मुख्य समाचार

१७ हाइड्रोलाई निर्माण अनुमति, ४८ आयोजना पर्खाईमा

काठमाडौं, १९ फागुन । विद्युत् विकास विभागले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म समग्ररमा ५१९ मेगावाट क्षमताका १७ जलविद्युत् आयोजनालाई निर्माण अनुमति दिएको छ । विभागका अनुसार आयोजना निर्माणका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेका आयोजनाहरुलाई निर्माणको अनुमति दिइएको हो । यसैगरी यही अवधिमा समग्रमा २ हजार ३६३ मेगावाट क्षमताका ४८ आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् । उनीहरुको हकमा विभागबाट कुनै नतिजा आइसकेको छैन । यसरी तत्काल निर्माण अनुमति पाउने १७ कम्पनीमा ३.३ मेगावाटदेखि ७७.५ मेगावाटसम्म विद्युत् उत्पादन क्षमता… पुरा पढौ

१५ वर्षमा युवा स्वरोजगार कोषले गर्याे १२ अर्ब ९३ करोड लगानी

काठमाडौं, १९ फागुन । युवा तथा साना व्यवसायी स्वरोजगार कोष आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको यो कोष हाल कुपण्डोल ललितपुरमा रहेको छ। २०६५ साल फागुन १९ गतेबाट औपचारिक शुभारम्भ भएको कोषले आज आफ्नो स्थापनाको १५ औ वर्षमा प्रवेश तथा १४ वार्षिकोत्सव समारोह मनाएको छ। यसै अवसरमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले कोषलाई यो अवस्थासम्म पुऱ्याउन सहयोग र सहकार्य गर्ने संबद्ध सम्पूर्ण व्यक्ति तथा निकायहरुलाई आभार व्यक्त गरेका छन् ।… पुरा पढौ

७ महिनामा पौने २ अर्बको राउटर आयात

काठमाडौं, १९ फागुन । नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती ७ महिनामा पौने २ अर्ब रुपैयाँ बराबरको इन्टरनेट राउटर आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म १ अर्ब ७७ करोड १५ लाख ४२ हजार बराबरको राउटर आयात भएको पाइएको छ । उक्त अवधिसम्म झण्डै २ अर्ब हाराहारीको ४ लाख ६९ हजार ३४ थान राउटर आयात भएकोले नेपालमा इन्टरनेट प्रयोगको प्रवृत्ति बढ्दो रहेको देखाउँछ । भन्सार विभागको उक्त तथ्याङ्क… पुरा पढौ

प्राधिकरणले दियो रिलायन्स र सानिमा लाइफलाई मर्जरको अन्तिम स्वीकृति

काठमाडौं, १९ फागुन । नेपाल बीमा प्राधिकरणले रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुई कम्पनीलाई मर्जर जान अन्तिम स्वीकृति दिइएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । यी दुई कम्पनीबीच गएको असार २९ गते एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । त्यस प्रयोजनका लागि दुवै कम्पनीले गएको फागुन १२ गते वार्षिक साधारण सभा डाकेर मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । सभाले यी दुवै कम्पनीको चल अचल सम्पत्ति… पुरा पढौ

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजना बनाइनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौं, १९ फागुन  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गरेका छन् । उनले नेपाल आयुर्वेद तथा प्राकृतिक चिकित्साका अलावा औषधिजन्य जडीबुटी उपलब्धताका हिसाबले महत्वपूर्ण स्थानमा रहेको उल्लेख गर्दै मुलुकको गौरवका रूपमा स्थापित वैद्यखानालाई थप गति दिने विश्वास दिलाए । अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई आज यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले नेपालको आयुर्वेद चिकित्सालाई थप विस्तार गरिने जानकारी दिए। उनले अतिआवश्यक जडीबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गरिने… पुरा पढौ

सरकारी एकीकृत डाटा केन्द्रमा भएको ह्याकिङ्ग छानबिन गर्न समिति गठन

काठमाडौं, १९ फागुन । सरकारी एकीकृत डाटा केन्द्रमा आएको समस्याहरुको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन भएको छ । यसअघि पटक पटक समस्या देखिने र ह्याक हुने गरेको सन्दर्भमा उचित सुझाव दिने र कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरिएको बताइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक क्षेत्रमा प्रयोगमा रहेका सूचना प्रविधि प्रणालीहरूमा समयसमयमा देखापरेका समस्या समाधान गर्न तथा भावी दिनमा समेत देखा पर्नसक्ने जोखिमको पूर्वानुमान गरी न्यून गर्ने उपाय अवलम्बन गर्ने कार्यमा अग्रसरता लिँदै… पुरा पढौ

मोलुङ हाइड्रोको आईपीओ बाँडफाड

काठमाडौं, १९ फागुन । मोलुङ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गरिएको छ । यो कम्पनीको आईपीओमा मागभन्दा ६.८८ गुणा बढी आवेदन परेको थियो । यस हिसाबले सबै आवेदकले आईपीओ नपाउने निश्चित थियो । कम्पनीले गत फागुन ४ देखि १० गतेसम्म २७ लाख २८ हजार ५०० कित्ता आइपीओको बिक्रीका लागि दरखास्त खुलाएको थियो । सोही अनुसार २२ लाख ६४ हजार ६५५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो। कम्पनीका अनुसार योग्य आवेदनमध्येका २ लाख २६ हजार ४ सय ६५ जनाले १०-१० कित्ता हात पारेका… पुरा पढौ

मर्जरकाे प्रस्ताव पारित गर्न धौलागिरी र खप्तड लघुवित्तले बाेलाए साधारण सभा

काठमाडौं, १९ फागुन । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाले चैत ६ गते साधारण सभा डाकेका छन् । दुबै संस्था एकापसमा गाभिने भएपछि मर्जरकाे प्रस्तावलाइ पारित गर्न उनीहरुले विशेष साधारण सभा डाकेका हुन । धौलागिरी लघुवित्तकाे साधारण सभा बाग्लुङ्गकाे उपल्लाचौरस्थित डिसीआरडिसीको सभाहलमा बाेलाइएकाे छ । सभा पूर्वान्ह १० बजे डाकिएकाे छ । खप्तड लघुवित्त काे साधारण सभा अत्तरीयास्थित होटल नमस्तेमा बाेलाइएकाे छ । दुबै लघुवित्तका साधारण सभाबाट मर्जका लागि सबै काम गर्न त्यसकाे अख्तियारी सञ्चालक समितिलाई दिने… पुरा पढौ

व्यापारीले सङ्घर्ष चर्काएपछि बैंककाे निक्षेपमा प्रभाव

धनगढी, १९ फागुन । ‘नो डिपोजिट’ भन्दै व्यापारीहरूले सङ्घर्ष चर्काएपछि धनगढीका बैंक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन कार्य प्रभावित भएको छ । चर्को ब्याजदर बढाएको भन्दै विरोधमा केही दिनदेखि दबाबमूलक सङ्घर्ष गरिरहेका व्यापारीले नो डिपोजिट भन्दै बैंकमा पैसा जम्मा नगरेपछि निक्षेप सङ्कलन प्रभावित भएको हो । ब्याजदर घटाउनुपर्ने मागसहित सङ्घर्ष गरिरहेका व्यापारीले नेपाल राष्ट्र बैंक धनगढी शाखा घेराउसमेत गरेका थिए । बैकहरूले ब्याजदर चर्को लगाएको व्यापारीको भनाइ छ । चर्को ब्याजदरले व्यापारीमात्र नभई आम सर्वसाधारणसमेत समस्यामा पर्न थालेको उनीहरूको दाबी… पुरा पढौ

मालपोत कार्यालय महोत्तरीका नायब सुब्बा र लेखनदास घुस रकमसहित पक्राउ

जलेश्वर, १९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी) लाई पक्राउ गरेको छ । पक्राउपर्नेमा मालपोत कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र मालपोत कार्यालयमा लेखनदासको काम गर्दै आएका लेखापढी व्यवसायी शुभासचन्द्र लालकर्ण रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रहरी नायब उपरीक्षक सुभास राईले बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट प्रहरी नायब उपरीक्षक राई नेतृत्वमा खटिगएको… पुरा पढौ