मुख्य समाचार

भक्तपुरका स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब पाएनन्

भक्तपुर, २५ जेठ । भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी ५ महिनादेखि तलवबाट वञ्चित भएका छन् । सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन् । चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईले जानकारी दिए। स्वास्थ्यकर्मीले गत माघ महिनादेखि नेपाल सरकारका करिब ७० स्वास्थ्य शाखाका कर्मचारी एवं स्वास्थ्यकर्मीले… पुरा पढौ

बिहिबार घट्यो सुन र चाँदीको भाउ

काठमाडौं, २५ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार… पुरा पढौ

५ दिन तातो हावा चल्ने, सतर्कता अपनाउन विभागकाे अनुराेध

काठमाडौं, २५ जेठ । देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । “हालको तल्लो र उपलल्लो वायुमण्डलको अध्ययन र विश्लेषअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्यो, यूरोसहित अन्यको बढ्यो

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य देशको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ७८ पैसा बिक्रिदर १३२ रुपैयाँ… पुरा पढौ

‘एलबिबिएल डिबेन्चर २०८९’ मा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, २५ जेठ। लुम्बिनी विकास बैंकले बिक्रीमा ल्याएकाे ऋणपत्र, ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले जेठ १६ गतेदेखि १० वर्ष अवधिको लागि ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको थियाे। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरमा १ अर्ब रुपैयाँकाे १० लाख कित्ता ऋणपत्र जारि गरेकाे थियाे। यसबाट ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत रुपमा बाँडफाँड हुने भएकाे छ । ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ।… पुरा पढौ

गोलभेँडाको मूल्य नपाएपछि कृषक मारमा

कटारी, २५ जेठ । उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरे। उनले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् । तर गोलभेँडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ । बिक्री भए पनि उनीहरुले उचित मूल्य भने पाउन सकेका छैनन् । वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुलारुपमा र चार सय रोपनी जतिमा टनेलमा गोलभेँडा उत्पादन गरिएको छ । उक्त वडामा मात्रै यस वर्ष… पुरा पढौ

कञ्चनपुरमा दादुरा-रुबेला खोप अभियान सञ्चालन हुँदै

महेन्द्रनगर, २५ जेठ । कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ । खोप अभियानअन्तर्गत कञ्चनपुरमा एक लाख १४ हजार छ सय २३ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए। बुधबार कञ्चनपुरको महेन्द्रनगरमा दादुरा रुबेला खोप अभियानबारे सरोकारवाला निकायसित छलफलसमेत गरिएको थियो । आजदेखि सुरु हुने खोप अभियान जेठ मसान्तसम्म सञ्चालन हुने छ । खोप अभियान स्वास्थ्य संस्था, विद्यालयलगायत क्षेत्रमा सञ्चालन गरिने उनले जानकारी दिए । “खोप पूर्णरुपमा… पुरा पढौ

गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २५ जेठ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। विभागका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ। जेठ २५ गते (बिहीवार) दिउँसो: कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।कोशी प्रदेश लगायत गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना… पुरा पढौ

असार ८ र ९ गते पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ हुने

पाेखरा, २५ जेठ । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले पोखरामा पहिलोपटक ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पर्यटकीय सहर पोखरामा बोट रेसको आयोजना गरिने भएको हो । आगामी असार ८ र ९ गते सञ्चालन हुने फेस्टिभलका लागि यहाँ तयारी सुरु गरिएको छ । फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल हुँदैछ । पोखरा पर्यटन परिषद् र चाइनिज… पुरा पढौ

दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न साइलेज उद्योग सञ्चालनमा

भरतपुर, २५ जेठ । दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा साइलेज उद्योग सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१३ चम्पानगरमा रहेको उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा साइलेज उत्पादन गर्न सुरु गरेको हो । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ । पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईबस्तुका लागि निकै लाभदायिक मानिन्छ । साइलेजलाई मेसिन (साइलेज ब्यालर)ले नै प्लाष्टिकमा प्याकिङ गर्छ । गाई भैँसीका लागि साइलेज पौष्टिक आहार हो । उद्योगमा… पुरा पढौ