मुख्य समाचार

सिटिजन लाइफकाे आजदेखि प्रिमियममा आईपीओ खुल्ला

काठमाडौं, ३१ असार । सिटिजन लाइफ इन्स्योरेन्सले आजबाट प्रिमियममा सेयर (आईपीओ) खुल्ला गरेकाे छ । इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रतिसेयर २४४ रुपैयाँमा सेयर निष्काशन गरेकाे हो। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारि गर्ने अनुमति लिएकाे थियो। यसमा ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता कर्मचारीहरुका… पुरा पढौ

पर्यटककाे आकर्षक गन्तब्य बन्दैछ पुम्दीकोटकाे शिव प्रतिमा

पोखरा, ३१ असार । नेपाल फोटो पत्रकार संघ कास्कीले असार ३० गते शनिबार आयोजना गरेको "फोटो वाक २०२३" को क्रममा खिचिएकाे कास्कीकाे पुम्दीकोटमा रहेको भगवान शिवकाे प्रतिमाका तस्बिरहरु। यहाँ शिव मन्दिर बनेपछि आन्तरिक तथा बाह्य पर्यटकहरूकाे आगमनमा बृद्धि भइरहेकाे छ । फाेटाे: अशेष शाक्य पुरा पढौ

आईतबार अमेरिकी डलर, यूरोसहित अन्यको भाउ स्थिर

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोसहित अन्य देशहरुको मुद्राको भाउ स्थिर रहेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रिदर १३१ रुपैयाँ ७७… पुरा पढौ

सवा अर्बको बजेट ल्याउँदै पर्यटन बोर्ड, यस्ता छन् प्राथमिकता

काठमाडौं, ३१ असार । वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने योजनासहित नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु सवा एक अर्बको बजेट ल्याउने तयारी गरेको छ । कोरोना महामारीपछि घटेको विदेशी पर्यटकको सङ्ख्या लयमा फर्कन थालेको समयमा पर्यटन बोर्डले पर्यटन क्षेत्रलाई पूर्णरुपमा चलायमान बनाउनका लागि बोर्डले रु एक अर्ब २५ करोड बराबरभन्दा बढीको बजेट ल्याउने तयारी गरेको हो । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आगामी वर्षका लागि करिब १ अर्ब २५ करोडभन्दा बढीको बजेट ल्याउने तयारी गरिएको… पुरा पढौ

मिटरब्याजसम्बन्धी नयाँ विधेयक तत्काल ल्याउन एमालेको माग

काठमाडौं, ३१ असार । नेकपा (एमाले)ले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी कसुरलाई दण्डनीय बनाउन अविलम्ब नयाँ विधेयक ल्याउन तत्काल सरकारसँग माग गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारकै कारण ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिस्थापन विधेयक निस्क्रिय भइसकेको अवस्थामा अविलम्ब नयाँ विधेयक ल्याउन माग गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार आफैँले विधेयक प्रस्तुत गर्न ढिलाइ गर्ने, सदन सञ्चालन गर्न आवश्यक पहल नगर्नेे, विधेयकबारे सत्ता घटकभित्रै गम्भीर विवादले गर्दा… पुरा पढौ

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

सुदूरपश्चिम, ३१ असार । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । गएराति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो । प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन, २०८० बहुमतले पारित गरेको हो । सत्तारुढ दलका सदस्यहरूले बजेट पारित गर्नका लागि सहमति… पुरा पढौ

नेपालबाट पहिलो पटक पशुआहार चीन निर्यात

चितवन, ३० असार । नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा उद्योग रहेको छ । सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ । एक वर्षमा दुई सय करोड टन पशुआहार चीनको सिगात्से सहर पठाउने योजना छ । सो सहर निकै चिसो हुने भएकाले… पुरा पढौ

वैदेशिक क्षेत्रका २ लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

काठमाडौं, ३० असार । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिनुअगावै कोषमा सूचीकृत हुनुपर्नेछ । कोषमा औपचारिक क्षेत्रका चार लाख २३ हजार ९२ श्रमिक आबद्ध भएका छन् । कोषमा… पुरा पढौ

खुला सिमानाबाट हुने राजस्व छली रोक्ने विराटनगर महानगरकाे याेजनालाई उद्योगी व्यवसायीकाे समर्थन

विराटनगर, ३० असार। विराटनगर महानगरपालिकाले खुला सिमानाबाट हुने राजस्व छली रोक्न कडाइ गर्ने भएकाे छ । आगामी साउन १ देखि खुला सिमानाबाट राजस्व छली गरी हुने किसिमका आयातलाई कडाइ गर्ने घाेषणा गरेसगैं साे कार्यमा उद्योग संगठन मोरङले साथ दिने भएको छ। संगठनका अध्यक्ष राकेश सुरानाले विज्ञप्ति जारी गर्दै अवैध आयातमा गरिने कडाइले स्वदेशी उद्योगलाई फाइदा पुग्ने भन्दै समर्थन र ऐक्यबद्धता प्रकट गरेकाे बताएका छन । अध्यक्ष सुरानाले राजस्व छली भई आउने वस्तुसँग प्रतिस्पर्धा गर्न नसकी स्वदेशी उद्योग व्यवसाय मारमा परिरहेको… पुरा पढौ

‘मियो सेक्युरिटिज'(ब्रोकर नं ६६)ले शुरू गर्याे शेयर कारोबार

काठमाडौं, ३० असार। मियो सेक्युरिटीज प्रा लि ले शेयर खरिद बिक्री कारोबार शुरू गरेको छ। ब्रोकर नम्बर ६६ रहेको याे कम्पनीले हालैमात्र धितोपत्र बोर्डबाट कारोबार गर्ने स्विकृती पाएकाे थियाे। शेयर खरिद बिक्री कारोबार शुभारम्भपछि नेप्सेकाे फ्लाेर सिटमा मियो सेक्युरिटीज (ब्रोकर नम्बर ६६ ) देखिन थालेकाे छ। कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट यही असार २१ गते ब्राेकर नम्बर ६६ रहेकाे प्रमाणपत्र प्राप्त गरेकाे हाे । मियो सेक्युरिटीजकाे हाल काठमाडाैं १ हात्तीसारमा कार्यालय रहेकाे कंपनीका प्रमुख कार्यकारी अधिकृत सुमन मल्लले बताएका छन।… पुरा पढौ