मुख्य समाचार

कर्जा पुनर्तालिकिकरण र पुनर्संचनाका लागि ५ प्रतिशत ब्याज असुल गर्न लघुवित्त संस्थालाई राष्ट्र बैंककाे निर्देशन

काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकले भुक्तानी गर्न बाँकी रहेकाे ब्याजको ५ प्रतिशत असुल गरेर कर्जाको पुनर्तालिकिकरण र पुनर्संरचना गर्न लघुवित्त वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षामार्फत गरेकाे व्यवस्था अनुसार परिपत्रसहित निर्देशन दिएको हो ।  राष्ट्र बैंकले ऋणीहरुलाई कर्जा चुक्ता गर्नका लागि गाह्राे भइरहेकाे अवस्थालाइ ख्याल गर्दै आवश्यकता र औचित्यकाे आधारमा एकपटक कर्जा पुनर्तालिकिकरण र पुनर्संरचना गर्न सकिने व्यवस्था गरेको जनाएकाे छ ।  कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्दा असुल हुन बाँकी रहेकाे ब्याजलाई पुँजीकरण… पुरा पढौ

एकैदिन १ हजारले घट्यो सुनको भाउ,चाँदीमा पनि गिरावट

काठमाडौं, ११ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ १० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख… पुरा पढौ

विश्व बातावरण दिवसको अवसरमा सांग्रिला बैंकले साइकल र्याली गर्ने

काठमाडाैं, ११ जेठ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व बातावरण दिवसको अवसरमा आगामी जेठ २० गते शनिवार साइकल र्यालीको आयोजना गर्ने भएकाे छ। बैंकले गतवर्ष समेत बिश्व वातावरण दिवसकाे दिन पहिलो बृहत साइकल र्याली सफलतापूर्वक सम्पन्न गरेको थियाे । त्यसैगरी यस वर्ष डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा धेरै भन्दा धेरै सहभागिता जुटाई बृहत रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ दोस्रोे “साइकल र्याली, २०८०” को आयोजना गर्न लागिएको बैकका प्रमुख कार्यकारी अधिकृत सुयाेग श्रेष्ठले सफल आवाजलाई बताएका छन् । “इन्धन जोगाऔं, पृथ्वी बचाऔं”… पुरा पढौ

युनिक नेपाल लघुवित्तको एफपीओकाे आवेदन खुल्ला

काठमाडौं, ११ जेठ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि एफपीओ खुल्ला गरेकाे छ । संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर खुलाएकाे हाे । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था एक भएर बनेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थामा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत रहेकाे छ । सेयर लगानीकर्ताले जेठ १६ गतेसम्म आवेदन दिन सक्नेछन्। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेमा… पुरा पढौ

धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

बागलुङ, ११ जेठ । बागलुङको धललागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको शल्यक्रिया गरिएको हो । धवलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिए। “यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ”, उनले भने।… पुरा पढौ

अमेरिकी डलरसहित विदेशी मुद्राको विनिमय दर घट्यो

काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यूरोलगायत अन्य देशहरुको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९६ पैसा बिक्रिदर १३२ रुपैयाँ ५६ पैसा… पुरा पढौ

आज रातो मच्छेन्द्रनाथको भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, ११ जेठ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए। भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए। मच्छेन्द्रनाथको यात्रा भने करिब… पुरा पढौ

आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, ११ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरसहितको टोलीलाई सम्मान गरेका छन् । अध्यक्ष तिमिल्सिनाले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर बुढामगर सबैको प्रेरणाको स्रोत बनेको बताए। उनले बुढामगरलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिए। “सरकारले संविधान दिवसका अवसरमा विभिन्न विभूषण प्रदान गर्नेगर्छ । उनलाई पनि सरकारले उच्च सम्मान गर्नुपर्छ र यसका लागि आफ्नो तर्फबाट पहल हुन्छ ।” बुढामगरले हिमाल चढ्न सुरुमा अनुमति लिन जाँदा नदिएको स्मरण गर्दै सम्मान पाउँदा खुसी लागेको बताए। उनले आफ्नो आरोहणसँगै… पुरा पढौ

नक्कली भूटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता, रु २७ करोड बढीको बिगो

काठमाडौं, १० जेठ । सरकारी वकिल कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये १६ पक्राउ परेका छन् भने १४ जना फरार रहेका छन् । मुद्दा दर्ता गरेपछि जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले भने, “३० जनाविरुद्ध मुद्दा दर्ता भएको र १६ जना पक्राउ परिसकेका छन्, फरार रहेका १४ जनाको हकमा अदालतबाट म्यादपूर्जी जारी गरेर खोजिन्छ । उनीहरुको सम्पत्ति रोक्का हुन्छ ।” अदालतमा अब… पुरा पढौ

भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता छैन : नेपाल प्रहरी

काठमाडौं, १० जेठ । नेपाल प्रहरीले भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले आज एक विज्ञप्ति जारी गरी नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको कुनै संलग्नता नरहेको बताए। “कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी सङ्गठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण… पुरा पढौ