मुख्य समाचार

साउन महिनामा लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन

काठमाडौं, ५ भदौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । चालु आवको पहिलो महिनामा रू ४९ अर्ब ७० लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा रू ४० अर्ब ३४ करोड ४१ लाख बराबर मात्रै सङ्कलन भएको विभागले जनाएको छ । गत महिना आन्तरिक राजस्वतर्फका कुनै पनि कर शीर्षकमा सरकारी लक्ष्य भेटिएको छैन ।… पुरा पढौ

ग्लोबल आइएमई र बीओके क्यापिटल गाभिएर ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार शुरु

काठमाडौं, ५ भदाै । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा गाभिएका छन् । यसरी मर्ज भएका दुबै कम्पनीकाे एकिकृत काराेबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट शुरु गरिएकाे छ । यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एकापसमा गाभिएपछि २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार गर्दै आइरहेका छन् । दुबै कम्पनीकाे एकीकृत कारोबारको सेबाेनका अध्यक्ष रमेश कुमार हमालले काठमाडौं आयाेजना गरिएकाे एक कार्यक्रममा औपचारिक रुपमा शुरु गरेका थिए । कार्यक्रमकाे प्रमुख अतिथि… पुरा पढौ

नेप्सेको ओरालोको यात्रामा ब्रेक, २०१५.९८ विन्दुमा उक्लियो

काठमाडौं, ५ भदौ । केहि दिनको ओरालोको यात्रालाई बिराम लगाउँदै नेप्से परिसूचक उकालो लागेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेप्सेमा हरियाली छाउँदा लगानीकर्ताहरुको मनोवल उच्च भएको छ । तर कारोबारमा भने उल्लेखनीय बढोत्तरी भने भएको छैन । यसदिन नेप्सेमा १७.६९ अंकको बृद्धि भएको छ । यसरी बृद्धि भएको नेप्से २०१५.९८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.३६ अंकले बढेर ३८५.९८ विन्दुमा पुगेको छ । आज नेप्सेमा हरियाली छाएको छ । यो… पुरा पढौ

सरकार विद्युत्बाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताएका छन् । भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको स्पष्ट पारे । अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे। उानले भने, “हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।” बङ्गलादेशसँग… पुरा पढौ

भगवती हाइड्रोकाे आईपीओमा आजबाट आवेदन खुल्ला

काठमाडौं, ५ भदाै । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजबाट सेयर (आईपीओ) खुलाएकाे छ । कम्पनीले सर्वसाधारणका लागि ८ लाख ५८ हजार ९७ कित्ता सेयर खुलाएकाे हाे । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ । जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ दरमा ८ लाख… पुरा पढौ

संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न सधैँ चिन्तित छु : राष्ट्रपति

काठमाडौं, ५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको उल्लेख गर्दै संंविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको बताएका छन् । राष्ट्रपतिले आज बोलाएको सर्वदलीय बैठकमा संविधान र राजनीतिक प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ भने। बैठकमा उनले यसले गर्दा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छाै कि छैनाै भनेर पनि… पुरा पढौ

टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल

काठमाडौं, ५ भदौ । दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रण्ड कन्ट्रोल सिस्टम (टेरामोक्स) कार्यान्वयनमा सेवाप्रदायक टेलिकम कम्पनीहरूले आनाकानी गरेका छन् । कम्पनीहरूले कार्यान्वयनमा रुचि नदेखाएपछि रु तीन अर्बभन्दा बढी खर्चेर ल्याइएको उक्त प्रविधि हाल कार्यान्वयनमा आउन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेलका तीनवटा डाटा सेन्टरमा उक्त प्रविधि जडान भए पनि कार्यान्वयनमा आएको छैन भने नेपाल टेलिकमले उक्त प्रविधि जडानमा रुचि देखाएको छैन । नेपालका… पुरा पढौ

मंगलबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सय र चाँदीमा रुपैयाँ २५ ले बढेको हो । छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख… पुरा पढौ

श्रीजनशील लघुवित्तले कमायाे १ करोड बढी नाफा

काठमाडौं, ५ भदाै । श्रीजनशील लघुवित्त वित्तीय संस्थाले उल्लेख्य नाफा कमाउन सफल भएकाे छ । संस्थाकाे प्रकाशित गत आर्थिक वर्षकाे चौथो त्रैमाससम्मकाे वित्तीय विवरणका अनुसार संस्थाले गत आर्थिक वर्षमा १ करोड बढी नाफा कमाउन सफल भएकाे हाे । याे नाफा रुपैयाँ १ करोड ११ लाख २८ हजार रहेकाे छ । संस्थाकाे अघिल्लो वर्षको साेहि समयकाे नाफा रुपैयाँ ४७ लाख ४९ हजार रहेकाे थियो । नाफा बढेपछि लघुवित्त लाभांश वितरण गर्नका लागि मजबुत बनेकाे छ। संस्थाकाे खराब कर्जा ५ प्रतिशतभन्दा बढी… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, ५ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६८ पैसा र बिक्रिदर १३३ रुपैयाँ २८ पैसा रहेको छ ।… पुरा पढौ