मुख्य समाचार

सोनापुर मिनरल्सको आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, १४ असाेज । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएकाे छ। कम्पनीले यसअघि उद्योगबाट प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेकाहरुकाे लागि आईपीओ बाँडफाँड गरिसकेकाे जनाएकाे छ । कम्पनीले १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्काशनकाे अनुमति पाएको थियो। पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित दाङ्ग र रोल्पाका जनताका लागि १२५ रुपेयाँ प्रिमियम थपेर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५… पुरा पढौ

राष्ट्र बैंककाे रू १३ अर्ब १० करोडकाे विकास ऋणपत्रमा आज बाेलकबाेल हुँदै

काठमाडौं, १४ असोज । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले असोज १५ गते साेमबार निष्काशन गर्न लागेकाे १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्रकाे लागि आज बाेलकबाेल हुँदैछ । बैंकले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ “ग” निष्काशन गर्ने भएको हो । बोलकबोल प्रक्रियामा इच्छुक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाहरु तथा नेपाली नागरिकले तोकिएको मितिमा बोलकबोल पेश गर्नुपर्नेछ । सो ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने भएको छ । राष्ट्र बैंकले यस विकास ऋणपत्रलाई धितो राखेर… पुरा पढौ

अमेरिकी डलर, यूरोसहित अन्य देशको मुद्राको भाउ स्थिर

काठमाडौं, १४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर तथा यूरो तथा अन्य देशहरूको मुद्राको भाउ स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर १ को खरिददर १३२… पुरा पढौ

ग्यासकाे मूल्य रू २१ सय १० पुग्याे, पेट्रोल, डिजेल र मट्टितेलमा पनि बृद्धि

काठमाडौं, १४ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको निगमले जनाएको छ । बढेको मूल्य गएराति १२ः०० बजेपछि लागू भएकाे छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु दुई हजार एक सय १० पुगेको छ । पेट्रोलको… पुरा पढौ

‘साग केलाउँदै छोराको खेल हेरें, देशको नाम राख्यो निकै खुसी छु’ कुशलकी आमा-शर्मिला

लुम्बिनी, १४ असोज । चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेरिन्। प्रतियोगितामा सहभागी हुन चीन जाँदा बिदाइ गरेकी शर्मिलाले बुधबार भएको खेल घरमा बसेर साग केलाउँदै पूरै हेरिरहँदा नेपाली क्रिकेट टोलीले मङ्गोलियालाई दुई सय ७३ रनको भारी अन्तरले पराजित गरेपछि उनमा खुसीको कुनै सीमा रहेन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कुशलले हरेक खेल खेल्दा आमा शर्मिलाले प्रायः छोराको खेल नहेर्ने भए पनि… पुरा पढौ

कोशी, मधेश, बागमती, र कर्णालीमा हल्का वर्षा

काठमाडाैं, १४ असाेज । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसमपूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेकाे जनाएकाे छ। नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जनाएकाे छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती, र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । असोज १४ गते (आइतबार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। असोज १५ गते (सोमबार) दिउँसोः देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ… पुरा पढौ

ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

काठमाडौं, १३ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको निगमले जनाएको छ । बढेको मूल्य आज राति १२ः०० बजेपछि लागू हुनेछ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु दुई हजार एक सय १० पुगेको छ… पुरा पढौ

अर्थतन्त्रमा सुधार भईरहेकाेले निराश नहुन अर्थमन्त्री डा महतको आग्रह

जनकपुरधाम, १३ असोज । अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले समस्याग्रस्त देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेकाले उद्योगी–व्यवसायीलाई निराश नहुन आग्रह गरेका छन्। जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६औँ वार्षिक साधारणसभालाई जनकपुरधाममा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले भूकम्प, कोरोना महामारी र अन्तर्राष्ट्रियरूपमा भएको आर्थिक मन्दीका कारण नेपाली अर्थतन्त्रमा परेको दबाब सुधारोन्मुख रहेकाले दृढ आत्मविश्वासका साथ लगानी बढाउन आग्रह गरे। “भूकम्प, कोरोना महामारी, अन्तर्राष्ट्रियरूपमा भइरहेको आर्थिक र द्वन्द्वको असर नेपालले पनि भोग्यो । अर्थतन्त्रमा दबाब अवश्य थियो तर पछिल्लो समय त्यसमा सुधार हुँदैछ… पुरा पढौ

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं, १३ असोज । नेपाल सरकार र चिकित्सकबीच आज भएको वार्ता सहमतिमा टुङ्गिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भरपर्दाे सुरक्षा व्यवस्था मिलाउने, त्यसका लागि सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने, दोषीलाई कानुनअनुसार कारबाही गर्ने, कानुन संशोधन गरेरै भए पनि दोषीलाई हदैसम्मको कारबाहीका गर्ने सहमति भएकाे छ । यस्तै आवश्यक कानुन संशोधन प्रक्रिया अघि बढाउने, कुटपिट र दुव्र्यवहारका घटनाको कारण पत्ता लगाउन उच्चस्तरीय कार्यदल… पुरा पढौ

काठमाडौंका बिभिन्न क्षेत्रमा डेङ्गी संक्रमणका बिरामी बढे

काठमाडौं, १३ असाेज । काठमाडौं महानगर क्षेत्रमा डेङ्गी संक्रमणका बिरामी झन झन बढ्न थालेका छन्। विगत १ हप्तादेखि महानगरको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेकाे काठमाडाै महानगरपालिकाकाे स्वास्थ्य विभागले जानकारी दिएको छ। स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा याे वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा भएपनि अहिले विस्तारै बिरामी बढिरहेका छन।  काठमाडौं महानगर डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि बायो लार्भीसाइड औषधि सबै वडाहरूमा छर्केर नियन्त्रण गर्ने प्रयास गरेपनि पछिल्लो समय डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेको प्रमुख पौडेलले… पुरा पढौ