मुख्य समाचार

अर्थतन्त्रमा देखिएको सुधारसँगै अटो व्यवसाय पनि फस्टाउनेछ: अर्थमन्त्री डा महत

काठमाडौं, २६ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिन थालेको सुधारसँगै अटो क्षेत्रको व्यापार, व्यवसायमा मा पनि सुधार हुने बताएका छन् । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले आजदेखि काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरेको 'नाडा अटो शो २०२३' को उद्घाटन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा आएका समस्याहरूको समाधान पनि हुँदै जाने र आर्थिक गतिविधि पनि बढ्ने बताए । हाल विदेशी मुद्राको संचितिमा पनि बृद्धि भएको बताउँदै महतले पर्यटकको आवागमनसंगै गाडीहरुको खरिदबिक्री पनि बढ्ने बताए । संवोधनको क्रममा अर्थमन्त्री महतले नेपालमा गाडीहरुको… पुरा पढौ

नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनकै लागि ठूलो पीडा : एमाले

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताएको छ । कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले आज शोक वक्तव्य जारी गर्दै उहाँको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद् निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको बताएका छन्। उनले नेम्वाङको असामयिक देहावसानले एमाले पार्टी पङ्क्तिका लागि मात्रै नभई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको उल्लेख गरेका छन्। नेता नेम्वाङको… पुरा पढौ

दुईदिन पछि नेप्सेमा पुनः करेक्सन, सवा १ अर्बको कारोबार

काठमाडौं, २६ भदौ । दुईदिन लगातार नेप्से उकालोको यात्रामा गएपछि उत्साही बनेका लगनीकर्ताहरु तेश्रो दिनमा करेक्सन देखिएपछि पुनः पर्ख र हेरको अवश्थामा पुगेका छन् । पहिलो दिन आईतबार नेप्सेमा १०.२३ अंकको बृद्धि भई नेप्से परिसूचक १९४२.६८ विन्दुमा उक्लिएको थियो । सोमबार चौथाई बढी ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा उक्लिएर नेप्सेमा उभार देखिएपछि अब निरन्तर लयमा जान्छ कि भन्ने अपेक्षा बढे पनि त्यो अपेक्षा त्यतिमै सिमित रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा… पुरा पढौ

उपाध्यक्ष नेम्बाङ्को निधनप्रति एमालेले तीन दिनसम्म शोक मनाउने

काठमाडौं, २६ भदौ । नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ्को निधनप्रति तीन दिन शोक मनाउने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्याङ्कन गर्दै नेता नेम्बाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय तथा इलाम निर्वाचन क्षेत्र नं. २ मा शोक पुस्तिका राखिने छ । पार्टी र… पुरा पढौ

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं, २६ भदौ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए। गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्र सुधार कार्यदल, २०८० को अवधारणा पत्र स्वीकृत गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतको संयोजकत्वमा ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको थियो । उक्त कार्यदलले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो… पुरा पढौ

सुन तस्करी प्रकरणः सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी

काठमाडौं, २६ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए। सङ्गठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले सो अबधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ । प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सिआइबीका प्रमुख… पुरा पढौ

नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र होइन,मेराे हितैषी र साथी: अध्यक्ष ओली

काठमाडौं, २६ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्षमात्र नभएर हितैषी मित्र र सुखदुःखको साथी भएको बताएका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् नेम्वाङलाई श्रद्धाञ्जली दिँदै भने, “लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली !” एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष नेम्वाङकाे हृदयघातबाट गएराति निधन भएको हो । पुरा पढौ

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने सरकारको निर्णय

काठमाडौं, २६ भदौ । सरकारले पुर्व सभामुख तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए। मन्त्री किरातीका अनुसार सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ… पुरा पढौ

तेश्रो दिन सुनको भाउ स्थिर, चाँदीमा सामान्य बृद्धि

काठमाडौं, २६ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा सामान्य ५ रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउमा कुनै परिवर्तन भएको छैन । सेतो धातु चाँदीमा रुपैयाँ ५ ले बढेको हो । छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख १२ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख १२ हजार रुपैयाँमा नै कारोबार भएको… पुरा पढौ

यी नयाँ गाडीहरु ‘नाडा अटाे शाे २०२३’ मा सार्वजनिक गरिदै

काठमाडौं, २६ भदाै । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०२३ सुरु हुन लागेकाे छ । काेराेनाकाे कारण तीन वर्ष राेकिएकाे अटो शो, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा गरिएकाे हाे । आजबाट शुरु भएकाे नाडा अटाे शाे २०२३ भदाै ३१ गतेसम्म चल्नेछ । यस अटाे शाेमा नयाँ गाडीहरु सार्वजनिक गरिदैछ । बीवाईडीकाे डल्फिन ईभी, एमजीले फोर भी इभी, एमजी कोमेट, नेटाकाे मोडल ‘यू’, नेटा जीटी, वुलिङकाे एयर मिनी ईभी अटो शोमा रहेका छन्। यस्तै बिल्कुलै नयाँ ब्रान्डका जाे पहिलो… पुरा पढौ