मुख्य समाचार

जजिरा एयरले गौतमबुद्ध विमानस्थलबाट फेरि उडान गर्ने

काठमाडौं, ७ फागुन । जजिरा एयरलाइन्सले विमान गौतमबुद्ध विमानस्थलबाट फेरि उडान गर्ने भएको छ । उक्त एयरलाइन्सले आगामी फागुन २५ देखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न लागेको बताइएको छ । मौसमका कारण गौतमबुद्ध विमानस्थलबाट उडान रोकिएको दुई महिनापछि जजिराले पुन: उडान गर्ने भएको हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा जेठ २ गतेबाट जजिराको नियमित उडान सुरू भएको थियो । उक्त उडान पछि पुस ६ गतेयता रोकिएको थियो । माघ १९ देखि उडान सुरु गर्ने बताए पनि कम्पनीले उडान सुरु गर्न सकेको… पुरा पढौ

एमाले अध्यक्ष ओली भन्छन्: राष्ट्रपति एमालेबाटै बन्छ

विराटनगर, ७ फागुन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे । एमालेले राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने दिनमा नै नाम सार्वजनिक गर्ने उल्लेख गर्दै उनले भने, “अहिलेको गठबन्धन सोचेर र सम्झेर बनाएकाले रहिरहन्छ ।” अध्यक्ष ओलीले गणतन्त्र आएको धेरै समय नभएकाले अहिले नै आत्तिनुपर्ने स्थिति नरहेको स्पष्ट पार्दै भने, “हाम्रो देश समृद्ध… पुरा पढौ

कास्कीको डाँडानाकमा बस दुर्घटना, ४० भन्दा बढी घाईते

पोखरा, ७ फागुन । कास्कीको लेखनाथ स्थित डाँडाकोनाकमा आज अपरान्हमा लेखनाथ माइक्रो बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेर ४० बढि घाईते भएका छन् । घाईतेहरु अधिकांश पोखरा विश्वविद्यालयका विद्यार्थीहर रहेको जनाईएको छ । पोखरा विश्वविद्यालय गेटबाट फर्केको सो बस डाँडाँकोनाक प्रहरी चौकी अगाडी गडुवा खोलामा खसेको हो । ग१ख ६७४७ नं को उक्त बसमा ४५ बढी सवार रहेका जनाईएको छ । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज तथा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । सोमबार पियूको दिक्षान्त समारोह… पुरा पढौ

१३ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, ७ फागुन । नेपाल राष्ट्र बैंकले १३ अर्बभन्दा बढीको ट्रेजरी बिल जारी गर्ने भएको छ । सोमबार बोलपत्र हुने बिल १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँको रहेको केन्द्री बैंकले जनाएको छ । केन्द्रीय बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिनको २ अर्ब २३ करोड ३२ लाख र १८२ दिन अवधि रहेको ६ अर्बको ट्रेजरी विल जागरी गर्न लागेको हो । २८ दिनको लागि ५ अर्बको ट्रेजरी बिल चैत ७ गते परिपक्व हुनेछ । यसैगरी ९१ दिनका लागि… पुरा पढौ

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक: प्रम

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकामा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहितको मन्त्रालयको टोलीसितको भेटमा उनले विकासको विस्तार, सुधार तथा प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे । 'विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ', उनले भने, 'त्यसका लागि ऐन–कानुनको संशोधनमा समेत… पुरा पढौ

खुल्यो उत्तरी नाका, सामान आयात-निर्यात चालु

काठमाडौं, ७ फागुन । चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेको थियोे । हाल नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुन थालेको हो । चिनियाँ नाकाहरूमा रसुुवाको केरुङ, सिन्धुुपाल्चोकको कोदारी तातोपानी, मुुस्ताङको कोरला, सङ्खुुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङ्गोला र हुुम्लाको यारी छन् । तीमध्ये रसुुवाको केरुङ, तातोपानी कोदारी र हुुम्लाको यारी… पुरा पढौ

फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो : प्रधानमन्त्री दाहाल

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले आजभन्दा ७३ वर्ष अगाडि हाम्रा पुर्खाले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको सङ्घर्षमार्फत जहानियाँ निरङ्कुश व्यवस्थामाथि विजय हासिल गरेको उल्लेख गरे । उनले भने, “निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र सङ्घर्ष भएका छन् ।… पुरा पढौ

उकालियो सुन र चाँदी दुवैको भाउ

काठमाडौं, ७ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा १५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि ७ सय रुपैयाँले बढेर तोलाको १ लाख २ हजार… पुरा पढौ

थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

काठमाडौं, ७ फागुन । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औँ बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन र प्रस्तावित प्रसारण लाइनबारे केही महत्वपूर्ण सहमति जनाएको छ । हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट आयात–निर्यात भइरहेको विद्युत् क्षमतालाई छ सयबाट बढाएर आठ सय पु¥याउने सहमति भएको बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद… पुरा पढौ

आर्थिक समृद्धि नै राष्ट्रको मूल लक्ष्य बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन्। उनले आर्थिक समृद्धि नै राष्ट्रको मूल लक्ष्य बनाउनुपर्नेमा जाेड दिएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने उल्लेख गरेकी छन्।… पुरा पढौ