मुख्य समाचार

एचआइडिसिएलले ४ जलविद्युत् आयोजनामा १३ अर्ब ऋण लगानी गर्ने

काठमाडौं, ९ भदौ । हाइड्रो इलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले चारवटा जलविद्युत् आयोजनामा रू १३ अर्ब लगानी गर्ने भएको छ । कम्पनीले औपचारिक कार्यक्रम गरि दुईवटा सार्वजनिक र दुईवटा निजी क्षेत्रका जलविद्युत् आयोजनासँग ऋण लगानी गर्नेसम्बन्धी समझदारीपत्र आदान–प्रदान गरेको हो । एचआइडिसिएलले निजी क्षेत्रतर्फ तमोर इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको दुई सय ८५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनामा रू चार अर्ब र सानिमा जुम हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ५६ मेगावाट उत्पादन क्षमताको सानिमा जुम जलविद्युत् आयोजनामा रू… पुरा पढौ

आइतबार १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, ९ भदौ । नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ… पुरा पढौ

शनिबार अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रिदर १३२ रुपैयाँ ५४… पुरा पढौ

नीतिगत सुधारपछि मात्रै श्रमिकको न्यूनतम पारिश्रमिक लागु गर्न महासङ्घको आग्रह

काठमाडौं, ९ भदौ । श्रमिकका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गर्नका लागि नीतिगत सुधार आवश्यक रहेको धारणा निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग उद्योग वाणिज्य महासङ्घले राखेको छ । महासङ्घले विज्ञप्ति जारी गर्दै अर्थतन्त्र मन्दीमा रहेका बेला श्रमिकको पारिश्रमिकलाई दिगो बनाउन तथा उद्यम व्यवसायको विस्तारका लागि नीतिगत सुधार र सुविधा आवश्यक रहेको बताएको हो । “श्रम नियमावलीको व्यवस्था एवं विगतको अभ्यासअनुसार अभारभूत तलबतर्फ ६० प्रतिशत र महङ्गी भत्तामा ४० प्रतिशत अनुपात हुने गरी मिलाउनुपर्नेछ”, महासङ्घले भनेको छ, “चिया कृषि… पुरा पढौ

बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन उच्च जोखिममा

ढोरपाटन (बागलुङ), ९ भदौ । भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् । वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताए। घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी… पुरा पढौ

प्राइम कमर्सियल बैंककाे सीईओमा संजीव मानन्धर नियुक्त

काठमाडौं, ८ भदाै । प्राइम कमर्सियल बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संजीव मानन्धर नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आज बसेको बैठकले मानन्धरलाई सीईओमा नियुक्त गरेको हो।  प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएलगत्तै मानन्धरले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । मानन्धरकाे बैंकिङ्ग यात्रा नेपाल इन्भेष्टमेण्ट बैंकबाट शुरु भएकाे हाे । प्राइम बैंक खुलेपछि उनले महाप्रबन्धकका रुपमा काम गर्दै आएका थिए भने साेहि बैंकको कामु सीईओकाे रुपमा पनि काम गरेका थिए । मानन्धरसंग झण्डै तीन दशकको बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभव रहेको छ… पुरा पढौ

होटलमा अर्बौ लगानी गरेका जनकपुरका व्यवसायी निराश

जनकपुर। हिन्दू धर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थलका रुपमा रहेको धनुषाको जनकपुरधाम पछिल्लो समय ‘होटल हब’का रुपमा विकास हुँदैछ । धार्मिक पर्यटकहरुलाई लक्षित गरी धर्मशालाबाट होटलमा प्रवेश गरेको जनकपुरमा पछिल्लो समय ठूलो लगानीका व्यावसायिक होटल पनि खुल्न थालेका छन् । यहाँ सानो तथा ठूलो लगानीका करिब दुई सय होटल सञ्चालनमा छन् । ती सबै होटलमा हालसम्म करिब रु १० अर्ब लगानी भइसकेको र करिब पाँच हजारलाई प्रत्यक्ष रोजागारी दिइएको व्यवसायीहरुको दाबी छ । घरेलु तथा साना उद्योग कार्यालय धनुषाको १० वर्षको तथ्याङ्क… पुरा पढौ

लगानी बोर्डद्वारा ४ जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

काठमाडौं, ८ भदौ। नेपालका ४ ठुला जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत भएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेकाे लगानी बोर्डको ५५औं बैठकले ४ वटा जलविद्युत् परियोजनाहरू रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हाे । लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन… पुरा पढौ

कार्यकारी भूमिकामा ‘एक व्यक्ति, एक पद’ नीति लागू गर्दै एमाले

काठमाडौं, ८ भदौ । नेकपा (एमाले)ले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने भएको छ । यसका लागि अब हुने प्रदेश र जिल्ला अधिवेशनमा जनप्रतिनिधिलाई पार्टी कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीका लागि उम्मेदवार बन्न रोक लगाउने भएको हो । एमालेले पार्टीका प्रदेश, जिल्ला र पालिका कमिटीका अधिवेशन गर्दा पलिकाका वडाध्यक्ष, प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, प्रदेशसभाका सदस्य, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई पार्टी कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीका लागि उम्मेदवार बन्न रोक लगाउन अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा यही भदौ १ गते… पुरा पढौ

महिला टी–२० सिरिज: मलेसियालाई नेपालले दियो ८४ रनको लक्ष्य

काठमाडौँ, ८ भदौ । बिभिन्न् ४ देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले मलेसियासामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनायो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि ब्याटिङ गरेको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रनको योगदान दिइन् । अरु खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन् । जारी सिरिजमा… पुरा पढौ