मुख्य समाचार

यस्ताे छ काठमाडाैं महानगरले तोकेकाे नयाँ पार्किङ शुल्क

काठमाडौं,२ साउन। काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका लागि नयाँ पार्किङ शुल्क ताेकेकाे छ। नगर क्षेत्रभित्रका व्यावसायिक भवन, अस्पताललगायत स्वास्थ्यसेवा प्रदायक संस्थालाइ भने सेवाग्राहीका लागि निःशुल्क पार्किङ सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । महानगरको आर्थिक ऐन, २०८० ले बहुतले आवासीय वा व्यावसायिक भवनमा रहेका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ बापतको शुल्क सङ्कलन गर्न निषेध गरेको छ । सोही ऐन साउन १ गतेदेखि कार्यान्वयनमा आएको महानगरले बताएकाे छ। पार्किङ गराउँदा क्षेत्रगत आधारमा स्पष्ट रेखाङ्कन गरेर प्रवेश र बहिर्गमन… पुरा पढौ

राष्ट्र संघको उच्चस्तरीय राजनीतिक फोरममा याेजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठको सम्वोधन

काठमाडौं, २ साउन। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्च स्तरीय राजनीतिक फोरमलाई सम्वोधन गरेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडीसी) हरुको तर्फबाट सम्वोधन गरेका हुन् । यस अघि उपाध्यक्ष नेतृत्वको टिमले मञ्चको तीनदिने उच्चस्तरीय सम्मेलनको उदघाटन शत्रमा समेत सहभागी भएकाे थियाे । फोरममा विभिन्न देशका मन्त्री स्तरीय प्रतिनिधिहरुको सहभागीता रहेकाे छ । उपाध्यक्ष श्रेष्ठले सम्वोधन गर्दै अल्पविकसित राष्ट्रहरूमा संकटका प्रभावहरूबारे प्रकाश पार्दै अल्पविकसित… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोलगायत अन्य देशको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रिदर १३१ रुपैयाँ ५७ पैसा… पुरा पढौ

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २ साउन । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले असार १९ गतेदेखि वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरेकाे थियाे । आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयरमा आवेदन दिने म्याद थपिएकाे छ। उनीहरुले साउन १७ गतेसम्म सेयरका लागि आवेदन दिन पाउनेछन्। जारी पूँजी ८० करोड रुपैयाँकाे ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि निष्काशन गरिएकाे हाे । यसका लागि दोलखाको गौरीशंकर गाउँपालिका वडा नं ५,… पुरा पढौ

नेपालका अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता

काठमाडौं, २ साउन । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ । “एकअर्काको चासो र सरोकारप्रति दुवै पक्ष संवेदनशील रहेको बारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो”, अर्थमन्त्री डा महतको चिनियाँ समकक्षीसँगको भेटबारे उल्लेख गर्दै उनको सचिवालयले भनेको छ,… पुरा पढौ

अख्तियारद्वारा गत आवमा १ अर्ब ७७ करोडको बिगो दाबी

काठमाडौं, २ साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्नलाई रु एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७ बराबरको बिगो दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका कामको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सो आवमा आयोगले कूल एक सय ६२ मुद्दा दायर गरेको छ । ती मुद्दामा प्रतिवादीको सङ्ख्या सात सय ६० छन् । त्यसमा विशिष्ट श्रेणीका कर्मचारी एक, अन्य कर्मचारी तीन सय… पुरा पढौ

रसुवागढी नाकाबाट २९ अर्बको बिभिन्न सामग्री आयात

रसुवा, २ साउन । नेपालको उत्तरी नाका रसुवागढी हुँदै मालसामग्री आयात एवं निर्यात हुने क्रम बढ्न थालेको छ । गत वर्षको फागुनसम्म प्रायः शून्य रहेको निर्यात चैत १८ यता क्रमिक रूपमा बढ्न गई रु एक अर्ब ४३ करोड दुई लाख बराबरको नेपाली मालवस्तु चीनतर्फ निर्यात भएको छ । चीनतर्फ निर्यात भएका मालवस्तुमा चाउचाउ, धातु, तामा तथा आल्मोनियमका भाडा, ऊनी गलैँचा, कार्पेट, नक्कली गहना, फलामे भाडा, डस्ना, नक्कली कपाल, अगरबत्तीलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । तयारी कपडा, जुत्ता,… पुरा पढौ

गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशमा वर्षा

काठमाडौं, २ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । साथै गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरुका केही भू-भागहरुमा हल्का देखी मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। श्रावण ०२ गते (मंगलबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका… पुरा पढौ

अब पोखरामा १ करोड लिटर क्षमताको डिजल भण्डारण हुने, १ महिनाको माग धान्ने

पोखरा, १ साउन । पोखरामा १० हजार किलोलिटर अर्थात् एक करोड लिटर डिजल भण्डारण क्षमताका दुई वटा गृहको उद्घाटन गरिएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडामा नेपाल आयल निगमले निर्माण गरेको डिजल भण्डारण गृहको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे। सो अवसरमा मन्त्री रिजालले पोखरामा इन्धन भण्डारण गृह निर्माणले मुलुकको ऊर्जा पूर्वाधारलाई सुदृढ गर्दै राष्ट्रको ऊर्जा सुरक्षा सुनिश्चित गरेको धारणा राखे । नेपाल आयाल निगमका प्रबन्ध निर्देशन ई.उमेशप्रसाद थानीले गगनगौँडामा रहेको यस… पुरा पढौ

मेची भन्सारले गर्याे १४ अर्ब ४ कराेड राजस्व सङ्कलन

झापा, १ साउन । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा रू १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली भएको छ । उनका अनुसार भन्सारले गत आवमा रू २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठूलो परिमाणमा आउने वस्तुको आयात ठप्प… पुरा पढौ