मुख्य समाचार

शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना

पर्वत, १२ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग गर्नुपर्ने बताएका छन् । गृहजिल्ला पर्वत सदरमुकाम कुश्माबजारमा रहेको शिवालय बहुमुखी क्याम्पसको १२औँ वार्षिकोत्सव समारोहमा उनले शैक्षिक क्षेत्र राजनीतिक खेलका कारण अस्तव्यस्त बन्दै गएको बताए। उनले शिक्षालयहरू सामूहिक भावनाअनुसार चलाउनुपर्नेमा जोड दिए। अध्यक्ष तिमिल्सिनाले भने, “नेपालमा शैक्षिक गुणस्तर वृद्धि हुन नसक्नुका आफ्नै कारण रहेका छन्, यहाँ त फरक–फरक पार्टीका फरक–फरक विद्यालय र क्याम्पस छन्, स्वतन्त्ररूपमा सञ्चालन भएका शिक्षालयहरूमा पनि राजनीतिक पार्टीको ट्याग लगाउने प्रचलन हाबी छ । जसले… पुरा पढौ

पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १२ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ। प्रदेश नं १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागहरूमा  मौसम सामान्यतया सफा रहेको छ। फागुन १२ गते (शुक्रवार) दिउँसोː प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश… पुरा पढौ

अब काठमाडौं उपत्यकामा सवारीको सीमा प्रति घन्टा ५० किमि

काठमाडौं, ११ फागुन । अबदेखि काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले आज एक सूचना जारी गर्दै यस्तो व्यवस्था लागू भएको जानकारी दिएको हो । यसबाट सामान्य हिसाबले सवारी चलाउने हरुलाई खासै असर पर्दैन भने सम्भाव्य सडक दुर्घटनाको जोखिम पनि कम गर्ने देखिन्छ । तर स्पोर्ट्स मोटरसाइकल तथा अन्य धेरै सीसीमा मोटरसाइकल भएकाहरुलाई भने यो नियमले खिन्न बनाउने निश्चित छ । केही समय अघिदेखि प्रहरीले चक्रपथलगायत बढी गतिमा सवारी… पुरा पढौ

रात्रिकालीन उडानको तयारीले पोखराका व्यवसायीमा उत्साह

कास्की, ११ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणाली आजैदेखि लागू भएको छ । यसबाट रात्रिकालीन उडानका लागि आवश्यक सबै पूर्वाधार तयार भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । यसअघि विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआइपी) प्रकाशित गरेको थियो । उक्त एआइपी प्रकाशन भएको ४२ दिनपछि… पुरा पढौ

५ अर्ब पुँजी पुर्याउन आईपीओ जारी गर्दै बीमा संस्थान

काठमाडौं, ११ फागुन । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले आईपीओ जारी गर्ने भएको छ । संस्थान बीमा ऐन २०७९ अनुसार संस्थान पब्लिक कम्पनीमा परिणत हुने भएकाले पब्लिक कम्पनी बन्नका लगि आवश्यक पुँजी जुटाउन आईपीओ जारी गर्ने बुझिएको छ । बीमा प्राधिकरणको निर्देशन अनुसार न्युनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ कायम गरेपश्चात संस्थान पब्लिक कम्पनीमा परिणत गर्ने तयारी थालेको संस्थानका प्रमुख कार्यकारी अधिकृत कविप्रसाद पाठकले बताए । संस्थानको ५६ औं वार्षिक साधारण सभालाई संशोधन गर्दै सीईओ पाठकले हालै यस्तो जानकारी गराएका… पुरा पढौ

सेयर बजारमा उल्लेख्य गिरावट, साढे २ अर्बको कारोबार

काठमाडौं, ११ फागुन । साताको सेयर कारोबार हुने पाँचौ अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा भारि गिरावट भएको छ । यतिबेला लघुवित्त कम्पनीहरुको कारण ऋणीहरु मर्कामा परेका कुराहरु आईरहेका छन् । राष्ट्र बैंकले पनि निर्देशिका जारि गर्दै उनीहरुको लाभांश वितरणमा कडाई गर्ने नीति अघि सारेको छ । उनीहरुको सेयर पनि चलायमान नभएपछि नकारात्मक असर देखिएको छ । खस्किदो सेयर बजारको परिदृश्यले लगानीकर्ताहरुको मनोबल गिराएको छ । कहिले सुधार हुने यो भविष्यको गर्भमै रहेको छ ।नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से… पुरा पढौ

नख्खु उकालोमा पाइप व्यवस्थापनपछि कालोपत्र गरिने

काठमाडौं, ११ फागुन । नख्खु उकालोका क्षेत्रमा पुराना पाइप व्यवस्थापन पछि सडक कालोपत्र गरिने भएको छ । निर्माणका क्रममा पुराना जीर्ण पाइप भेटिएपछि केही महिना पहिले सडकको कालोपत्र अवरुद्ध बनेको थियो । अहिले काठमाडौं उपत्यका खानेपानी लिमिमटेडसँग समन्वय गरेर पाइप सडकको किनारामा सार्न लागिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । नख्खुमा पाइप फुटेको ठाउँमा अहिले पाइपलाइनको स्थानान्तरण र मर्मत भइरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए । उनले भने, “पाइपको काम सकिएपछि सडक कालोपत्र गरिनेछ ।” निर्माण कम्पनीले सडक… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाको ज्यादती विरुद्ध पोखराका उद्योगी व्यवसायी सडकमा

पोखरा, ११ फागुन । बैंक तथा वित्तीय संस्थाको ज्यादती र चर्को ब्याजदरबाट मुक्त गरी व्यवसाय बचाउन माग गर्दै पोखराका उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । उद्योग व्यापार नबचे र नचलेसम्म अर्थतन्त्र नबच्ने भन्दै उनीहरुले बैंकिङ दबाब बन्द गर्नुपर्ने, व्याजदर एक अंकमा झार्नुपर्ने, व्याजमा मनपरी प्रिमिय बन्द गर्नुपर्ने, उद्योगी व्यवसायीलाई पीडित घोषणा गर्नुपर्ने, तरलता समस्या समाधान गर्नुपर्ने माग सहित सडक आन्दोलन थालेका हुन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी समस्या समन्वय समितिले बिहीबार पोखराको चिप्लेढुंगामा एक घण्टासम्म सवारी आवागमन बन्द गरेर… पुरा पढौ

के छलफल भयो प्रम दाहालसँग नेता नेपालको भेटमा?

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता तथा छलफल भएको छ । भेटका क्रममा प्रम दाहाल र नेता नेपाल बाहेक उपप्रधानमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसालको पनि उपस्थित रहेको थियो। भेटमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै दलहरूको दौडधुप बढिरहेको छ भने विभिन्न शीर्ष नेताहरु आफ्ना अडान नै छाडेर एक… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

काठमाडौं, ११ फागुन । देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताए। उनले भने, “आइएफआर प्रणाली लागू भएसँगै अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि सञ्चालन गर्न सकिने भएको छ, यसअघि हुस्सु… पुरा पढौ