मुख्य समाचार

सन नेपाल लाइफकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ३२ साउन । सन नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि सेयर आईपीओ खुलाएकाे छ। सर्वसाधारणले ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले यसअघि वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागिसेयर निष्काशन गरी बाँडफाँड गरेपछि अहिले सर्वसाधारणका लागि सेयर खुलाएकाे हाे । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशनकाे अनुमति प्राप्त गरेकाे थियो। कुल सेयरबाट ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारमा गएकाहरुकाे लागि… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोलगायत अन्यको घट्यो

काठमाडौं, ३२ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४३ पैसा र बिक्रिदर १३३ रुपैयाँ… पुरा पढौ

नेपालमा खानी खोजतलास गर्न ४३२ कम्पनीले पाए अनुमति

काठमाडौं, ३२ साउन । खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्न ४ सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट अनुमतिपत्र प्रदान गरिएको हो । गत वर्षसम्म तीन सय… पुरा पढौ

५ अर्ब लगानीकाे टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने

काठमाडौं, ३२ साउन । रूपन्देहीको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ । विदेशमा बस्ने केही गैरआवासीय नेपालीहरूले अष्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण स्वामित्व लिई नयाँ व्यवस्थापनका साथ उक्त टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागिएको जानकारी दिइएको छ । यसअघि टाइगर प्यालेस रिसोर्ट अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले लगानी गरी सञ्चालन गर्दै आएको थियो । सो अष्ट्रेलियाली कम्पनीले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब रु पाँच अर्ब लगानी… पुरा पढौ

धादिङमा ४१ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी

मलेखु (धादिङ), ३२ साउन । धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा रु ४१ करोड ३८ लाख ४५ हजार विद्युत् महसुल उठ्न बाँकी छ । प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र रु २७ करोड ५९ लाख ६४ हजार महसुल तिर्न बाँकी छ । महसुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत् लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म महसुल तिरेका छैनन । एक… पुरा पढौ

गण्डकी, कोशी, बागमती र कर्णालीमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३२ साउन । कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको छ । अहिले गण्डकीका कतिपय स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका केही… पुरा पढौ

नेप्सेको ओरालोको यात्रा रोकिएन, १ अर्ब ६७ करोडको कारोबार

काठमाडौं, ३१ साउन । नेप्सेको ओरालोको यात्रा जारी रहेको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेप्से ओरालोको यात्रामा गएको छ। अघिल्लो दिन ३१.८० अंकले गिरावट भएको नेप्सेमा यसदिन २०.३१ अंकले घटेर २०२५.१२ विन्दुमा झरेको छ । कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा कम भएको छ । नेप्सेको नकारात्मक लय हटेर हरियाली वातावरण भईरहने अवश्था कहिले बन्ने हो त्यो भविश्यको गर्भमै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ विन्दुमा झरेको छ… पुरा पढौ

विदेश जाने वित्तिकै सबै कुरा पाइन्न : अर्थमन्त्री डा महत

काठमाडौं, ३१ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले विदेश जाने वित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवाहरुलाई मुक्त गर्न जरुरी छ भने। “हामीकहाँ विकास हुन बाँकी छ । यसकारण यहाँ अवसर प्रशस्त छ । विदेशमा सबै भौतिक सुविधा हुँदा पनि त्यहाँ खुसी… पुरा पढौ

मर्स्याङदी किनारको जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारण

दमौली (तनहुँ), ३१ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको छ । मस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायीरूपले प्राप्त गर्नका लागि मुआब्जा निर्धारण गरिएको हो । तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा यही साउन २६ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार १३ व्यक्तिको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको हो । प्रतिरोपनी रु एक करोड ८४ लाख ९२ हजार छ सय ८० का… पुरा पढौ

काठमाडौं-तराई द्रुतमार्गको डिपिआर संशोधित, सडकको लम्वाई र लागत मूल्य घट्यो

काठमाडौं, ३१ साउन । काठमाडौं तराई-मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन डिपीआर संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ–तराई –मधेश द्रुतमार्गको डिपीआर संशोधनको निर्णय गरेको हो । झण्डै रु दुई अर्ब घट्ने र निर्माणको समय पनि घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको मन्त्री ज्वालाले बताए। उनले भने, “सुरुङ मार्ग थपिँदा सडकको लम्वाइ र मूल्य दुबै घट्यो ।” काठमाडौँ–मधेश ‘लाइफ लाइन’… पुरा पढौ