मुख्य समाचार

२९ वर्षमा सेलवेज: ६ सय जनालाई राेजगारी, २९ शाखा विस्तार

काठमाडाैं, ७ फागुन। गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई सधैं प्राथमिकतामा राखेर व्यवसाय गरिरहेकाे सेलवेजकाे औपचारिक स्थापना सन् १९९३ सालमा पाेखराकाे चिप्लेढुङ्गामा भएकाे हाे । पहिलाे स्टाेरबाट ग्राहकमाझ छिट्टै लाेकप्रियता कमाएपछि सेलवेजले पाेखराकाे लेकसाइडमा शाखा विस्तार गरेकाे थियाे । पाेखराका विभिन्न ठाउँहरूमा शाखा बिस्तार गरि अत्याधुनिक सेवा प्रवाह गरी ग्राहकहरूलाई आधुनिक सपिङकाे मज्जा दिइरहेकाे सेलवेज अहिले सम्पूर्ण पाेखरेली तथा पाेखरा भित्रिने पर्यटककाे समेत गन्तव्य बनिरहेकाे छ । सेलवेजले सन २००४ मा ललितपुरकाे जावलाखेलमा शाखा विस्तार गरी काठमाडौं उपत्यकामा… पुरा पढौ

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं, ७ फागुन । नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो । मुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले बलिदानी दिएका थिए । आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ । प्रजातन्त्र… पुरा पढौ

कृषि विकास बैंकको सीईओ बने बैंकर गोविन्द गुरुङ

काठमाडौं, ६ फागुन । कृषि विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैंकर गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो । सीईओ छनोट समितिले आज ३ जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । ति मध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको हो । गुरूङले सोमबारबाट कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी सम्हाल्ने छन् । नेपाल कमर्स क्याम्पसबाट एमबीए उत्तीर्ण गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले… पुरा पढौ

प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई ससर्त अनुदान नदिनू : वित्त आयोग

काठमाडौं, ६ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई ससर्त अनुदान नदिन सरकारलाई सिफारिस गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारले बनाउन लागेको बजेटका सन्दर्भमा आयोगले यस्तो सिफारिस गरेको हो । आयोगले तयार पारेको ‘आर्थिक वर्ष २०८०÷८१ का लागि नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने ससर्त अनुदानका आधार सम्बन्धमा नेपाल सरकारलाई गरेको सिफारिस’ प्रतिवेदनअनुसार टुक्रे र एकल अधिकारका आयोजनालाई ससर्त अनुदान उपलब्ध गराउन नहुने सिफारिस गरिएको छ ।… पुरा पढौ

केन्याका स्टेफेनले जिते दाेस्राे पटक पोखरा अन्तर्राष्ट्रिय म्याराथनकाे उपाधि

पोखरा, ६ फागुन । १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जितेका छन् । गत बर्षका विजेता स्टेफनकाे याे लगातर दाेस्राे जित हाे । व्यक्तिगत रुपमा उनले गत बर्ष को समय (२ः१९ः४३) भन्दा २४ सेकेण्ड बढी समय लगाएर दुरी पार गरेका हुन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखरामा भएको निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दे उनले उपाधि जिते । उपाधिसँगै उनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे… पुरा पढौ

‘ब्रोकर व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका २०७९’ जारी

काठमाडौं, ६ फागुन । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन निर्देशिका जारी गरेको बोर्डले जनाएको छ । बिहीबारदेखि कार्यान्वयनमा आएको उक्त निर्देशिकाले ब्रोकर व्यवसायमा हुने वित्तीय जोखिमको न्यूनीकरण गर्ने बोर्डले अपेक्षा गरेको छ । अब ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा प्रतिशाखा रू एक करोड ५० लाखका दरले चुक्ता पुँजी कायम गर्नुपर्ने छ भने मुख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय… पुरा पढौ

समाजसेवामा रमाइरहेका ‘टिका कार्की’

पाेखरा, ६ फागुन। पोखराको सामाजिक, धार्मिक क्षेत्रमा समाजसेवी टिका बहादुर कार्कीलाई नचिन्ने, नजान्ने मानिस विरलै होलान् । वि.सं. २०१७ साल फाल्गुन १९ गते माटेपानीमा जन्मिएका टिका पिता रुद्रबहादुर र माता शिवकुमारीका साहिला सुपुत्र हुन् कार्की। बिभिन्न् संघ संस्थाकाे अलावा उनी २०५६ सालदेखि पोखरा–१२, माटेपानीकाे शितला सामुदायिक माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निरन्तर क्रियाशिल छन्। जुन बेला उनी अध्यक्ष थिए त्यस बेला विद्यालयको अवस्था अत्यन्त नाजुक थियो । जम्मा विद्यार्थी सङ्ख्या थियो ५२–५३ जना । विद्यालयको भौतिक अवस्था साह्रै दयनीय। बाहिर… पुरा पढौ

महाशिवरात्रीमा साढे ४ लाख भक्तजनले गरे पशुपतिकाे दर्शन

काठमाडाैं, ६ फागुन । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे ४ लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस अवसरमा पशुपतिनाथका ४ ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाइन सुरु भएको कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिएका छन । बिहान छोटो लाइन भएपनि अहिले लाइन बढ्न थालेको छ । उत्तरतर्फको लाइन चाबहिल चोकभन्दा माथि पुगेको छ । पश्चिमतिरको लाइन गौशालाचोक,… पुरा पढौ

मेडिकल व्यवसायी प्रसाईलाई कारबाही गर्न सिफारिस

बिराटनगर, ६ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाहीको लागि एमाले प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको छ। अाज बिहान बसेको प्रदेश कमिटिको बैठकले पार्टी हित विपरित कार्य गरेकोले कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको प्रदेश इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिएका छन। एमालेको नीति सिद्धान्त विपरीत केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र छोरा पारस शाहलाई सहभागि गराएर कार्यक्रम गरेपछि उनी विवादमा परेका हुन् । त्यसपछि प्रसाईलाई पार्टीबाट निष्कासन गर्नुपर्ने आवाज उठेपछि कारबाहीको लागि केन्द्रमा सिफारिस… पुरा पढौ

विश्वशान्ति स्थापनामा सेनाको योगदानको उच्च कदर गर्न चाहन्छु : राष्ट्रपति भण्डारी

काठमाडौँ, ६ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको बताएकी छन । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको उल्लेख गरिन । राष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ, “संवैधानिक जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आएको सेनाले लामो समयदेखि राष्ट्रको प्रतिरक्षा, आन्तरिक सुरक्षालगायत संयुक्त राष्ट्रसङ्घीय शान्ति… पुरा पढौ