मुख्य समाचार

पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’

काठमाडौं, १६ साउन । नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले ‘पर्यटक प्रहरी तालिम’ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा अठार दिने तालिम सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले तालिमको शुभारम्भ गर्दै नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई पर्यटन प्रहरीले दिने सेवालाई थप विशिष्टिकृत र व्यावसायिक दक्षतालाई अझै वृद्धि गर्दै जानुपर्ने बताए। विश्समुदाय… पुरा पढौ

‘व्यावसायिक भवनले पार्किक शुल्क लिए तत्काल ९८५१०५१६१० फोन गर्नुस्’ : कामपा

काठमाडौं, १६ साउन । व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल जानकारी दिन सेवाग्राहीलाई काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । व्यावसायिक भवनले पार्किङ शुल्क लिए महानगरको ९८५१०५१६१० मा फोन गर्न आग्रह गरिएको हो । कामपाले सम्पर्क अघिकारीको रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ । शुल्क लिन नपाउने विषयमा कामपाले यस अघिनै सूचना सार्वजनिक गरेको थियो । कामपाको आर्थिक ऐन, २०८० ले निजी मार्ट, रेष्टुराँ, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीबाट सवारी पार्किङ् गरेबापत शुल्क लिन नपाउने… पुरा पढौ

राष्ट्रिय गौरवका आयोजनाः वर्षौं बित्दापनि सम्पन्न हुँदैन काम

ढोरपाटन, १६ साउन । बागलुङ तीन मुख्य राजमार्गले जोडिएको छ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन् । बरेङ , ताराखोला र तमानखोलाबाहेक सात गाउँपालिकामा यी मुख्य सडक पुगेका छन् । तर मध्यपहाडी लोकमार्गबाहेक अन्य सडकमा गाडी कम गुड्छन् । अर्बौँ लगानीमा निर्माण भएका कालीगण्डकी करिडोर र सालझण्डी–ढोरपाटन सडक अहिलेसम्म पनि पूर्णरूपमा स्तरोन्नति हुनसकेका छैनन् । स्तरोन्नति नभएका सडकमा जोखिम मोलेर कसैले पनि यात्रा गर्दैन । मध्यपहाडी लोकमार्गले बागलुङको पूर्वी… पुरा पढौ

लुम्बिनी केबुलकार प्रदेशको ‘गेमचेन्जर प्रोजेक्ट’ : मुख्यमन्त्री

लुम्बिनी, १६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी कूल पाँच अर्ब लागतको लुम्बिनी केबुलकार प्रदेशकै ठूलो ‘गेमचेन्जर’ परियोजना भएको बताएका छन् । केबुलकारको अवलोकन भ्रमणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले प्रदेशको आर्थिक विकासको मुख्य आधार पर्यटन नै भएको र यसमा लुम्बिनी केबुलकारले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। केबुलकारले लुम्बिनी घुम्न आउने पर्यटकलाई नभई भारतको उत्तर प्रदेशका पर्यटकलाई पनि आकर्षित गर्ने मुख्यमन्त्री चौधरीले बताए । उत्तर प्रदेशका पर्यटकलाई लुम्बिनी र केबुलकारसम्म भ्रमणका लागि उत्तर प्रदेशका मुख्यमन्त्री… पुरा पढौ

‘विद्युतीय व्यापार विधेयक, २०८० ले व्यापारीको प्रवर्द्धन गर्छ’

काठमाडौं, १५ साउन । विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापार विधेयक, २०८० ले व्यापारीको प्रवर्द्धन गर्ने बताएकी छन् । समितिको आज बसेको बैठकको ‘विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला निकायसँग छलफल’ कार्यक्रममा व्यापारीको हित अनुकुल नरहेको भन्ने सरोकारवाला निकायको तर्कप्रति उनले भनिन्, “विधेयक व्यापारी र उपभोक्ता दुवैको पक्षमा रहेर ल्याउने प्रयास गरिएको छ । विद्युतीय व्यापारलाई व्यवस्थित र विश्वसनीय बनाउन खोजिएकाले सम्बन्धित पक्षसँग छलफल गरी उपयुक्त सुझाव समेट्ने प्रयास गरेका छौँ । विधेयकले व्यापारीलाई प्रवर्द्धन गर्छ।” विधेयक… पुरा पढौ

योजना र बजेट कार्यान्वयनबीच खाडल छ-उपाध्यक्ष डा श्रेष्ठ

काठमाडौं, १५ साउन । संसदीय समितिका सदस्यहरूले सुशासन र सेवा प्रवाहका क्षेत्रलाई प्रभावकारी तुल्याउन स्रोतको वितरणमा सन्तुलन नदेखिएको गुनासो गरेका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनीहरुले आवश्यकताभन्दा पहुँचका आधारमा योजना छनोट र बजेट विनियोजन हुँदा उपलब्धि हासिल हुन चुनौती खडा गरेको तर्क प्रस्तुत गरे। समिति सदस्य गोपी आच्छामीले नीति तथा कार्यक्रम र बजेटमा राजनीतिक दृष्टि आउन नसेको मात्र नभई विचौलीयाको स्वार्थमा आयोजना र बजेट तय हुने गरेको विचार प्रकट गरे। राजनीतिक उद्देश्य प्राप्तिपछि विकास र समृद्धिका… पुरा पढौ

आठौं दिनपछि नेप्सेमा झिनो अंककाे सुधार, करिब २ अर्बकाे काराेबार

काठमाडौं, १५ साउन । लगातार ओरालो लाग्दै आएको सेयर बजारमा सोमबार आठौं दिनमा झिनो अंकले बृद्धि भएको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन नेपाली सेयर बजारमा सकारात्मक माहोल बनेपछि अब पुनः उकालोको यात्रामा जान्छकी भन्ने अपेक्षा बढेको छ । नेपाल राष्ट्र बैंकले साउन ७ गते मौद्रिक नीति सार्वजनिक गरेकै दिनमा उछाल आएको नेप्सेमा त्यसको भोलि पल्टबाट लगातार ओरालो लागेको थियो । आईतबार मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८०÷०८१ को मौद्रिक नीति नीतिगत रुपमै सुधारका… पुरा पढौ

साउन दोस्रो सातासम्म देशभर ७७ प्रतिशत धान रोपाइँ

काठमाडौं, १५ साउन । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए । देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये हालसम्म १० लाख ५३ हजार चार सय चार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ । यस वर्ष कोशी… पुरा पढौ

संसद्को कारबाहीलाई प्रभावकारी बनाउन प्रधानमन्त्री दाहालद्वारा मुख्य सचेतकसँग छलफल

काठमाडौं, १५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतकसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारले अगाडि बढाएका महत्वपूर्ण विधेयकको प्रक्रिया अगाडि नबढेकामा चासो व्यक्त गर्दै प्रधानमन्त्रीले संसद्को काम कारबाहीलाई थप प्रभावकारी बनाउन आग्रह गरे। छलफलमा नेपाली कांग्रेस मुख्य सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । सरकारले अगाडि बढाएको महत्वपूर्ण विधेयक… पुरा पढौ

गाउँमै मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउदै जनकलाल

मन्थली, १५ साउन । कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गरेका छन् । उनले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारीसमेत दिएका छन् । रामेछापको खाँडादेवी गाउँपालिकास्थित वडा नं ८ गागलका जनकलाल तामाङले मेवा खेती गरेर मनग्य आम्दानी लिइरहेका छन् । उनको मेवा खेतीले यसवेला जिल्लामा निकै चर्चा कमाइरहेको छ । उनले आफ्नो मेवा फार्ममा पुग्नेलाई प्रतिकेजी रु ५० देखि ६० सम्ममा बिक्री गरेका छन् । बजारमा मेवाको मूल्य प्रतिकेजी रु एक सयभन्दा… पुरा पढौ