मुख्य समाचार

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, २० असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९४ पैसा र बिक्रिदर १३१ रुपैयाँ ५४ रहेको छ । यूरो… पुरा पढौ

नेपालको कर प्रणालीमा दर्ता भए गुगल, फेसबुक र माइक्रोसफ्ट कम्पनी

काठमाडौं, २० असार । सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्ट लगायतका ६ वटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन् । नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार हालसम्म ६ वटा विदेशी कम्पनी दर्ता हुन आएको ठूला करदाता कार्यालयका कर अधिकृत साधुराम पुडासैनीले जानकारी दिए। विद्युतीय सेवा कर तिर्ने कम्पनी ठूला… पुरा पढौ

लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार

लुम्बिनी, २० असार । लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति असहमति जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेटमाथिको छलफलनै बहिष्कार गरेको छ । प्रदेशसभाको दोस्रो बैठक सुरु हुने बित्तिकै एमाले प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाउँदै बैठक बहिष्कार गरेका हुन् । बजेटमाथि गम्भीर असहमति जनाउँदै प्रदेशसभामा एमाले प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बजेट किताबसमेत च्यातेर विरोध जनाए। प्रदेशसभा बैठक चलिरहँदा नाराबाजी गर्दै एमालेका प्रदेशसभा सदस्यले बैठक बहिष्कार गरेर बाहिरिएका थिए । बैठक बहिष्कारपछि एमाले संसदीय दलले पत्रकार सम्मेलन… पुरा पढौ

लुम्बिनी प्रदेशसभामा आर्थिक विधेयक पारित

लुम्बिनी, २० असार । लुम्बिनी प्रदेशसभा बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलका क्रममा विधेयक पारित भएको हो । प्रमुख प्रतिपक्ष दलको विरोधबीच आजको बैठकमा सभामुख तुलाराम घर्तीले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे। प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था… पुरा पढौ

लम्पी स्किन रोग नियन्त्रणका लागि कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १९ असार । सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ । रोग नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यक चासो लिएकोका छन् । उनले कृषि तथा पशुपन्छीमन्त्री डा बेदुराम भुसाल र मन्त्रालयका उच्च अधिकारीलाई आवश्यक निर्देशन दिएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले प्रभावकारीरूपमा पशु स्वास्थ्यकर्मी परिचालन गर्न, खोप आपूर्ति बढाउन तथा तत्काल खोप लगाउनका लागि जनशक्तिको आवश्यक प्रबन्ध गर्नसमेत सम्बद्ध अधिकारीलाई स्पष्ट निर्देशन दिए… पुरा पढौ

नेप्सेमा १२.७३ अंकको बृद्धि, कारोबार रकम २ अर्ब ५७ करोडमा सिमित

काठमाडौं, १९ असार । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.२८ अंकले बढेर ३८८.६२ विन्दुमा पुगेको छ । १३ वटै उयसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । आज कुल २८२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ६४ लाख ५० हजार ९३४ कित्ता सेयरको खरिदबिक्री भएको छ… पुरा पढौ

वित्त नीतिसँग समन्वय हुने मौद्रिक नीति ल्याउनुपर्छ : डा खतिवडा

काठमाडौं, १९ असार । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वित्त नीतिसँग समन्वय हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई विज्ञहरुले सुझाव दिए। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले आज आयोजना गरेको मौद्रिक नीति सम्मेलन, २०२३ मा विज्ञ तथा निजी क्षेत्रका सरोकारवालाले वित्त नीतिसँग समन्वय हुने तथा अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिए। ब्याजदर घटाएर लगानीमैत्री वातावरण बनाउन, प्राथमिकता प्राप्त क्षेत्र र साना तथा मझौला उद्यमलाई सहज कर्जा प्रवाह गर्न, पुनरकर्जा र कर्जाको पुनर्तालिकरणको… पुरा पढौ

बैंकिङ प्रणालीमा तरलता बढेपछि राष्ट्र बैंकले फेरी जारी गर्याे २० अर्बको रिभर्स रिपो

काठमाडौं, १९ असार। बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि रिभर्स रिपो जारी गरेको छ । केन्द्रीय बैंकले आज मंगलबार पुन: २० अर्ब रुपैयाँको रिपाे जारी गरेको हो। प्रणालीमा तरलता बढेपछि साे तान्ने मौद्रिक औजारका रूपमा रिभर्स रिपोलाइ लिइन्छ। राष्ट्र बैंकले यसअघि चैत १० गते ५ अर्बको रिभर्स रिपो जारी गरेको थियो। त्यस्तै असार ७ मा १० अर्ब रुपैयाँकाे र असार १० गते २० अर्ब रुपैयाँकाे रिभर्स रिपो जारी गरिसकेकाे जनाएकाे छ। नेपाल राष्ट्र बैंकका अनुसार बैकिङ प्रणालीमा… पुरा पढौ

सिटिजन्स बैंक इन्टरनेसनलका ५ वटा नयाँ शाखा थपिए

काठमाडाैं, १९ असार । विगत १७ वर्षदेखि ग्राहकलाइ सर्बसुलभ बैंकिंङ्ग सेवा पुर्याउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा थप ५ शाखाहरू बिस्तार गरेकाे छ। बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ शाखा संचालनमा ल्याएको हाे । यो संगैे बैंकको १८८ वटा शाखाहरु संचालनमा आएका छन । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७ , मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५० , गण्डकी… पुरा पढौ

मकाउका नेपाली व्यवसायीसँग लगानी बोर्डले गर्याे लगानी भित्र्याउन आग्रह

काठमाडौं, १९ असार । लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तरक्रिया गरेको छ । महावाणिज्य दूतावास, हङकङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा व्यावसायिक वातावरण सुरक्षित बन्दै गएकाले लगानी गर्न आग्रह गरे। विशेषगरी नवीकरणीय ऊर्जा र निर्माण क्षेत्रमा सहज लगानीको अवसर रहेको उनको भनाइ छ । नेपालमा लगानी गर्दा भविष्यको सुनिश्चितताको जिम्मा लगानी बोर्डले लिने भन्दै कार्यकारी अधिकृत भट्टले नेपालमा लगानी गर्दाको फाइदाबारे प्रकाश… पुरा पढौ