मुख्य समाचार

नेप्सेमा २१.३२ अंकको गिरावट, साढे ४ अर्बको कारोबार

काडमाडौं, १८ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा गिरावट भएको छ । अघिल्ला दिनहरुको तुनामा कारोबार रकम पनि घटको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा झरेको छ । नेप्सेमा १.०२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेर ३८६.३५ विन्दुमा रहेको छ । यसदिन दुईवटा बाहेक ११ वटा उपसमूहहरुमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । आज कुल २७६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको… पुरा पढौ

भ्रष्टाचार नियन्त्रण गर्न अझै कडा रूपमा प्रस्तुत हुन्छौ: प्रधानमन्त्री

काठमाडाैं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) सम्वद्ध वाइसिएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा आफूले कोही कसैसँग पनि सम्झौता नगर्ने र विगतका सबै जसो काण्डको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर छाड्न दृढता व्यक्त गरेका हुन । नक्कली शरणार्थी प्रकरणमा जस्तै, बालुवाटार जग्गा प्रकरणमा संलग्न दोषीले कुनै… पुरा पढौ

एसइई नतिजा प्रकाशनकाे अन्तिम तयारी गर्दै परीक्षा बोर्ड

भक्तपुर, १८ असार । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। “असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका अनुसार काम भइरहेको छ”, उनले भने, “उत्तरपुस्तिका परीक्षणको काम सकिए पनि प्राविधिक काम बाँकी छ ।” हतारमा नतिजा प्रकाशित गर्दा धेरै त्रुटी हुने सम्भावना… पुरा पढौ

निजी विद्यालयकाे छात्रवृत्तिकाे परीक्षा कामपा आफैले लिने

काठमाडौं, १८ असार। काठमाडौं महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि कामपा आफैले परीक्षा लिने भएको छ । कामपाका प्रमुख बालेन्द्र साहले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा कामपाले नै सञ्चालन गर्ने बताए। कामपा शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएबमोजिम महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्र्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्र्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०÷८१ देखि कामपा आफैले सञ्चालन गर्ने तयारी गरेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए। उनकाअनुसार… पुरा पढौ

किन राेकियाे साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार ?

काठमाडौं, १८ असार । एकापसमा गाभिएका साना किसान लघुवित्त बित्तीय संस्था र आरएमडीसी लघुवित्त बित्तीय संस्थाको सेयर कारोबार १५ दिनका लागि राेकिने भएकाे छ । दुबै संस्थाकाे सेयर काराेबार असार २४ गतेदेखि १५ दिनसम्म रोक्का गरिने भएकाे हाे । बुदै संस्था मर्जरमा गएपछि साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएकाे छ । दुबै संस्थाकाे संयुक्त मर्जर समितिले सेयर मिलान, धितोपत्रकाे पुनः दर्ता, अभौतिकीकरण र सूचीकरणकाे प्रयोजनार्थ सेयर कारोबार रोक्का गर्नका लागि नेपाल… पुरा पढौ

हकप्रद शेयर जारीपछि अरुण काबेलीको चुक्तापुँजी ३ अर्ब ७० करोड पुग्ने

काठमाडौं, १८ असार । हकप्रद शेयर जारी गरेपछि अरुण काबेली पावरकाे चुक्तापुँजी ३ अर्ब ७० करोड पुग्ने भएकाे छ। हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८५ करोड रुपैयाँ कायम छ। यसको शतप्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको हाे। पछिल्लोपटक यस कंपनीकाे ३५७.६० रुपैयाँका दरले सेयर किनबेच भएकाे छ । यसका लागि कंपनीले हकप्रद शेयर निष्कासन गर्न असार २५ गते बुक क्लोज गर्ने समेत बताएकाे छ। जसकाे कारण असार २४ गतेसम्म कायम सेयरधनीले मात्र… पुरा पढौ

सुनको भाउमा सामान्य गिरावट, चाँदीको स्थिर

काठमाडौं, १८ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ सामान्य घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ १ सयले घटेको जनाएको छ । चाँदीको भाउ स्थिर रहि आईतबारकै भाउमा कारोबार भईरहेको छ । छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार… पुरा पढौ

अर्थतन्त्र चलायमान हुने मौद्रिक नीति ल्याउन परिसङ्घकाे आग्रह

काठमाडौं, १८ असार । नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । परिसङ्घको नवनिर्वाचित पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर निजी क्षेत्रको मनोबल उच्च बनाउने र अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए। “पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरूले स्थगित गरेको थिए, अहिले तरलता भएता पनि कर्जाको… पुरा पढौ

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं, १८ असार । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीका अनुसार साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि असार १९ गते मंगलबार असार १९ गते बुकक्लोज गरिने भएकाेले आजसम्म लाभांश सुरक्षित गरिसक्नु पर्नेछ । कम्पनीले जनाए अनुसार आजसम्म सेयरधनीहरुले नेपाल स्टक एक्सचेन्जमा सेयरकाे काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य मानिनेछन्। कोषको २८ औँ सभासाधारण सभा असार ३१ गते बाेलाइएकाे छ… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, १८ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रिदर १३१ रुपैयाँ… पुरा पढौ