त्यसैगरी बेनी–जोमसोम सडकखण्डको रघुगङ्गा गाउँपालिका–२ बैँसरी, कुनौटा, अन्नपूर्ण गाउँपालिका–२… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको घट्यो

काठमाडौं, १६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो तथा अन्य देशहरूको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर… पुरा पढौ

डिजिटल कारोबार गर्ने बेलामा सचेत रहन राष्ट्र बैंककाे अनुराेध

काठमाडौं, १६ असाेज । नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरेर डिजिटल कारोबार गर्ने बेलामा विशेष रुपमा सजग रहन सबैलाई आग्रह गरेको छ । बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटलगायतका डिजिटल वित्तीय सेवा ग्राहकका लागि सरल, सहज र सुविधायुक्त भएपनि यसकाे प्रयाेगमा ध्यान पुर्याउन र कसेले गरायन सक्ने वित्तीय नाेक्सानीबाट जाेगिन यस्ताे आग्रह गरेको हो ।  आज जारी गरिएकाे सूचनामा राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनको लागि कसलाई भुक्तानी गरेको हो यसका बारेमा सावधानी पुर्याउन अनुराेध… पुरा पढौ