मुख्य समाचार

कर्णाली, गण्डकी, बागमती र कोशीमा हल्का वर्षा

काठमाडौं, २१ असार । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ। आन्शिक देखि सामान्य बदली रहेको छ। कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । २०८० आषाढ २१ गते (बिहीबार)  दिउँसो:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  कोशी  र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।  राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। २०८० आषाढ २२ गते (शुक्रबार)  दिउँसो:  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी,  बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। २०८० आषाढ २३ गते (शनिबार)  दिउँसो:  देशभर आम्शिक देखि सामान्य बदली रहनेछ। देशका… पुरा पढौ

राजश्व संकलनमा जिम्मेवार हुन अर्थमन्त्री डा.महतकाे निर्देशन

काठमाडौं, २० असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । याे बर्ष र आगामी आर्थिक बर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नुपर्छ ।’ ‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा  नहेर्न, आग्रह गर्दै मन्त्री डा. महतले निर्देशनको क्रममा भने, कर्तव्यबाट… पुरा पढौ

१६औं योजनाका लागि आयोगले सक्रियता बढायाे, प्रदेश आयोग र स्थानीय सरकारसँग लियो सुझाव

काठमाडौं, २० असार । राष्ट्रिय योजना आयोगले १६ औँ योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधि मुलक संस्थाहरुसँग छलफल गरेको छ । बुधबार सिंहदरबारस्थित आयोगको हलमा भएको छलफलमा १६औँ योजनाका लागि सुझाव दिन कोशी प्रदेश बाहेक सबै प्रदेश योजना आयोगका उपाध्यक्षहरु सहभागी भए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा प्रदेश योजना आयोगका उपाध्यक्षहरु सहित जिल्ला समन्वय समिति, नगरपालिका संघ तथा गाउँपालिका संघबाट प्रतिनिधिहरु सहभागी भए । छलफमा आयोगका उपाध्यक्ष डा. श्रेष्ठ, सदस्यहरु डा.… पुरा पढौ

नेप्सेमा ३९.२६ अंकको गिरावट, ३ अर्ब ७३ करोडको कारोबार

काठमाडौं, २० असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजारमा गिरावट भएको छ । नयाँ आर्थिक वर्ष २०८० काे आरगमन र पूरानाे आर्थिक वर्षकाे बिदाइ निजकिएकाे बेला सेयर बजारकाे घट्दाे क्रम यथावत् रहेकाे छ । सबै १३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैकाे सेयर घटेको छ । कारोबार रकम सन्तोषजनक भएपनि अघिल्ला दिनहरुको भन्दा कम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३९.२६ अंकको गिरावट भएको छ । यसरी घटेको नेप्से… पुरा पढौ

१० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक

काठमाडौं, २० असार । नेपाल राष्ट्र बैंकले भाेलि असार २१ गते १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ । सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोलमार्फत् विकास ऋणपत्र २०८६ ‘च’ निष्काशन गर्न लागेको हो । ६ वर्षे अवधिको यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकलेसमेत खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याजदर… पुरा पढौ

बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने बागमती प्रदेश सरकारको निर्णय

हेटाैंडा, २० असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षी दलले दिएका सुझाव समेट्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सत्तारुढ तथा प्रतिपक्षी दलले उठाएका विषयहरु बजेटमा समावेश गर्ने निर्णय गरेको हो । मङ्गलबार बसेको प्रदेशसभाको बैठकको शून्य समयमा प्रतिपक्षी दलहरु नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बजेटमा आफ्ना सुझाव नसमेटिएको भन्दै विरोध जनाएका थिए । बैठकले डा चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई प्रदेश प्रशासन सेवा, एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ… पुरा पढौ

शिवशिखर सहकारीविरुद्ध अनुसन्धान सुरु

बेनी, २० असार। बचतकर्ताको उजुरीपछि प्रहरीले यहाँ सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारीविरुद्धको अनुसन्धानअघि बढाएको छ । बेनीस्थित न्यूरोडमा आफ्नै भवनमार्फत सेवा केन्द्र विस्तार गरी बचत सङ्कलन र लगानी दिँदै आएको सहकारी विगत पाँच महिनादेखि बन्द रहेकाे छ। सहकारीका कर्मचारी र व्यवस्थापक चार महिनायता सम्पर्कविहीन भएपछि बचतकर्ताको प्रहरीमा उजुरी दिएका थिए । सहकारी विभागको अनुसन्धानसम्बन्धी सिफारिस र केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिपत्र भएपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक किरण लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य बचतकर्ताले पनि… पुरा पढौ

मध्य भोटेकोशी जलविद्युतको दुई साधारण सभा आज हुँदै

काठमाडौं, २० असार । मध्य भोटेकोशी जलविद्युत कम्पनीको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीकाे दुई आर्थिक वर्षका १० औं र ११ औं वार्षिक साधारण सभा आज हुन लागेकाे हाे । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।  सभामा दुबै वर्षकाे वार्षिक प्रतिवेदन, नाफा–नोक्सानकाे हिसाब, नगद प्रवाह लगायतका एजेण्डाहरुमा छलफल गर्न लागिएकाे छ । साथै सभामा सञ्चालक समितिमा रहने सदस्यहरुकाे चयन, प्रबन्धपत्र, नियमावलीकाे संशोधन दगायतका प्रस्तावहरुमाथि  छलफल गरिने भएकाे छ ।  सभाले आर्थिक वर्ष २०७९–८०… पुरा पढौ

मिति सरेपछि आइएमई लाइफकाे आईपीओमा बिहिबारबाट आवेदन दिन सकिने

काठमाडौं, २० असार । आइएमई लाइफ इन्स्योरेन्सकाे सेयर (आईपीओ)मा आवेदन दिने मिति एकदिन पर सरेपछि अब भाेलि बिहिबारबाट आवेदन दिन सकिने भएकाे छ । यसअघि असार २० गतेबाट सेयर खुल्ला गर्ने बताइएकाेमा प्राविधिक कारणले असार २१ गते निष्काशन गरिने भएकाे हाे । इन्स्योरेन्सले जनाए अनुसार प्रतिशेयर रुपैयाँ १०० अंकित दरमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रतिशेयर २३६ रुपैयाँ ९१ पैसामा कायम गरी सेयर खुलाइने भएकाे छ । इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता… पुरा पढौ

ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो

काठमाडौं, २० असार । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका आरोपीमाथि प्रहरीले किर्तेसँगै सङ्गठित अपराध कसुरमा पनि अनुसन्धान अघि बढाएको छ । यसअघि किर्ते कसुरमा अनुसन्धानका लागि म्याद लिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सङ्गठित अपराध कसुरमा सात दिनको म्याद लिएर अनुसन्धान थालेको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए। उनका अनुसार उनीहरूको म्याद थप सँगै यसअघि सर्वाेच्चबाट स्टे अडर लिएर बसेका १७ जनाको विषयमा पनि महान्यायाधिवक्ताको कार्यालयमार्फत भ्याकेट निवेदन दिइएको छ । उनीहरूले थुना बाहिरै राखेर… पुरा पढौ