मुख्य समाचार

के छलफल भयो प्रम दाहालसँग नेता नेपालको भेटमा?

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता तथा छलफल भएको छ । भेटका क्रममा प्रम दाहाल र नेता नेपाल बाहेक उपप्रधानमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसालको पनि उपस्थित रहेको थियो। भेटमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै दलहरूको दौडधुप बढिरहेको छ भने विभिन्न शीर्ष नेताहरु आफ्ना अडान नै छाडेर एक… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

काठमाडौं, ११ फागुन । देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताए। उनले भने, “आइएफआर प्रणाली लागू भएसँगै अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि सञ्चालन गर्न सकिने भएको छ, यसअघि हुस्सु… पुरा पढौ

लालबन्दीबाट ७ महिनामा १ अर्बको तरकारी निकासी

सर्लाही, ११ फागुन । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको ७ महिनामा  १ अर्ब बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट १ अर्ब ६६ लाख ६३ हजार ३ सय ५० रुपैयाँ आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए । उनका अनुसार आव २०७९-०८० को साउनमा २० करोड २ लाख, भदौमा १८ करोड ८५ लाख ५२ हजार, असोजमा २७… पुरा पढौ

बैंकका एटीएम मेसिन फोर्ने काममा संलग्न २ जना पक्राऊ

कास्की, ११ फागुन । विभिन्न बैंकका एटीएम मेशिन फोर्ने प्रयास गरिरहेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यी दुवै जनालाई कास्की प्रहरीले पक्राऊ गरेको हो । पक्राऊ पर्नेमा जिल्ला उदयपुरको गाईघाट नपा-७ स्थायी घर भई हाल पोखरा मनपा-१७ छोरेपाटन बस्ने वर्ष २१ को शुसिल चाम्लिङ राई र लम्जुङको मर्स्याङ्दी गापा-४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा मनपा-१७ छोरेपाटन बस्ने २१ वर्षीय अर्जुन भन्ने लु बहादुर गुरुङ रहेका कास्की प्रहरी प्रवक्ता तथा सूचना अधिकारी ज्ञान बहादुर खड्काले जानकारी दिए… पुरा पढौ

प्रि-ओपन सेसनमा नेप्से करिब २ अंकले घट्यो

काठमाडौं, ११ फागुन । साताको अन्तिम कारोबार दिन आज बिहीआारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब २ अंकले गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार यो परिसूचक ३३.५७ अंक बढेर २०८०.३८ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्से १.९१ अंक घटेर २०७८.४७ विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.६६ अंकले कमी आएको पाइएको छ । आज बिहीबारको प्रि-ओपन सेसनमा ३० वटा स्टकको १३ लाख ९३ हजार ५५३ रुपैयाँ ६० पैसा बराबरको २… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ घट्यो, कति पर्छ तोलाको?

काठमाडौं, ११ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउमा ५ सय रुपैयाँ घटेको जानकारी गराएको छ । चाँदीको भाउमा पनि प्रतितोला १० रुपैयाँ घटेको पाइएको छ । छापावाल सुन आज तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज… पुरा पढौ

लघुवित्तले १५ प्रतिशतसम्म मात्र लाभांश बाँड्न पाउने

काठमाडौं, ११ फागुन । अबदेखि लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न नपाउने भएका छन् । केन्द्रीय बैंकले हिजो बुधबार लघुवित्त कम्पनीहरुलाई निर्देशन जारी गर्दै वार्षिक १५ प्रतिशतसम्म मात्रै बोनस वा नगद लाभांश प्रस्ताव गर्न पाउने व्यवस्था गरेको हो । निर्देशन अनुसार यदि १५ प्रतिशतभन्दा माथि लाभांश प्रस्ताव गरेमा वा गर्नुपरेमा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषणमा जम्मा गर्नुपर्ने प्रावधान राखिएको छ । यसअघि लघुवित्तका लागि २० प्रतिशतसम्म लाभांश प्रस्ताव गर्न पाउने व्यवस्था कायम थियो भने २०… पुरा पढौ

आत्मनिर्भर लघुवित्तको आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ११ फागुन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गरेकाे छ। लघुवित्तले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता सेयर छुट्याएको थियो। कम्सोपनीले २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरिसकेको छ । ३ हजार ११७ कित्ता कर्मचारीहरु र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ। सर्वसाधारण लगानीकर्ताले १… पुरा पढौ

यी तीन कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ११ फागुन । आज तीन कम्पनीकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन हाे । प्रभु इन्स्योरेन्स, सिभिल लघुवित्त र सबैको लघुवित्तकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन हाे । प्रभु इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १२ गते बुकक्लोज गर्ने बताएकाे छ । सिभिल लघुवित्त र सबैको लघुवित्तले फागुन १४ गते बुकक्लोज गर्ने भएका छन् । शेयरधनीहरुले लाभांश पाउन र साधारण सभामा भाग लिनका आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका… पुरा पढौ

८ करोडमा कैलाश सन्न्यास आश्रममा शिव मन्दिर बन्दै

मध्यविन्दु, ११ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रुपमा रहेको छ । यहाँ पुरातत्व विभागले करिब रु आठ करोडको लागतमा शिव मन्दिर निर्माण गर्दैछ । मन्दिरका पुराना भग्नावशेष भेटिएको भन्दै कलात्मक शिलाको प्रयोगबाट मन्दिर निर्माण गरिँदैछ । आश्रममा करिब नौ सय वर्ष अघि निर्माण भएको र हाल भग्नावशेषका रुपमा रहेको वास्तुकलाले भरिएको ढुङ्गाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुनःनिर्माणको काम भइरहेको आश्रमका अध्यक्ष पुष्पराज घिमिरेले बताए। “गजुर छोडेर ५१ फिट… पुरा पढौ