मुख्य समाचार

सिटिजन्स बैंकका ग्राहकले विभिन्न संस्थामा २५ प्रतिशत सम्म छुट पाउने

काठमाडाैं, ३ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु सँग समन्वय गरी विशेष छुटकाे सम्झौता गरेको छ । याे सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकहरुले त्यस्ता संस्थाहरुकाे सेवामा विभिन्न छुट प्राप्त गर्न सक्नेछन । बैंकका ग्राहकहरुले तिनकुने, काठमाडौंमा अवस्थित रिद्धि सिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवाहरुमा अधिकतम २० प्रतिशत छुट पाउने छन । यसैगरी भैसेपाटी, ललितपुरमा अवस्थित अर्बन स्माइल डेन्टल क्यर प्रा.लि. का सेवाहरुमा अधिकतम २५ प्रतिशत सम्म छुट पाउनेछन । साथै न्युरोड, काठमाडौंमा अवस्थित सयपत्री मेरीगोल्ड ज्वेलर्सका सेवाहरुमा पनि अधिकतम… पुरा पढौ

फोहर व्यवस्थापनकाे शुल्क लिने निर्णय नगर्न सर्वोच्चकाे आदेश

काठमाडौं, ३ साउन । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले शुल्क लिनु संविधानको धारा २२८ (२) धारा २३६, फोहरमैला व्यवस्थापन ऐन २०६८, दफा १८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२ विपरीत देखिएको उक्त आदेश गरेको हो । ककनी गाउँपालिकाले गत असार १९ काठमाडौँबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर लिएर सानो गाडीसँग प्रतिखेप रु एक हजार र ठूला गाडीसँग रु १५ सय लिने… पुरा पढौ

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा 

काठमाडौं, ३ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough)  पश्चिमतिर सरदर स्थान को आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। श्रावण ०३ गते (बुधबार) दिउँसो:  देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती: कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागका आंशिक देखी  सामान्य बदली रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  एक-दुई स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। श्रावण ०४ गते (बिहीबार) दिउँसो: देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती: देशभर आंशिकदेखी सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग  एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । श्रावण ०५ गते (शुक्रबार) दिउँसो: देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती: देशभर आंशिक देखी  सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भाग  एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखले अनुरोध गरेकाे छ। पुरा पढौ

लम्पी स्किनको औषधि र खोप वडा वडामा

बलेवा, ३ साउन । बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ । दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा ऋषिराम सापकोटाले बताए। केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुलाई पुग्ने खोप पठाएको छ । लम्पी स्किनबाट बागलुङमा एक सय ६६ गाईको मृत्यु भएको छ । लम्पी स्किन लागेका गाईगोरुको शरीरमा… पुरा पढौ

व्यापार तथा लगानी सहजीकरण गर्न नेपाल र भारतका अर्थमन्त्रीहरू सहमत

काठमाडौं, २ साउन । भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । छलफलका क्रममा भारतीय सहायताबाट नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिएको अर्थमन्त्री डा महतको सचिवालयले जनाएको छ । “अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा सम्पन्न विद्युत् निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दश वर्षमा १० हजार मेघावाट जलविद्युत् भारत निकासी भई… पुरा पढौ

नेप्सेको उकालोको यात्रा कायमै, साढे ३ अर्बको कारोबार

काठमाडौं, २ साउन । नेप्सेको उकालोको यात्राले आज पनि निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिदा लगानीकर्ताहरु उत्साहित भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९‍.९१ अंकले बढेर २१५४.०७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.०४ अंकले बढेर ४०७.१३ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी ७ वटामा हरियो लागेको छ । उनीहरुको सेयरम बढेको छ… पुरा पढौ

नवलपुरमा उठ्यो रु २६ अर्ब ३१ करोड बढी राजस्व

त्रिवेणी, २ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा रु २६ अर्बभन्दा धेरै राजस्व सङ्कलन भएको छ । कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए। उक्त कार्यालयले सबैभन्दा धेरै अन्तःशुल्कतर्फ रु २५ अर्ब १६ करोड ९१ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ । यसैगरी आय कर रु ६३ करोड ९८ लाख ५५ हजार, मूल्य अभिवृद्धि कर रु ३८… पुरा पढौ

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी

काठमाडौं, २ साउन । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्नेछ”, कार्यविधिमा भनिएको छ,… पुरा पढौ

किन पछि सर्याे मौद्रिक नीति जारी हुने मिति ?

काठमाडौं,२ साउन। नेपाल राष्ट्र बैंकले जारी गर्ने चालु आर्थिक वर्षको मौद्रिक नीति अर्को सातामात्र जारी गर्ने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी देश बाहिर रहेकाले मौद्रिक नीतिकाे जारी मिति पछि सरेकाे हाे। गभर्नर सहित नेपाल राष्ट्र बैंकका वरिष्ठ कार्यकारी निर्देशक देवकुमार ढकाल समेत देश बाहिर रहेका र तयारी गर्न अझै केहि समय लाग्ने भएकाे हुदाँ याे साता मौद्रिक नीति सार्वजनिक नहुने भएको बताइएकाे छ। सम्पत्ति शुद्धीकरणका विषयकाे कार्यक्रममा भाग लिन गभर्नर अधिकारीको नेतृत्वमा ३० जनाको टोली अहिले क्यानडामा छन।… पुरा पढौ

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गकाे काम तीव्र, १ वर्ष भित्रमा आयाेजना सम्पन्न गरिने

धादिङ, २ साउन । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गकाे काम तीव्र गतिमा भइरहेकाे निर्माण कम्पनीले बताएकाे छ। उक्त बहुप्रतिक्षित सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले आज अनुगमन गरेका छन। भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । निर्माण प्रक्रियामा कुनै व्यवहारिक… पुरा पढौ