काठमाडौं, २४ फागुन । काठमाडौं उपत्यकामै मोबाइल सेवा गुणस्तरहीन रहेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणकले केही समयअघि काठमाडौं उपत्यकामा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) मा यहाँ सञ्चालनमा रहेका ३ ओटै दूरसञ्चार सेवा प्रदायकको सेवा गुणस्तरहीन पाइएको हो । प्राधिकरणले गएको माघ २० देखि २४ गतेसम्म गरेको उक्त परीक्षणमा नेपाल टेलिकम, एनसेल तथा स्मार्ट टेलिकमका मोबाइल सेवाहरुको गुणस्तर मापन गरिएको थियो । काठमाडौंको ग्वार्को, कोटेश्वर, पुरानो सिनामंगल, नयाँ बस्ती बौद्ध, चाबहिल, गौशला, सिफल, मैतिदेवी, हाँडीगाउँ, कपन, धुम्बाराही, बरफेदी,…
पुरा पढौ