मुख्य समाचार

वार्षिक विकास कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना याेजना आयोगको पूर्ण बैठकबाट पारित

काठमाडौं, १५ जेठ । बजेटसँगै संसदमा टेवुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ । आयोगका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य माननीय अर्थमन्त्री डा. प्रकाशशरण महत, मूख्य सचिव सहित सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले दुबै पारित गरेको हो । बैठकमा आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले अन्तर सरकारी वित्त प्यवस्थापन ऐन, २०७४ ले गरेको व्यवस्था अनुसार मध्यमकालिन खर्च संरचना तयार… पुरा पढौ

युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, ४ वर्षभित्र टप फाइभमा पुग्ने उद्घोष

काठमाडौं, १५ जेठ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । कम्पनीले आगामी चार वर्षभित्र सर्वश्रेष्ठ ५ निर्जीवन बीमा कम्पनीभित्र पर्ने उद्घोष समेत गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गरेका थिए । मर्जरसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको… पुरा पढौ

आगामी आवकाे बजेटमा चुरोट,मदिराको अन्त:शुल्क बढ्ने

काठमाडाैं, १५ जेठ । सरकारले आज प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटमा चुरोट, बिँडी, बियर, ह्विस्कीलगायतको अन्त:शुल्क बढ्ने भएको छ। कसकाे कति मुल्य बढ्छ भन्ने बिषयमा अहिले अपराह्‍न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने बजेटमा बिस्तृत जानकारी आउने बताइएकाे छ । उता बजेटमार्फत बढाइने भन्सार तथा अन्त:शुल्कका दरहरु बजेटलगत्तै लागु हुनेछ भने आयकर साउन १ गतेदेखि मात्र लागु हुनेछ। पुरा पढौ

आर्थिक वर्ष २०८०-८१ को बजेट भाषण आज, १७ खर्ब भन्दा बढीकाे बजेट ल्याउने तयारी

काठमाडौं, १५ जेठ । सरकारले आज सोमवार आगामी आवको बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । चालू आर्थिक वर्षको तुलनामा कूल बजेट र राजस्व संकलन दुवैको अनुमानमा कटौती गरेर यस वर्ष १७ खर्ब ९३ अर्बको बजेट ल्याइएकोमा आगामी वर्षमा त्यसमा करीब ५ प्रतिशत घटाई १७ खर्ब २५ अर्बसम्मको बजेट ल्याउने तयारी गरेको अर्थ मन्त्रालय स्राेतले बताएकाे छ। बजेटलाई लोकप्रिय बनाउन दबाव खेपिरहेका अर्थमन्त्री प्रकाशशरण महतसँग ठूलो आकारको… पुरा पढौ

गणतन्त्र सुदृढ तुल्याउन दलहरूको सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी (अन्तर्वार्ता)

काठमाडौं, १५ जेठ । सङ्घीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहेकी छन् । नेपालको वाम–लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राष्ट्रको सर्वाेच्च पदमा पुग्नुभएका पूर्वराष्ट्रपति भण्डारी गणतन्त्रको संस्थागत विकास, समृद्ध नेपाल र स्वाधीन अर्थतन्त्र निर्माणका लागि अहिले पनि उत्तिकै चिन्तित देखिन्छिन् । गणतन्त्र दिवस–२०८० का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा आयोजना गरिएको फोटो प्रदर्शनीपछि पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्रका विशेषता, संविधानको कार्यान्वयन र यसमा देखिएका… पुरा पढौ

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु

काभ्रे, १५ जेठ । ऐतिहासिक एवं पर्यटकीय काभे्रपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाइने गत पुसमा सम्पन दोस्रो नगरसभाले निर्णय गरेको थियो । सोही निर्णयानुसार नगरले धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं वातावरणीय महत्व बोकेको विश्वप्रसिद्ध तथा प्राचीन नमोबुद्ध चैत्य परिसरको दीर्घकालीन गुरुयोजना निर्माण गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रारम्भिक चरणको कार्य सुरु गरिएको जनाइएको छ । नगरप्रमुख कुन्साङ… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोको घट्यो, अन्यको कस्तो ?

काठमाडौं, १५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरुको मुद्राको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८३ पैसा… पुरा पढौ

आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै

काठमाडौं, १५ जेठ । आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको हो । नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७०औँ वर्षगाठ मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ… पुरा पढौ

गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछ : अध्यक्ष ओली

काठमाडौं, १५ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताउनुभयो । “गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ । जहाँ सीमान्तकृत, अल्पसङ्ख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायको बीचमा विभेद र बहिष्करण होइन, राज्यको… पुरा पढौ

लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव : प्रधानमन्त्री दाहाल

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए। शुभकामना सन्देशमा प्रधानमन्त्रीले भने, “संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत जनताले पाउने आधारभूत सेवा सहज बन्दै जानु, सयौँ वर्षदेखि उत्पीडनमा पारिएका… पुरा पढौ