मुख्य समाचार

लगातार अमेरिकी डलर र यूरोको भाउमा बृद्धि, अन्यको कति ?

काठमाडौं, १४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोलगायत केहि देशको मूद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८ पैसा… पुरा पढौ

गोसाइँकुण्डमा स्नान गर्नेको घुइँचो, ४ हजारले आरधना गर्दै

रसुवा, १४ भदौ । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । अधिकांश भक्तजन बुधबार साँझनै कुण्डस्थलमा बास बस्न पुगेका थिए भने केही भक्तजन बीचबाटोमा बास बसी आज… पुरा पढौ

बजेट तान्न होइन, सुशासन प्रवर्द्धनमा लागौँ : सभापति पन्थ

काठमाडौं, १४ भदौ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवर्द्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई आह्वान गरेका छन् । सुशासन प्रवर्द्धन गर्नेतर्फ राज्यको खासै ध्यान पुग्न नसकेको हुँदा जनप्रतिनिधिका हैसियतले सांसदले विकृति, विसङगति, अनियमतिा र भ्रष्टाचार अन्त्य तथा सुशासन प्रवर्द्धनमा काम गर्न आवश्यक रहेको उनले बताए। रासससँग कुराकानी गर्दै सभापति पन्थले भने, “भ्रष्टाचारलगायतका जति पनि विकृति, अनियमित र बेथितिलाई अन्त्य गर्न संसदीय समितिले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने… पुरा पढौ

देशको अर्थतन्त्र जटिल अवस्थामा पुग्याे : अध्यक्ष ढकाल

काठमाडौं, १४ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन्र । बाह्रखरी मिडियाले आयोजना गरेको निजी क्षेत्रको आवाज विषयक कार्यक्रममा उनले भने, “कोभिड १९ को कारण होस् या हाम्रा आफ्ना नीतिगत व्यवस्थाका कारण अथवा विश्वव्यापी आर्थिकमन्दीकै कारण किन नहोस् हाम्रो देशको अर्थतन्त्र झनभन्दा झन जटिल अवस्थातर्फ धकेलिँदैछ ।” उहाँले विगतमा निजी क्षेत्रका तर्फबाट यस्तो अवस्थाको अनुमान गरी नेपाल सरकालाई गम्भीर हुन र नीतिगत व्यवस्थामा आवश्यक सुधार गर्न आग्रह गरिँदा व्यापारीले आफ्ना… पुरा पढौ

ऋषि तर्पणी, जनैपूर्णिमा-रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौं, १४ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज… पुरा पढौ

मन्त्री किराँतीद्वारा ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ

काठमाडौं, १४ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘टुरिस्ट बस नेपाल’ एप्सको शुभारम्भ गरेका छन्र। पर्यटक बस व्यवसायीहरूको साझा संस्था टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले निर्माण गरेको उक्त एप्सको शुभारम्भ गरेका हुन्। एप्स सार्वजनिक कार्यक्रममा बोल्दै उनले पर्यटन ऐन संशोधनमा मन्त्रालय लागेको बताए। मन्त्री किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताए। “पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न सकिँदैन, बोर्डको बजेट कमिसनको दुनो सोझ्याउनका लागि तत्काल आउन सक्दैन”, उनले भने। उनले… पुरा पढौ

५० करोड अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको चरणमा प्रवेश

काठमाडौं, १३ भदाै। मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना औपचारिक रुपमा आजबाट कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । बुधबार अर्थ मन्त्रालयमा सरोकारवालाहरूको उपस्थितिमा भएकाे कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन उपाध्यक्ष क्यामेरोन अल्फोर्डले पत्र आदानप्रदान गरी एमसीसी सुभारम्भकाे घाेषणा गरेका थिए। नेपाल र अमेरिकाबीच २०७४ भदौमा एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो। एमसीसी अन्तर्गत ३ सय १५ किलोमिटर ४ सय केभी प्रसारणलाइन र ३ वटा सबस्टेसन तथा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने ७१ किलोमिटर सडक आधुनिक प्रविधि प्रयोग… पुरा पढौ

सुन तस्करी प्रकरणमा नाम जोडिएका राहुल महरा प्रहरी नियन्त्रणमा

काठमाडौं, १३ भदाै । सुन तस्करी प्रकरणमा नाम मुछिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा प्रहरी नियन्त्रणमा परेका छन् । महरा सीआईबीमा स्वयमं उपस्थित भएका हुन् । अाफै सीआईबीमा उपस्थित भएकाे र सुन प्रकरणकाे अनुसन्धानमा प्रहरीलाइ सहजीकरण गर्ने भन्दै राहुलले फेसबुकमा लेखेका छन् - ‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’, । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार दिउँसो उनलाई नियन्त्रणमा लिएको… पुरा पढौ

नेप्सेमा झिनो अंकको गिरावट, सवा १ अर्बको कारोबार

काठमाडौं, १३ भदौ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । दुईदिन अघि उकालो लागेको नेप्से एकदिन पनि टिक्न नसकि ओरालोमा यात्रामा गएपछि लगानीकर्ताहरुको मनोबल घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा झरेको छ । नेप्सेमा ०.१४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.१३ अंकले घटेर ३८१.७१ विन्दुमा रहेको छ । १३ वटा उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी ११ वटा उपसमूहहरुमा… पुरा पढौ

चालु पुँजी कर्जाको सीमा बैंक र ऋणीको आवश्यकता अनुसार निर्धारण हुनुपर्छ: चेम्बर अफ कमर्स

काठमाडौं, १३ भदौ। चालु पुँजी कर्जा सम्वन्धमा राष्ट्र बैंकको पछिल्लो व्यवस्था व्यवसाय क्षेत्रमैत्री हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । उद्योगको हकमा केही सकारात्मक देखिएको चालु पुँजी कर्जा सम्वन्धी नयाँ व्यवस्था जीडीपीमा महत्वपूर्ण हिस्सा ओगट्ने व्यवसाय क्षेत्र मैत्री हुनुपर्ने चेम्बरले जनाएको हो । चेम्बरद्धरा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रबैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेर केही राहत दिन खोजेको छ । जीडीपीमा महत्वपुर्ण योगदान गर्ने व्यवसायिक क्षेत्रमा पनि चालु पुँजी कर्जा मार्गदर्शन लचिलो हुन आवश्यक छ ।’ चालु पुँजी… पुरा पढौ