मुख्य समाचार

पोखरा महानगरपालिकाले फ्रेस हाउसलाई व्यवस्थित गर्ने

पाेखरा, १८ असार । पाेखरा महानगरपालिकाले फ्रेस हाउसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । महानगरले फ्रेस हाउस सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो । महानगरको पशु सेवा शाखाले आयोजना गरेको कार्यक्रममा महानगरप्रमुख प्रमुख धनराज आचार्यले व्यवसायीलाई परिचयपत्र प्रदान गरेका थिए। पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले पशुबध तथा मासु जाँच ऐन २०५५, नियमावली २०५७ तथा महानगरको मासु जाँच निर्देशिकाअनुसारको मापदण्ड पालना गरेका ७४ पसललाई परिचपत्र र बोर्ड प्रदान गरिएको… पुरा पढौ

पुष्टकारी ब्यापारदेखि हुण्डाईकाे आयातकर्तासम्म बनेका श्रेष्ठ

काठमाडाैं । पुष्टकारी नेपालमा उत्पादन हुने एउटा प्रकारकाे मिठाई हो । यसको उत्पादन संघीय राजधानी काठमाडौं, गण्डकीको पोखरा लगायतका शहरमा हुने गरेको छ। घरेलु सामग्रीबाटै व्यावसायिक उत्पादन शुरु गरी नेपालको प्रतिष्ठित व्यावसायिक घराना बन्न सफल भएका घटनाहरु नेपालमा विरलै पाइन्छन। घरेलु उत्पादन पुष्टकारी र मिठाईको व्यापार, व्यवसायलाई अगाडी बढाउदै जिवनकाे ५० वर्ष यसैमा खर्चिएका पोखरा १ बागबजारका गणेशबहादुर श्रेष्ठ अहिले नेपालकै प्रख्यात उद्योगपति र चकलेटका बाद्शाहका रूपमा ब्यवसायिक क्षेत्रमा स्थापित भएका छन् । अत्यन्त संघर्षपूर्ण यात्रापछि मात्र श्रेष्ठले यसलाइ ठुलाे… पुरा पढौ

नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, १७ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढाउन चीन सकारात्मक रहेको बताएका छन्। पाँचदिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्केका उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका उपप्रधानमन्त्री तथा सिचुवान प्रान्तका पार्टी प्रमुख नेपाललाई आगामी दिनमा आर्थिक सहयोग वृद्धि गर्न सकारात्मक देखिएको बताए। उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीच सम्बन्ध सुदृढीकरण, व्यापार र लगानी प्रवद्र्धन तथा आर्थिक विकासमा वृहत छलफल भएको बताए। “आर्थिक विकास र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर… पुरा पढौ

सेयर बजार राताम्मै, ५ अर्ब ८१ करोडको कारोबार

काठमाडौं, १७ असार । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ । यो गिरावट अर्धशतक पार गरेपछिकाे हो । अर्थात आईतबार सेयर बजारमा ५३.७० अंकको गिरावट भएको छ । यसले फेरि लगानीकर्ताहरुलाई झस्काएको छ । तर कारोबार रकम भने सन्तोषजनक नै देखिएको छ । नयाँ सरकार बनेपछि आंशिक रुपमा सुधार हुँदै आएको सेयर बजारमा बेला बेला भएकाे करेक्सन लामो समय नजाने सेयर बजारका जानकारहरुले बताए पनि करेक्सनको प्रवृत्ति भने रोकिएको छैन । नेपाल स्टक… पुरा पढौ

पोखराको पर्यटन प्रवर्धनमा महानगरकाे एकीकृत गुरुयोजना

पोखरा, १७ असार । पोखरा महानगरपालिकाको १३औँ नगरसभाले आव २०८०/८१ को प्रस्तुत नीति तथा कार्यक्रममा पोखरालाई ‘पर्यटनको राजधानी सहर, पोखरा महानगर’को मान्यतालाई स्थापित गर्ने समावेशी आर्थिक विकासको आधार हरित अर्थतन्त्र तथा उत्थानशील सहरको अवधारणासहित विभिन्न योजनालाई अघि सारेको छ । महानगरको प्रस्तुत रु सात अर्ब १५ करोड १५ लाख १७ हजार बराबरको अनुमानित आयव्यय विवरण (बजेट)मा विशेषतः महानगरले पर्यटन क्षेत्रलाई पोखराको विकासको प्रमुख संवाहकका रूपमा जोड दिँदै नयाँ पर्यटकीय वस्तु, सेवा र गन्तव्यको विकास तथा प्रवद्र्धनमा जोड दिने जनाइएको छ… पुरा पढौ

आर्थिक जटिलता: हाँक र प्रस्तावित सुधार (प्रा.डा. विश्वम्भर प्याकुर्‍यालकाे विचार)

काठमाडौं । विश्व सङ्कटको केही समय पहिलेदेखि नै आर्थिक मन्दीको दबाबमा नेपाल पर्न थालेको थियो । खासगरी कोभिड–१९ पछि भने विश्वले भोगेको आर्थिक मन्दीको प्रभावबाट नेपाल जोगिन सकेन । आर्थिक मन्दीबाट बच्न वस्तु आयातमा प्रतिबन्ध लगाइयो, मौद्रिक नीति कसिलो बनाइयो, मुद्रास्फीति भयावह बन्न पुग्यो, न्यून राजस्व सङ्कलनले सार्वजनिक खर्च खुम्चिन गयो । रूस–युक्रेन युद्धका कारण विश्वमा उत्पादनमा आएको शिथिलताले आधारभूत खाद्य सामग्रीमा पनि अत्यधिक प्रभाव पर्नुका साथै आपूर्तिमा आएको थप समस्याले खाद्यान्नको उपलब्धतामा उच्च निर्भरता बढ्न गयो । यसरी राष्ट्रिय… पुरा पढौ

आईतबार बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पर्छ ?

काठमाडौं, १७ असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले बढेर तोलाको… पुरा पढौ

स्पेयर पार्टसका वस्तुमा लेबल लगाउने कुरा कठिन : नाडा

काठमाडौं, १७ असार । काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल स्पेयर पार्टसका कतिपय वस्तुहरुमा आयातकर्ता र बजार वितरकको विवरणको लेबल लगाउने कुरा कठिन रहेको जनाएको छ।  नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटेर यस्तो जानकारी गराएको हो।  वीरगन्ज भन्सार कार्यालयले गत साउन १ गतेपछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्रीवितरणका लागि लैजानु पहिले तिनिहरुकाे प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाएरमात्र पठाउनुपर्ने सूचना जारी गरेको थियो। नाडाले सोही… पुरा पढौ

काभ्रेमा ११ महिनामा मालपोत करमा ६० करोडकाे गिरावट

काभ्रे, १७ असार । काभ्रेपलाञ्चोकमा जेष्ठ मसान्तसम्म अर्थात् चालु आर्थिक वर्षको ११ महिनामा रु ६० करोडले मालपोत करमा गिरावट आएको छ । सरकारले एक वर्षअघि जग्गा वर्गीकरणपछि मात्रै कारोबार गर्ने अनिवार्य व्यवस्था लागू भएसँगै घरजग्गामा आएको मन्दीका कारण राजस्व सङ्कलनमा ठूलो रकम गिरावट भएको हो । जिल्ला मालपोत कार्यालय धुलिखेलमा चालु आवको जेठ मसान्तसम्म रु ५१ करोड ३४ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्षको यही अवधिमा रु एक अर्ब ११ करोड ५६ लाख राजस्व सङ्कलन भएको… पुरा पढौ

अमेरिकी डलर, यूरोसहित विदेशी मुद्राको विनिमय दर स्थिर

काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोसहित विदेशी मुद्राकाे भाउ स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रिदर १३१ रुपैयाँ ५७ रहेको… पुरा पढौ