मुख्य समाचार

करकाे दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको छ: अर्थमन्त्री महत

काठमाडाैं, २६ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले विद्युतीय सवारी साधानमा कर तथा दैनिक उपभोग्य वस्तुमा मूल्यअभिवृद्धि कर (भ्याट) लगाउँदा आमनागरिकलाई असर नगर्ने बताउनुभयो । “विद्युतीय सवारीमा कर वृद्धि तथा प्याज, आलु र स्याउमा भ्याट लगाउँदा आम नागरिकलाई समस्या परेको भाष्य स्थापित गर्न खोजिएको छ, त्यो भ्रममा… पुरा पढौ

चालु आवकाे १० महिनामा १० खर्ब विप्रेषण भित्रियो

काठमाडाैं, २६ जेठ । चालु आर्थिक वर्षको १० महिनामा कूल १० खर्ब ५ अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाले आप्रवाहमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव पाँच प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव… पुरा पढौ

यसपटक तापक्रमले धेरै ठाउँमा गर्याे ‘रेकर्ड ब्रेक’

काठमाडौँ, २६ जेठ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार यस वर्ष यही जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव आठ डिग्री तापक्रम रेकर्ड भएको छ । सन् २०२३ को यो सबैभन्दा बढी मापन हो । यसअघि नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६… पुरा पढौ

विदेशी मुद्रा संञ्चिति १४ खर्ब ७० अर्ब कायम

काठमाडाैं, २६ जेठ । चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० दशमलव ९ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा रु १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकामा २०८०… पुरा पढौ

ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो

काठमाडौं, २६ जेठ । हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ । उक्त घटना सार्वजनिक भएपछि प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोडलाई पत्र नै काटेर सचेतनाका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेसँगै बोर्डले सचेत गराउन थालेको छ । “पछिल्ला दिनमा हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशका घटना बढी रहेको हुँदा सो सम्बन्धमा सुरक्षित रहन सम्बन्धित टिकेटिङ गर्ने ट्राभल एजेन्सीलगायतका कार्यालयलाई समयमै सचेतनाका लागि जानकारी गराई दिनुहुन अनुरोध छ”,… पुरा पढौ

किन गर्याे एमालेले प्रतिनिधिसभामा विरोध ?

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ । एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो । आजको बैठक प्रारम्भ भएलगत्तै एमालेका सांसद आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद योगेशकुमार भट्टराईलाई समय दिए । सांसद भट्टराईले २०७९ फागुन १७ गते प्रदेशसभाबाट दुई तिहाइभन्दा बढी मतबाट कोशी प्रदेशको नामकरण भएको सन्दर्भमा असहमति भए पनि लोकतान्त्रिक विधिबाट… पुरा पढौ

संयुक्त राष्ट्रसङ्घको आर्थिक सामाजिक परिषद् सदस्य राष्ट्रमा नेपाल निर्वाचित

वाशिङ्टन, २६ जेठ । नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ । नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो । बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल एक सय ४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशहरूको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो । राष्ट्रसङ्घको वडापत्र १९४५ अनुसार छ मुख्य परिषद्मा आर्थिक तथा सामाजिक परिषद् एक हो, यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उचो बनाएको छ । नेपाल निर्वाचित भएपछि राससलाई प्रतिक्रिया दिनुहुँदै राष्ट्रसङ्घका… पुरा पढौ

रिपब्लिक मिडियाकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, २६ जेठ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आजदेखि सर्वसाधारणका लागि ४३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर आईपीओ बिक्रीमा ल्याएकाे छ । जाे नेपालमा मिडियाकाे तर्फबाट सेयर जारि गर्ने पहिलाे मिडिया पनि बनेकाे छ । कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गरेकाे हाे। यसमा १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । २ लाख १७ हजार ६५० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । वैदेशिक रोजागरीमा… पुरा पढौ

आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ जारी गर्दै

काठमाडौं २६ जेठ । आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियमा सेयर आईपीओ जारी गर्ने भएकाे छ । प्रतिसेयर १०० रुपैयाँ अंकित दरकाे १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसामा सेयर जारि गरिने भएकाे हो। इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्ने भएकाे हो। यसमा १२ लाख कित्ता वैदेशिक रोजगारमा गएका नेपालीका लागि रहेकाे छ। ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ भने ६ लाख कित्ता कर्मचारीहरुका लागि रहेकाे… पुरा पढौ

मेडिकल कलेज सञ्चालनको प्रारूपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासाे

कैलाली, २६ जेठ । कैलालीको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासो बढेको छ । अलमलका बीच मेडिकल कलेजलाई विश्व विद्यालयको प्रारूपमा नै सञ्चालन गर्नुपर्ने मागसहित स्थानीयवासीले सङ्घर्ष गरिरहेका छन् । सङ्घर्ष समितिको आह्वानमा गेटा क्षेत्रमा रहेको अत्तरिया बजार बन्द गर्नुका साथै मेडिकल कलेजको भवनमा ‘सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लेखिएको साइन बोर्ड टाँगेका छन् । सङ्घर्ष समितिको अगुवाइमा सरकारलाई ज्ञापनपत्र दिनुका साथै जनसमर्थन जुटाउन लगातार प्रदर्शन, घेराउ र सार्वजनिक बहस कार्यक्रम भइरहेका… पुरा पढौ