मुख्य समाचार

गण्डकी, कोशी, बागमती र कर्णालीमा हल्का वर्षा

काठमाडौं, १ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ । गण्डकी प्रदेश, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै र बांकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । श्रावण ०१ गते सोमबार दिउँसाेट: देशभर आंशिक देखी सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै बांकी  प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । मधेश प्रदेशका एक दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बांकी प्रदेशका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केहि स्थानमा मेघगर्जन, चट्याङसहित भारी बर्षाको सम्भावना रहेको… पुरा पढौ

आयल निगमले डिजेलमा रु ५, पेट्राेलमा रु ६ र ग्यासमा रु १० ले भाउ घटायाे (मूल्यसूचीसहित)

काठमाडौं, ३१ असार । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाएकाे छ । निगमले स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेपछि डिजेल, पेट्राेल र खाना पकाउने ग्यासकाे मूल्य घटाएकाे हाे । निगमकाे सञ्चालक समितिले गरेकाे निर्णय अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको सूचना प्रकाशन गरेकाे छ । यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँ घटेकाे निगमले जनाएकाे छ ।  मूल्य… पुरा पढौ

यस्ताे छ वाणिज्य बैंकहरूकाे निक्षेपकाे नँया ब्याजदर

काठमाडौं, ३१ असार। वाणिज्य बैंकहरूकाे नयाँ ब्याजदर निर्धारणका बिषयमा नेपाल बैंकर्स संघले हालैमात्र भद्र सहमति हटाएपछि बैंकहरूले आ- आफनै किसिमले निक्षेपको ब्याजदर कायम गरेका छन। यसअघि बैंकहरूले भद्र सहमतिको नाममा एउटै ब्याजदर प्रकाशित गर्दै आएका थिए । असारसम्म सबै वाणिज्य बैंकले समान ब्याजदर कायम गरेपनि भद्र सहमति तोडिएपछि भाेलि साउन १ गतेबाट लागुहुने गरी केही बैंकले ब्याजदर बढाएका छन् भने केही बैंकले घटाएकाे ब्याजदर प्रकाशित गरेका छन । बैकहरूकाे भद्र सहमति हटेपछि एनएमबी बैक, एनआईसी एसिया बैक, प्राइम कमर्सियल बैक… पुरा पढौ

जयनगर-भङ्गाह रेल सेवा विस्तार, चाँडै कार्गो सेवा पनि शुरु हुन्छ: यातायातमन्त्री ज्वाला

धनुषा, ३१ असार । महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएलाजस्तो लागेको थिएन । तर आज आँखा अगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई अचम्म त लागेको थियो नै त्योभन्दा बढी खुसी सम्हालिनसक्नु थियो । “हल्ला त धेरै सुनेको थिएँ तर विश्वास लागेको थिएन । आज त आफ्नै आँखा अगाडि रेल चलेको हेर्न पाइयो, यो सपना हो कि विपना हो जस्तै लागिरहेको छ । त्यही रेल चढेर भङ्गाहदेखि जनकपुर पुग्दा त खुसीको… पुरा पढौ

नेप्सेमा १२.१६ अंकको बृद्धि, २ अर्ब ३७ करोड कारोबार

काठमाडौं, ३१ असार । साताको सेयर कारोबार हुने पहिलो दिन तथा याे आर्थिक वर्षको सेयर कारोबार हुने अन्तिम दिन आइतबार नेपाली सेयरबजार सकारात्मक लयमा गएको छ । यसले लगानीकर्ताहरुको मनोवल बढाएको छ भने कारोबार समेत सन्तोषनक रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.१६ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से परिसूचक २०९७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.९० अंकले बढेर ३९४.१५ विन्दुमा रहेको छ । यसदिन १३ वटा उपसमूहहरुमध्ये ८ वटामा… पुरा पढौ

१० अर्ब लगानीमा बन्ने ४२ मेगावाटको ‘अपर मोदी ए’ जलविद्युत आयोजनाले गर्याे ठेक्का आह्‍वान

काठमाडौं, ३१ असार। ४२ मेगावाटको अपर मोदी-ए जलविद्युत आयोजनाले ठेक्का आह्‍वान गरेकाे छ। मोदी जलविद्युत कम्पनी लिमिटेडले सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका लागि ठेक्का आह्‍वान गरेकाे हो। भदौ २८ गतेसम्म इच्छुक कम्पनीले आवेदन दिन सक्ने आयोजनाले बताएको छ। आयोजना निर्माणकाे ठेक्का इपीसी मोडलमा निकालिएको छ। प्रस्तावित आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ । कम्पनीका अनुसार निर्माण थालेको ४ वर्षमा व्यवसायिक याे प्राेजेक्टबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ। आयोजनाका लागि करिब १० अर्ब लाग्ने अनुमान छ। याे आयोजनामा एनएमबी बैंकको नेतृत्वमा हाइड्रोइलेक्ट्रीसिटी… पुरा पढौ

सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप र आर्थिक चलेखलबाट मुक्त राख्छु : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, ३१ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्पूर्ण सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्ति केन्द्रको भूमिकाबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गृह मन्त्रालयमा आज ‘शान्तिसुरक्षा सुदृढीकरण’का लागि सुरक्षा निकायका पूर्वउच्च अधिकारीसँग भएको छलफलमा उनले संविधान, कानुन र आफ्नो जिम्मेवारीलाई आधार बनाएर मन्त्रालय र माहतहका सङ्गठन अगाडि बढाइने बताए। “गृह मन्त्रालय र माहतहतका सङ्गठनको समग्र सुधारको योजना बनाउँदै छौँ”, उनले भने, “नेपाल प्रहरी र अनुसन्धान एकाइलाई निष्पक्ष, स्वतन्त्र र प्रभावकारी ढङ्गबाट कुनै पनि घटनाको अनुसन्धान गर्न… पुरा पढौ

विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार बने बाेहाेरा

पाेखरा, ३१ असार । जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन् । पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिए। भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनी जागिरको सिलसिलामा अष्ट्रेलिया पुगे। उनले… पुरा पढौ

जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा महत भारत प्रस्थान

काठमाडौं, ३१ असार । जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यहाँ गएका हुन्। अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन्। अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाका अनुसार अर्थमन्त्री बुधबार नेपाल फर्किनेछन् । नेपाल जी-२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउनेछन्… पुरा पढौ

सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं, ३१ असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन तथा पूरानो आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख… पुरा पढौ