मुख्य समाचार

अनुमति बिना अरुको नागरिकता प्रयोग गरी वान एक्स बेटबाट ३१ करोडकाे कारोबार गरेकाे प्रहरीकाे दावी

काठमाडाैं, २१ असार । वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीबिना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ । उक्त खेलमार्फत उनले ३१ करोडभन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गत जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरुको मन्जुरीबिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनाधिकृतरुपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार दुई सय ५२ जम्मा गरेर सो रकम अन्य खातामा पठाएको… पुरा पढौ

सत्ता गठबन्धनको ठहर : एमालेको व्यवहार असंसदीय

काठमाडौं, २१ असार । सत्तारुढ गठबन्धनले संसदीय मूल्य र मान्यताविपरीत गएर संसद् अवरोध गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्षी दलको व्यवहार गैरराजनीतिक र असंसदीय रहेको ठहर गरेको छ । सामाजिक कुरीतिका रहेको मिटर ब्याजबाट आहात भएका नागरिकलाई राहत दिन सरकारले ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ असफल बनाई प्रतिपक्षले पीडितको विरुद्ध उभिएको निष्कर्षसमेत बैठकले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्ष नेकपा(एमाले) लगायतका दलले बुधबार सदनमा देखाएको व्यवहार असंसदीय… पुरा पढौ

मर्स्याङदी जलविद्युतकाे उत्पादन क्षमता बढ्याे

तनहुँ, २१ असार। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित ६९ मेगावाट क्षमताको मर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बढ्न थालेको छ। मर्स्याङदी नदीमा पानीको बहाव बढ्दै गएपछि जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो । दैनिकरुपमा वर्षा हुने क्रम जारी रहेकाले मर्स्याङदी नदीमा पानी बहाव बढेपछि पूर्ण क्षमताको बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख प्रमुख बद्री फुयाँलले जानकारी दिए। उनका अनुसार हिउँदमा ४० मेगावाट उत्पादन भएकोमा हाल वृद्धि भएर पूर्ण क्षमताको विद्युत् उत्पादन भइरहेको छ । यस आयोजनाबाट वर्षायाममा क्षमताभन्दा बढी बिजुली उत्पादन हुने गर्दछ… पुरा पढौ

एसइईको नतिजा आज सार्वजनिक हुने, कसरी हेर्ने नतिजा ?

काठमाडौं, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने र रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए। उनले भने, “एसइईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका… पुरा पढौ

अपि पावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २१ असार । अपि पावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार हकप्रद सेयर निष्काशनकाे प्रयोजनका लागि असार २२ गते बुकक्लोज गरिने भए छ । यस अनुसार सेयरधनीहरुले आजसम्म नेप्सेमा कारोबार गर्नुपर्नेछ । अपि पावरले अहिले कायम चुक्ता पूँजीको १ बराबर ०.४० काे रेसियाेमा हकप्रद सेयर जारी गर्ने भएकाे छ । यसअनुसार १ अर्ब ६५ करोड ३३ लाख… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, २१ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रिदर १३१ रुपैयाँ ८७ रहेको छ । यूरो… पुरा पढौ

आइएमई लाइफकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, २१ असार । आइएमई लाइफ इन्स्योरेन्सकाे सेयर (आईपीओ)मा आजदेखि आवेदन खुल्ला भएकाे छ । यसअघि असार २० गतेबाट सेयर खुल्ला गर्ने बताइएकाेमा प्राविधिक कारणले आजका लागि मिति सारिएकाे थियाे । इन्स्योरेन्सले जनाए अनुसार प्रतिशेयर रुपैयाँ १०० अंकित दरमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रतिशेयर २३६ रुपैयाँ ९१ पैसामा कायम गरी सेयर खुलाइएकाे हाे। इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर खुलाउन लागेको छ। यसमा १२ लाख कित्ता सेयर वैदेशिक राेजगारमा गएका नेपालीहरुका… पुरा पढौ

नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी

काठमाडौं, २१ असार । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताएका छन् । नेपाली राजदूतावास र इजिप्टको ‘अरब वुमन्स इन्भेस्टर्स युनियन’ले इजिप्टको राजधानी कायरोमा इजिप्ट उद्योगी व्यवसायीका लागि नेपालको व्यावसायिक एवं लगानी वातावरणबारे आयोजित प्रवद्र्धनात्मक कार्यक्रममा राजदूत लम्सालले इजिप्ट र नेपालबीच पर्यटन, कृषि उत्पादन, रासायनिक मल, ऊर्जालगायत क्षेत्रमा आपसी सहयोगको प्रशस्त सम्भावना रहेको जानकारी दिएका थिए । नेपालको आर्थिक सम्भावना एवं वैदेशिक… पुरा पढौ

लुम्बिनी प्रदेशमा रु ४० अर्ब ४७ करोड बजेट पारित

लुम्बिनी, २१ असार । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे। आगामी आवका लागि प्रदेशसभामा सरकारका तर्फबाट अर्थमन्त्री मास्कीले यही असार १ गतेका लागि रु ४० अर्ब ४७… पुरा पढौ

आर्थिक स्थायित्वका लागि चेम्बर र परिसङ्घले सहकार्य गर्ने

काठमाडौं, २१ असार । निजी क्षेत्रका व्यवसायीको दुई छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसङ्घले आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने भएका छन् । नेपाल उद्योग परिसङ्घको नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई बधाई तथा शुभकामना दिन चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई संस्थाले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक स्थायित्व र विकासका लागि सहकार्य गर्ने भएको जानकारी दिएका हुन् । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आगामी वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयनमार्फत आर्थिक स्थायित्व दिनका लागि निजी क्षेत्रका… पुरा पढौ