मुख्य समाचार

सानिमा जीआइसी इन्स्याेरेन्सले डाक्याे साधारण सभा, के के छन् एजेण्डा ?

काठमाडौं, ३ जेठ । सानिमा जीआइसी इन्स्याेरेन्स कंम्पनीले पाँचौं साधारण सभा जेठ ३२ गते डाकेकाे छ । कम्पनीकाे साधारण सभा कालिकास्थानमा रहेकाे अमृतभोग पार्टी प्यालेसमा डाकिएकाे हाे । सभा उक्त दिन पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभाले संस्थापक सेयरधनीको तर्फबाट ३ र सर्वसाधारण सेयरधनीबाट ३ गरेर ६ जना सञ्चालकहरु चयन गर्नेछ ।  सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदनका बारेमा छलफल गरिने भएकाे छ । सभाका लागि आर्थिक वर्ष २०७९–८० को लागि लेखापरिक्षककाे नियुक्त तथा पारिश्रमिक ताेक्ने लगायतका प्रस्ताव… पुरा पढौ

मदन भण्डारी: मार्क्सवादलाई सिर्जनशीलरुपमा प्रयोग गर्ने नेता

काठमाडौं, ३ जेठ । आज मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् । एमालेले स्मृति दिवसका अवसरमा आज मदन नगर बल्खुस्थित पुरानो पार्टी कार्यालयमा ‘मदन–आश्रित स्मृति कार्यक्रम’ गर्दैछ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्षनेताले जननेता भण्डारी र नेता आश्रितको तस्बिरमा माल्यार्पण गर्ने कार्यक्रम छ । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५०… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, ३ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ घटेको बढेको छ । युरोलगायत अधिकाम्स देशकाे मुद्राकाे भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ २४ पैसा बिक्रिदर… पुरा पढौ

कृषकलाई उन्नत जातको धानको बीउ वितरण

तनहुँ, ३ जेठ । कृषकलाई धानको बीउ वितरण । तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेकाे हो । रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिए। सङ्घीय सरकारको खाद्य बाली उन्नत बीउ प्रयोग मूल्य अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई बीउ वितरण गरिएको हो । व्यास नगरपालिका मातहतका १४ मध्ये १२… पुरा पढौ

खप्तडमा लगानी बढाउन सरकारको सहयोग आवश्यक : ढकाल

काठमाडौं, ३ जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले खप्तडमा लगानी बढाउनका लागि सरकारसँग सहकार्य गर्नुपर्ने बताएका छन् । सार्वजनिक निजी साझेदारीका आधारमा सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक पर्ने उनको भनाइ छ । खप्तडमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनका लागि महासङ्घसँगको सहकार्यका लागि आएको सङ्घीय सांसद र प्रदेशसभा सदस्यको टोलीसँग अध्यक्ष ढकालले भने, “पर्यटकीय पूर्वाधार निर्माणका लागि वातावरणीय मूल्याङ्कन र जग्गा प्राप्ति निकै कठिन रहेको हुँदा यी विषयमा सरकारले सहजीकरण गर्नुपर्छ ।”… पुरा पढौ

रु १० ले घट्यो डिजेल र मट्टितेलको भाउ, पेट्रोल, हवाई इन्धन र ग्यासको यथावत

काठमाडौं ३ वैशाख । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले डिजेल र मट्टितेलको मूल्यमा गएराति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर रु १० घटाएको छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत छ । मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ५५ कायम भएको छ । यसअघि डिजेल र… पुरा पढौ

सूचना प्रविधिको प्रयोग गर्दै उल्लेख्य प्रगति हासिल गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं, ३ जेठ । सभामुख देवराज घिमिरेले नेपाल जस्तो मुलुकमा सूचना प्रविधिको प्रयोग गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा उल्लेख्य प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन् । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा सूचना प्रविधिका क्षेत्रमा क्रियाशील सबैमा शुभकामना व्यक्त गर्दै सञ्चार प्रविधिको सही सदुपयोगका लागि चेतनामूलक कार्यक्रमसँगै नीतिगत व्यवस्था गर्न आवश्यकता औँल्याए। “सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँका रूपमा परिणत गरे पनि प्रविधिको उपयोगलाई विश्वासनीय, सुरक्षित र पहुँचयोग्य बनाउने चुनौती भने यथावत् छ, सूचना प्रविधिको प्रयोग… पुरा पढौ

नीति तथा कार्यक्रममा रोजगारीलाई प्राथमिकता दिन गठनबन्धन दलका शीर्ष नेताकाे सुझाव

काठमाडाैं, २ जेठ । सत्तारुढ गठनबन्धन दलका शीर्ष नेताले कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा प्रकाशरण महतले सरकारको आगामी नीति तथा कार्यक्रम कस्तो ल्याउने भन्नेबारे सुझावका लागि आज आह्वान गरेकाे गठनबन्धनको बैठकमा शीर्ष नेताले विदेश पलायन हुने युवालाई रोक्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका हुन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डेले भने, “सरकारले… पुरा पढौ

नेपाल बैंकर्स एसोसिएसन गण्डकीको अध्यक्षमा नबिल बैंकका रोका चयन

पोखरा, २ जेठ । नेपाल बैंकर्स एसोसिएसन गण्डकी प्रदेश कमिटिको अध्यक्षमा सूर्यबहादुर रोका चयन भएका छन् । मंगलबार बसेको भेलाले नबिल बैंकका गण्डकी प्रदेश प्रमुख सुर्य राेकालाइ सर्वसम्बत अध्यक्षमा चयन गरेकाे हाे । उनी यसअघि नेपाल बैंकर्स एसोसिएसन गण्डकी प्रदेश कमिटिकाे उपाध्यक्ष थिए। त्यस्तै उपाध्यक्षमा प्राइम बैंकका गण्डकी प्रदेश प्रमुख सूर्यप्रसाद तिवारी चयन भएका छन् । सचिवमा बिनोद भण्डारी चयन भए । उनी सिटिजन्स बैंकका गण्डकी प्रदेश प्रमुख हुन् । एसोसिएसनको सदस्यमा शान्ति शेरचन (प्रभू बैंक गण्डकी प्रदेश प्रमुख), दिव्या… पुरा पढौ

आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक

काठमाडौं, २ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि औद्योगिक पूर्वाधार निर्माण र प्राकृतिक स्रोतको अधिकतम प्रयोगमार्फत् आन्तरिक उत्पादन बढाउन आवश्यक रहेको बताएका छन् । उद्योग मन्त्रालय र नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा काठमाडौँमा आयोजना गरेको ‘मेक इन नेपाल : स्वदेशी समिट, २०२३’ को उद्घाटन सत्रमा उनले नेपाली वस्तु तथा सेवाको प्रवर्द्धनका लागि ‘मेक इन नेपालः स्वदेशी’ अभियान एक महत्वपूर्ण कदम हुने बताए। आन्तरिक उत्पादन बढाउनका लागि गरिनुपर्ने नीतिगत र व्यवहारिक सुधार एवम् समन्वयका लागि… पुरा पढौ