मुख्य समाचार

सन नेपाल लाइफकाे आइपीओ शुक्रबार बाँडफाँड गरिने

काठमाडौं, १४ भदाै । सन नेपाल लाइफ इन्स्याेरेन्सकाे सेयर (आइपीओ) शुक्रबार भदौ १५ गते बाँडफाँड गरिने भएको छ । सेयरकाे निस्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङले भाेलि बिहान ८ बजे सेयर बाँडफाँड गर्ने तयारी गरेकाे छ ।  इन्स्याेरेन्सकाे सेयरमा मागभन्दा बढी अर्थात २.३२ गुणा बढी आवेदन परेकोले धेरैकाे हात खालि हुनेछ । से सेयर गोलाप्रथाबाट बाँडफाँड गरिनेछ । सेयरमा १५ लाख ७७ हजार ७४४ जना आवेदकले १ करोड ७८ लाख ३२ हजार ३०० कित्ता माग गरेका छन् ।… पुरा पढौ

बिहीबार काठमाडौं जिल्ला प्रशासन कार्यालय सुनसान

काठमाडौं, १४ भदौ । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह सञ्चार गर्ने निर्णय गरे पनि बिहीबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुनसान जस्तै देखियाे। जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत वैशाख छ गते सूचना प्रकाशित गरी विभिन्न १८ प्रकारका सार्वजनिक बिदामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी जस्ता सेवा सञ्चालन गरे निर्णय गरेको थियो । सोही अनुसार आज नियमित सेवा सञ्चालन भए पनि सेवाग्राहीको सङ्ख्या अत्यन्तै न्यून मात्रै रहेको कार्यालयको भनाइ… पुरा पढौ

सरकारले सुशासनको अभियानबाट विश्राम लिदैन: उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं, १४ भदौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने बताएका छन । नेपाल पर्वतारोहण सङ्घको ३३औँ वार्षिक साधारणसभाको उद्घाटनमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन स्थापित गरेर मात्रै समृद्धिलाई तीव्रता दिने भनाइ राखेका हुन् । उनले समृद्धिको यात्रा अगाडि बढाउन सुशासनको अभियानलाई प्रभावकारी ढङ्गले अघि बढाउनुको विकल्प नरहेको बताए । “सरकारले सुशासनको अभियान छोड्ने छैन, विश्राम पनि लिँदैन”, उनले भने। सरकारले सुशासनको अभियानलाई सफल बनाएरै छाड्ने दाबी गरे । सुशासन स्थापित गरेपछि मात्रै समृद्धिलाई तीव्रता बनाउन सकिन्छ… पुरा पढौ

धनकुटा र तेह्रथुमका कृषकले पाए ४ करोड अनुदान

धनकुटा, १४ भदौ । धनकुटा र तेह्रथुमका पशुपंक्षीपालक कृषकले करिब ४ करोड अनुदान रकम पाएका छन् । आव २०७९-८० मा दुई जिल्लाका १ सय ५८ वटा पशुपालनसम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई उक्त अनुदान उक्त अनुदान उपलब्ध गराइएको हो । सम्बद्ध कृषकहरूले धनकुटास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालयमार्फत विभिन्न सात शीर्षकमा कोशी प्रदेश सरकारको कार्यक्रमबाट ७५ प्रतिशत अनुदान रकम पाएका हुन् । कार्यालयका अधिकृत पुष्पराज दाहालका अनुसार एक सय वटा दूधजन्य तथा पशुपक्षीपालक संस्था र ५८ वटा बाख्रा फार्मलाई… पुरा पढौ

सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङले निमा तामाङको नामबाट नागरिकता लिएको पुष्टि

काठमाडौं, १४ भदौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियम पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङकाे नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बताएको छानबिन टोलीले पुष्टी गरेको छ । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो… पुरा पढौ

नेपाल कन्जुमर इलेक्ट्रोनिक्स तथा ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

काठमाडौं, १४ भदौ । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि हुने भएको छ । मिडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपाल को सयुक्त आयोजनामा सो प्रदर्शनी हुन लागेको हो । यही भदौ १५ देखि १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक… पुरा पढौ

सुनको भाउ उकालो लाग्दै, चाँदीमा सामान्य गिरावट

काठमाडौं, १४ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ३ सयले बढेको हो । चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

आइसीसी महिला टि-२० विश्वकप एसिया छनोट : नेपालद्वारा मलेसिया पराजित

काठमाडौं, १४ भदौ । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । पचासी रनको विजयी लक्ष्य पछ्याएको मलेसियाको पारी ७९ रनमा समेटियो । यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन । उनले ५४ बल खेल्दै… पुरा पढौ

जनताको जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताएका छन् । नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन) का अवसरमा शुभकामना दिँदै उनले मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताए। प्रधानमन्त्री दाहालले व्यवस्थामा आएको गुणात्मक परिवर्तनअनुरूप जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको उल्लेख गरे । “विभिन्न महामारी, विश्व भूराजनीतिक सङ्कट र हाम्रो आफ्नै व्यवस्थापकीय कौशलताका सीमाका कारण अप्ठ्यारो… पुरा पढौ

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्य

काठमाडौं, १४ भदौ । मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका थिए । उक्त विपद्का घटनामध्ये बाढीमा परी १२ जनाको मृत्यु,… पुरा पढौ