मुख्य समाचार

बढ्यो सुनको भाउ, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ असोज । लगातार घट्दै आएको सुनको भाउ आज भने उकालो लागेको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाकाे १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । मंगलबार छापावाल सुन तोलाको १ लाख १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ३… पुरा पढौ

असोज २५ गतेदेखि एफपीओ जारी गर्दै मिर्मिरे लघुवित्त

काठमाडौं, १७ असाेज । मिर्मिरे लघुवित्त वित्तीय संस्थाकाे थप एफपीओ निष्काशन गरिने भएकाे छ । संस्थाले असोज २५ गतेदेखि एफपीओ जारी गर्ने भएकाे हाे । सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्नका लागि संस्थाले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरकाे १ लाख २३ हजार ८१६.४५ कित्ता सेयर जारी गर्ने भएकाे हाे । यसका लागि इच्छुक लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा कात्तिक ९ गतेसम्म… पुरा पढौ

बन्दीपुर केबलकार लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग बीच शेयर रजिष्ट्रार सम्झौता

काठमाडौं, १७ असोज। बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। साे सम्बन्धि सम्झौतापत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिवप्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका थिए । सम्झौतापछि अब बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुने बताइएकाे छ । पुरा पढौ

सोनापुर मिनरल्सकाे आईपीओमा आवेदन दिने म्याद असोज २८ सम्म थपियाे

काठमाडाैं, १७ असाेज । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडकाे सेयर (आईपीओ)मा आवेदन दिने म्याद थप गरिएकाे छ । कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गरेकाेमा अब म्याद थपिएपछि असोज २८ गतेसम्म आवेदन दिन पाइने भएको छ।  कम्पनीले १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण खुलाउने अनुमति पाएकाे थियाे । पहिलो चरणमा दाङ्ग र रोल्पाका स्थानियका लागि १२५ रुपेयाँ प्रिमियम थपेर प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख… पुरा पढौ

अवतरण हुनै लागेकाे कतार एयरको जहाज किन भयाे ‘ओभरसुट’ ?

काठमाडौं, १७ असोज । कतारको दोहाबाट काठमाडौं आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो । विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ”, विमानस्थलका एक उच्च अधिकारीले भने। यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण… पुरा पढौ

बझाङ भूकम्प अपडेट: १ जनाको मृत्यु, १ सय ३५ घर भत्किए

बझाङ, १७ असोज । बझाङमा भूकम्पबाट १ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ । बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात… पुरा पढौ

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा

काठमाडाैं, १७ असाेज । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानमा अवस्थित रहेकाे जनाएकाे छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको बताएकाे छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। असोज १७ गते (बुधबार) दिउँसोः देशभर आंशिक देखि सामान्य… पुरा पढौ

एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट

काठमाडौं, १७ असोज । संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरसन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटले एमसिसी परियोजना निर्धारित समयमा सम्पन्न हुनेमा आफू आशावादी र विश्वस्त रहेको बताएकी छन् । नेपाल भ्रमणमा रहेकी उनले पत्रकार सम्मेलन गरी परियोजना प्रारम्भ गरेको पाँच वर्षमा एमसिसी परियोजना सक्नैपर्ने भएकाले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेको आफूले पाएको बताइन। “एमसिसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको छ, यो नेपाल सरकारअन्तर्गतको संरचना हो”, उनले भनिन्। प्रमुख कार्यकारी… पुरा पढौ

आज विश्व पशु दिवस मनाइँदै

काठमाडौं, १७ असोज । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना गरिन्छ । राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रुर हुन थालेको छ । गाईले दूध दिने बेलासम्म पाल्ने… पुरा पढौ

नीति निर्माणमा दबाब नदिन आइएमएफलाई परिसङ्घको सुझाव

काठमाडौं, १६ असोज । नेपाल उद्योग परिसङ्घ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बीच मुलुकको समग्र अर्थतन्त्रका विषयमा छलफल भएको छ । अर्थतन्त्र सुधारका लागि मुद्रा कोषको भूमिका, उद्योगी व्यवसायीले भोगिरहेको समस्या र अब चालिनुपर्ने कदमलगायत विषयमा परिसङ्घ सचिवालयमा छलफल भएको हो । परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नीति, निर्देशनमा अनावश्यक दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आग्रह गरे। उनले नेपालको अर्थतन्त्रको आफ्नै विशेषता रहेकाले अन्य मुलुक वा सिद्धान्तका उपाय नेपालको अर्थतन्त्रमा हुबहु लागू नहुने र अनावश्यक दबाबसमेत दिन नहुनेमा कोषको ध्यानाकर्षण गराए।… पुरा पढौ