मुख्य समाचार

तनहुँमा कृषकलाई १५३ मौरीसहितको घार वितरण

तनहुँ, २४ जेठ । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी–४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी… पुरा पढौ

गण्डकी, कर्णाली र सुदुरपश्चिममा हल्का वर्षाको सम्भावना

काठमाडौं, २४ जेठ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ । जेठ २४ गते (बुधबार) दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। जेठ २५ गते (बिहीवार) दिउँसो: देशका पहाडी भू-भागमा… पुरा पढौ

लम्पी स्किन रोग तराई हुँदै हिमाली जिल्लामा फैलियो

काठमाडौं, २४ जेठ । गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिङ्गाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ । पशु सेवा विकासका सूचना अधिकारी डा चन्द्र ढकालले पछिल्लो समय हिमाली जिल्लाबाट लम्पी स्किन रोगका कारण पशु सङ्क्रमित भएको सूचना आएको जानकारी दिए। नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएको र करिब छ हजार पशु मरेको सूचना अधिकारी… पुरा पढौ

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छ : सर्वोच्च बार

काठमाडौं, २४ जेठ । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ । उक्त बारको बसेको आकस्मिक बैठकपछि अध्यक्ष हरिशङ्कर निरौलाले नेपालको संविधान प्रतिकूल राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेको बैठकले ठहर गरेको जानकारी दिए। “संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल सम्माननीय राष्ट्रपतिबाट उक्त नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको यस बार एसोसिएसनको ठम्याइ छ”, बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालतमा यही विषयवस्तु हाल विचाराधीन… पुरा पढौ

बजेटले आर्थिक सङ्कट समाधान गर्न सक्दैन : अध्यक्ष ओली

काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कटकाे समाधान गर्न नसक्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्रलाई शीघ्र सुधारका लागि लिनुपर्ने नीति तथा कार्यक्रम बजेटमा नरहेको भन्दै सङ्कटापन्न नेपाली अर्थतन्त्रको पुनःस्थापनाका लागि योजना नरहेको टिप्पणी गरे। “आगामी आवको बजेट समस्याको पहिचान नगरी प्रस्तुत भएको छ… पुरा पढौ

नेप्सेमा २५.६६ अङ्ककाे बृद्धि, करिब दुई अर्बकाे काराेबार

काठमाडौं, २३ जेठ । साताकाे सेयर काराेबार हुने तेस्राे दिन मंगलबार आज सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्सेमा २५.६६ अङ्ककाे बृद्धि भएकाे छ । आजको कारोबारमा नेप्से परिसूचक एक दशमलव ३५ प्रतिशतले बढेर एक हजार नौ सय २७ दशमलव ६५ विन्दुमा उक्लिएकाे छ । आजको कारोबारमा दुई सय ६९ कम्पनीको ५५ लाख ४१ हजार आठ सय ७८ कित्ता शेयर ३६ हजार एक सय १८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९८ करोड १० लाख १२ हजार सात सय… पुरा पढौ

असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने

काठमाडौं, २३ जेठ । वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर २०८० असार मसान्तभित्र एकीकृत कारोबार शुरु गरेमा सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९’ मा संशोधन गर्दै मर्जर तथा प्राप्ति जाने वाणिज्य बैंकलाई एकीकृत कारोबार सञ्चालन गरेको मितिदेखि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने व्यवस्था ल्याएको हो । आगामी असार मसान्तसम्ममा एकीकृत कारोबार शुरु गरेमा तोकिएको क्षेत्रगत कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप… पुरा पढौ

बिभिन्न ४ स्थानमा अत्याधुनिक पुल निर्माण गर्दै सडक विभाग

काठमाडाैं, २३ जेठ । सडक विभागले आगामी वर्ष देशका बिभिन्न ४ स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाएकाे छ । काठमाडौँ उपत्यकाको बागमती नदी, चितवनको नारायणी नदी, कास्कीको विजयपुर र रुपन्देहीको तिनाउ नदीमा अत्याधुनिक पुल निर्माणका लागि अध्ययन थालिएको सडक विभाग, पुल महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए । उनका अनुसार “विश्वका कतिपय सहर पुलका कारण चिनिन्छन्, त्यसैगरी यी पुल पनि ती ठाउँको परिचय झल्किने गरी बनाउन लागिएको छ ।” विशेषतासहित पुल निर्माणको योजना बनाइएको शाक्यको भनाइ छ । नयाँ बनाइने… पुरा पढौ

गण्डकी कलेज अफ ईन्जिनियरिङ्गमा आईटी एक्स्पो हुने

पोखरा २३ जेठ । गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एन्ड साइन्स लामाचौर, पोखराले यहि जेठ २५ र २६ गते “नवौं जि.सि.ई.एस आईटी एक्स्पो २०८०” को आयोजना गर्ने भएको छ। विद्यार्थीहरूको प्रतिभा तथा सिर्जनशिलतालाई हौसला प्रदान गरिनुका साथै Software Engineering र Information Technology को बारेमा जानकारी गराउने एक्स्पोको उदेश्य रहेको बताइएकाे छ। सूचना तथा प्रविधिको विकास, विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन तथा यस क्षेत्रमा क्रियाशिल शैक्षिक संस्था तथा विद्यार्थीहरूलाई राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्नुका साथै पोखरालाई यसको केन्द्रविन्दु बनाउने उद्देश्यले आईटी एक्स्पो गर्न लागिएकाे हाे… पुरा पढौ

यी हुन थप नयाँ ब्रोकर लाइसेन्स पाएका ११ ब्रोकर कम्पनी

काठमाडौं, २३ जेठ । नेपाल धिताेपत्र बाेर्डले थप ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ। बाेर्डले पहिलो चरणमा ७ व६ा ब्रोकर कम्पनीलाई नयाँ लाइसेन्स दिएको थियाे । बोर्डले दोस्रो चरणमा ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको हाे। नयाँ लाइसेन्स पाउनेमा ब्राेकर कम्पनीहरुमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज प्रा.लि., मेघा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि., मनि वर्ल्ड शेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज, के .वि. एल. सेक्यूरिटिज, कलश स्टक मार्केट प्रा.लि. र नबिल सेक्युरिटिज लिमिटेड रहेका छन् । बाेर्डका अनुसार लाइसेन्स… पुरा पढौ