मुख्य समाचार

पर्यटककाे आकर्षक गन्तब्य बन्दैछ अन्नपूर्ण आधार शिविरकाे ‘पञ्चकुण्ड ताल’

बेनी, १० जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्न थालेकाे छ । समुद्री सतहबाट ४ हजार १ सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ । यस क्षेत्रमा पुग्ने पर्यटक हिमालको फेदीको उपत्यकामा आकाशे निलो रङको पानीले भरिएको तालको अवलोकन गर्दा मोहित भएर फर्कने गरेका छन् । पहिलोपटक आधार शिविर पुग्नुभएका अन्नपूर्ण गाउँपालिका–७… पुरा पढौ

घट्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कस्तो ?

काठमाडौं, १० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यूरोलगायत अन्य देशहरुको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १९ पैसा बिक्रिदर १३२ रुपैयाँ ७९ पैसा… पुरा पढौ

शरणार्थी प्रकरण: आज अभियोजन दर्ता गर्ने अन्तिम तयारी

काठमाडौं १० जेठ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा आज अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेको छ । अभियोजनका लागि गठित ८ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। उनले भने, “आज बुधबार मुद्दा दर्ता गर्ने गरी अध्ययन गरिरहेका छौँ, प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्छ, अहिले अध्ययनकै चरणमा रहेकाले यही हुन्छ भन्ने अवस्था छैन ।” जिल्ला प्रहरी परिसर काठमाडौँले… पुरा पढौ

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा हल्का वर्षा

काठमाडौं १० जेठ । जल  तथा  मौसम  विज्ञान  विभाग मौसम  पूर्वानुमान  महाशाखाले हाल  देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको  साथै  स्थानीय  वायुको  प्रभाव  रहेको जनाएकाे छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक  देखि सामान्य बदली रहेको  छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशको केही स्थानहरुमा र बाँकी  प्रदेशका एक-दुई  स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग हावा-हुरीसहित हल्का  देखि मध्यम वर्षा भइरहेको  छ। २०८०  जेठ  १०  गते  (बुधबार) दिउँसोː  देशभर सामान्य देखि पूर्णतया बदली  रहने  छ  ।  देशको  पहाडी  भू-भागहरुका  केही  स्थानहरुमा  र  बाँकी  भू-भागका  थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी  प्रदेश,  मधेश  प्रदेश  र  बागमती  प्रदेशका  तराईका  केही  स्थानहरुमा  हावा-हुरीको  समेत  सम्भावना  रहेको  छ  ।… पुरा पढौ

अन्तरप्रदेश मुख्यमन्त्री बैठक किन भयाे स्थगित ?

पाेखरा, १० जेठ । गण्डकी प्रदेश सरकारको आयोजनामा आज पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारहरूको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ सातवटै प्रदेशका मुख्यमन्त्रीको बैठक बोलाएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले विज्ञप्ति जारी गरी पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक तत्कालका लागि स्थगित भएको जानकारी गराएका छन । तर अन्तरप्रदेश मुख्यमन्त्री बैठक के कारणले स्थगित गरिएकाे हाे भन्नेबारे खुलाइएकाे छैन । मुख्यमन्त्रीको यो सम्मेलन… पुरा पढौ

बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं, १० जेठ । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई… पुरा पढौ

पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न २ दिन म्याद थप

काठमाडौं, ९ जेठ । जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद पाएको हो । थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ । उक्त घटनामा… पुरा पढौ

नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना

काठमाडौं, ९ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रममाथि सङ्घीय संसद्मा हुने छलफल कर्मकाण्डीजस्तो भएको बताएका छन् । स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी नीतिगत बहसलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले भने, “संसद्मा नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ, यस क्रममा कतिपय समेट्नुपर्ने सुझाव पनि आएका हुन्छन् तर त्यसमा केही हुँदैन, छलफल मात्र हुन्छ ।” उनले बजेटमा पनि त्यस्तै हुने र बजेट पेश भइसकेपछि त्यसमा घटबढ गर्नुपर्ने कुरा सुझावका रुपमा आए पनि… पुरा पढौ

नेप्सेमा ५१.३१ अंकको बृद्धि, २ अर्ब २० करोडको कारोबार

काठमाडौं, ९ जेठ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । यसदिन हरियाली वातावरणका साथ कारोबार रकममा पनि निकै सुधार भएको छ । नेप्सेमा छाएको सकारात्मक लयको कारण लगानीकर्ताहरु उत्साही भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.७१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.८५ अंकले बढेर ३६७.७४ विन्दुमा रहेको छ । १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । यसदिन कुल २७१… पुरा पढौ

खमारी खोला आयोजनाकाे ५३ किलोवाट विद्युत राष्ट्रिय प्रशारणमा जोडिदैं

सुर्खेत, ९ जेठ । खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित ५३ किलोवाट क्षमताको विद्युतलाइ राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ। विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय लाइनमा समावेश गर्ने भएको हो । बाबियाचौरमा विद्युतकाे राष्ट्रिय प्रशारण लाइन पुगेसँगै उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक प्रक्रिया थालिएको आयोजनाका व्यवस्थापक पदमबहादुर बुढाले जानकारी दिए। यहाँका अन्य स्थानीय जलविद्युत् आयोजना भने बन्द भएका छन् । तीन… पुरा पढौ