मुख्य समाचार

एमसिसीले आर्थिक विकासको ढोका खोल्नेछ : प्रधानमन्त्री

काठमाडौं, १८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरसन (एमसिसी) ले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताएका छन् । एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा काठमाडौँ आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एशियाका विशाल अर्थतन्त्र भएका मुलुकसँग जोड्ने र देशको आर्थिक वृद्वि तथा गरिबी घटाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले भने, “नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त… पुरा पढौ

सबै दलहरूले कोशी प्रदेश सरकारलाई समर्थन गर्नुपर्छ : अध्यक्ष ओली

मोरङ, १७ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको वर्तमान सरकारलाई सबै राजनीतिक दलले समर्थन गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश मध्यावधि निर्वाचनमा जानु उचित नभएकाले त्यसतर्फ सबै राजनीतिक दलले त्यसान ध्यान दिनुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले देशमा साम्प्रदायिक सद्भाव कायम गर्नु सबै नेपालीको दायित्व भएको बताउँदै नेपालको जातीय विविधता र एकता बिगार्नेबाट सचेत हुन आवश्यक भएको विचार व्यक्त गरे। अध्यक्ष ओलीले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा संसद्को दुई तिहाइ मतबाट… पुरा पढौ

सामाजिक सद्भाव कायम गर्न आयोगले गर्याे अपिल

काठमाडौं, १७ असोज । राष्ट्रिय मानव अधिकार आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सबै पक्षलाई अपिल गरेको छ । आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरुको अधिकारप्रति सचेत रहन, मर्यादितरुपमा सामाजिक सञ्जालको प्रयोग गर्न तथा नेपालगञ्जमा हिजो भएको घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “घाइतेको उपचारको व्यवस्था गर्न र संयमता अपनाउन आयोग सम्बन्धित सबै पक्षलाई अपिल गर्दछ… पुरा पढौ

सुपारी व्यवसायको समस्या अध्ययन हुन्छ : सभापति खांन

काठमाडौं, १७ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खांनले सुपारी व्यवसायको समग्र अवस्थाबारे सरोकारवालासँग जानकारी लिने र अध्ययन गर्ने बताएका छन् । समितिको आज बसेको बैठकमा सभापति खांनले सुपारी निर्यातमा समस्या देखिएको सम्बन्धमा समितिले आवश्यक अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइने बताए। नेपालमा उत्पादन हुने सुपारी भारतलगायतका देशमा निर्यात गर्दा समस्या भइरहेको उजुरी परेपछि समितिले सो विषयमा सरोकारवाला निकाय र व्यक्तिसँग छलफल गरेको हो । नेपाल सुपारी खेती विकास संस्था र नेपाल… पुरा पढौ

सरकारद्वारा जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

काठमाडौं, १७ असोज । सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई मुलुकसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र सोसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरत्सिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन। सरकारले नेपाल र स्विट्जरल्यान्ड तथा नेपाल र रुवाण्डाबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति दिएको छ । बैठकले नेपाल… पुरा पढौ

एआइबिडी कार्यकारिणी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित

काठमाडौं, १७ असोज । प्रसारणको क्षेत्रसँग सम्बद्ध एआइबिडी नामक अन्तरराष्ट्रिय संस्थाको कार्यकारिणी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ । एसिया प्रसान्त क्षेत्रका ४४ राष्ट्र सदस्य रहेको एआइबिडीअन्तर्गत नेपालसहित १० राष्ट्र सदस्य रहेको कार्यकारी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित भएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिए। दुईवर्षे कार्यकाल रहने सो समितिको उपाध्यक्षमा नेपालका तर्फबाट अब नेपाल टेलिभिजनले प्रतिनिधित्व गर्नेछ । यसअघि रेडियो नेपालले सो समितिको सदस्यका हैसियतले प्रतिनिधित्व गरेको कार्यकारी निर्देशक केसीले जानकारी दिए । अफ्रिकी राष्ट्र मोरिससमा आज सम्पन्न… पुरा पढौ

नेप्सेमा ९.२४ अंकको बृद्धि, १ अर्ब १८ करोडको कारोबार

काठमाडौं, १७ असोज । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.२४ अंकले बढेर १९६७.९७ विन्दुमा चढेको छ । नेप्सेमा ०.४७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५१ अंकले बढेर ३७४.९० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये १२ वटामा हरियो लागेको छ । एउटामा रातो लागेको छ । यसदिन कुल २८४ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ४३ लाख २३ हजार २१ कित्ता सेयरको खरिदबिक्रीबाट… पुरा पढौ

भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउने याेजना बनाउदै भरतपुर महानगरपालिका

चितवन, १७ असोज । भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल गरिने भएको छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन लागेको हो । महानगरपालिकाले अन्तरराष्ट्रिय गैरआवासीय नेपाली सङ्घका प्रवक्ता सोम सापकोटालाई भ्रमण वर्ष अन्तरराष्ट्रिय समन्वय समितिको संयोजक बनाएर विश्वभर रहेका नेपालीहरुलाई भ्रमण वर्षमा आमन्त्रण गरिने भएकाे छ । सापकोटाका अनुसार सामाजिक सञ्जालमार्फत ५४ देशका नेपालीहरुलाई एउटा ग्रुपमा समेटिएको छ । क्रमशः थप देश र व्यक्ति जोडिने क्रम जारी छ । त्यहाँ रहेका चितवनवासी र नेपालीहरुलाई भ्रमण… पुरा पढौ

देशभर भइरहेकाे वर्षाले जनजीवन सहित सडक तथा हवाई यातायात प्रभावित

काठमाडौँ, १७ असोज । देशभर भइरहेकाे लगातारकाे वर्षाले सडक, हवाई यातायात तथा जनजीवन प्रभावित भएकाे छ। अहिले देशभर बर्षा भइरहेकाे छ । रातीदेखि परेकाे बर्षाका कारण सडक, हवाई यातायात तथा जनजीवन प्रभावित भएकाे हाे । केही राजमार्गहरू अबरूद्द भएका छन। जल तथा माैसम बिज्ञान बिभागले समेत आज देशभर बदली रहने जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । आगामी २४ घण्टाका… पुरा पढौ

सबै स्वास्थ्य संस्थामा सूचना बोर्ड राख्न मन्त्रालयको निर्देशन

काठमाडौं, १७ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पु¥याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कम्तीमा छ फिट उचाई र चार फिट चौडा स्थायी सूचना पाटी राख्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार उक्त पाटीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा (३)मा व्यवस्था भएअनुसार हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने व्यवस्थासँगै दफा १५… पुरा पढौ