मुख्य समाचार

असारदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

काठमाडौं, ४ जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए। नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो जानकारी दिए। “जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्दैछौँ, हिजो मात्रै अन्तिम कुराकानी गरेका छौँ”, उनले भने। विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिक… पुरा पढौ

नेप्सेमा ३२.३० अंकको बृद्धि, १ अर्ब ४७ करोडको कारोबार

काठमाडौं, ४ जेठ । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्सेको उकालोको यात्राले लगानीकर्ताहरुलाई उत्साहि बनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.७५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.२३ अंकले बढेर ३५८.१८ विन्दुमा पुगेको छ । यसदिन सबै १३ वटै सूचकांकहरुमा हरियालीका साथ कारोबार रकममा पनि बृद्धि भएको छ । कुल २६४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४४… पुरा पढौ

बाँकेमा बनेका हस्तकला सामग्रीकाे बिदेशमा माग बढ्याे

नेपालगन्ज, ४ जेठ । बाँकेमा हस्तकलाका सामग्रीको माग बढ्न थालेको छ । हातले बुनेर निर्माण भएका आर्कषक सामग्रीको माग बढेपछि थारु समुदायका महिला उत्साहित भएका छन् । हस्तकलाका सामाग्रीलाई व्यवसायीकरण गर्ने उद्देश्यले नेपालगञ्जमा विसं २०६७ मा स्थापना भएको पञ्चशील हस्तकला केन्द्रले माग अनुसार हस्तकलाका सामाग्री निर्माण गरिरहेको केन्द्रका अध्यक्ष निरु चौधरीले बताइन । “हस्तकलाका सामाग्री उत्पादन गर्ने कामबाट थारु समुदायका महिला स्वरोजगार भएका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार संस्थाले हडकेस, टी, म्याट, पेन होल्डर, ट्रेलगायत विभिन्न हस्तकलाका सामग्री उत्पादन… पुरा पढौ

सरकारको नीति तथा कार्यक्रम भाेली ४ बजे प्रस्तुत हुने

कठमाडाैं, ४ जेठ । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएकाे छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै भोलि दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका छन । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन,… पुरा पढौ

कालिका लघुवित्तको १९ हजार ७०० कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडाैं, ४ जेठ । पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त बित्तिय संस्था लिमिटेडले १९ हजार ७०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बिहीबारबाट १९ हजार ७०० कित्ता संस्थापक सेयर बिक्री गर्न सुचना प्रकाशित गरेकाे हाे । उक्त शेयर ब्यक्ति, संस्था जो कोहीले पनि खरिद गर्न पाउने भनिएकाे छ। सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। लघुवित्तको केन्द्रीय कार्यालय पोखरामा खरिदका लागि आवेदन बुझाउन सकिनेछ। लघुवित्तले संस्थापक सेयरधनीहरुकाे साे सेयर बिक्री गर्न यसअघि ३५ दिने सूचना प्रकाशित गरेको… पुरा पढौ

सम्पत्ति शुद्धीकरण र सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयकमाथि छलफल शुरू

काठमाडाैं, ४ जेठ । सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको आज सम्पन्न बैठकले आफ्नो आन्तारिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य मङ्गलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैठकले उक्त कार्यविधि सर्वसम्मत पारित गरेको हो । समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि अर्का ज्येष्ठ सदस्य गुप्ताको सभापतित्वमा बैठक बसेको थियो । समितिका सबै सदस्यले बैठकमा प्रस्तुत सम्पत्ति शुद्धीकरण र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दफाबार छलफलका लागि तत्काल अघि बढाउन… पुरा पढौ

नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन

काठमाडौं, ४ जेठ । नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै अवलोकन गरेका छन्। सो अवसरमा एमएसआई नेपालका वरिष्ठ सल्लाहकार डा केपी उपाध्याय र कार्यकारी निर्देशक तुषार निरौलाले नेपालमा एमएसआईले यौन तथा प्रजनन स्वास्थ्य सेवा र अधिकारको पैरवी क्षेत्रमा गरिराखेका सेवा तथा कामका बारेमा जानकारी दिएका थिए । यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका क्षेत्रमा नर्वे सरकारले लामो समयदेखि एमएसआईलाई आर्थिक… पुरा पढौ

सरकारले काभ्रेबाट शुरू गर्याे उच्च रक्तचाप नियन्त्रण अभियान

काभ्रे, ४ जेठ । विश्व उच्च रक्तचाप दिवसको अवसर पारेर सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोक बाट आरम्भ गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा अभियानको नमूना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो । बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकमा लागू गरिएको उक्त अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जाने स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘काभ्रेपलाञ्चोक उच्च उक्तचाप हेरचाह व्यवस्थापन पहल’ नाम दिएर बुधबार धुलिखेलमा कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको हो । कार्यक्रमअन्तर्गत पहिला स्थानीय तहमा कार्यरत… पुरा पढौ

शुक्रबार सिटी होटलको आइपीओ बाँडफाँड गरिदै, १० लाख बढीकाे हात रित्तै हुने

काठमाडौं, ४ जेठ । सिटी होटलको सेयर (आइपीओ) भाेलि शुक्रबार बाँडफाँड गरिने भएकाे छ । साे सेयर सिटी होटल छिन्नताला चोक, सोल्टीमोड काठमाडौंमा बिहान ८.३० बजे बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएकाे छ । वैशाख २५ गतेदेखि २८ गतेसम्म निष्कासन गरिएकाे सेयरमा मागभन्दा बढी ९.४३ गुणा बढी निवेदन परेकाेले धेरैकाे हात खालि हुनेछ । अर्थात १० लाख २५ हजार ६८६ जनाको हात रित्तै हुनेछ ।  कम्पनीकाे सेयरमा ११ लाख ६१ हजार २८० जनाले १ करोड २७ लाख ८८… पुरा पढौ

७९ करोड लागतकाे नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा

झापा, ४ जेठ । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ। पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले जानकारी दिए। उनले साढे तीन वर्षअघि निर्माण सुरु गरिएको परियोजना कोभिड–१९ का कारण सञ्चालनमा आउन ढिलो भएको बताए । इनर्जीको नाममा… पुरा पढौ