मुख्य समाचार

७ महिनामा बैंकहरुको कर्जा लगानी १ खर्ब हाराहारी मात्र

काठमाडौं‌, ८ फागुन । चालु आर्थिक वर्षको शुरुवाती ७ महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानी निकै न्यून रहेको पाइएको छ । नेपाल बैंकर्स संघले हालै सार्वजनिक गरेको माघ मसान्तसम्मको विवरण अनुसार चालु आर्थिक वर्षका बैंकहरुले पछिल्लो ६ वर्षयताकै सबैभन्दा कम कर्जा लगानी गरेका देखिएको छ । सार्वजनिक भएको विवरण अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंकहरुले १ खर्ब १५ अर्ब रुपैयाँ मात्र कर्जा लगानी बढाउन सकेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुले ४१ खर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेकामा… पुरा पढौ

यस वर्ष पर्वतबाट झण्डै ३० करोडका सुन्तला निर्यात

पर्वत, ८ फागुन । पर्वतकाे मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सोमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ । गत कात्तिकको… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ यथावत्, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, ८ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ यथावत् रहेको छ । आज तेजाबी र छापावाल सुन तथा चाँदीको मूल्यमा अघिल्लो दिनको तुलनामा कुनै घटबढ भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि छापावाल सुन तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुन पनि तोलाको १ लाख… पुरा पढौ

भूगोल इनर्जिकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, ८ फागुन । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आजदेखि सेयर आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रहेकाे छ । प्रतिसेयर रु १०० काे दरले ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि निष्काशन गरेकाे हो। अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखका स्थायीवासिका लागि २ लाख ७२… पुरा पढौ

दोल्ती पावरकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ८ फागुन । दोल्ती पावरले आजदेखि सेयर (आईपीओ) निष्काशन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता लागि र वैदेशिक रोजगारमा गएकाहरुका लागि सेयर निष्काशन गरेकाे हो। कम्पनीले ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। अति प्रभावित नौमुले र कालिका गा.वि.स मा स्थायी बसोबास गर्ने जनताका लागि २ लाख ६८ हजार २४३ कित्ता रहेकाे छ । सर्वसाधारणका लागि छुट्याइएको… पुरा पढौ

विश्वमै लोपोन्मुख ‘मल्लागिरि’ को उत्पादनमा गिरावट

तुलसीपुर, ८ फागुन । विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला 'मल्लागिरि’ को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो । विगतका वर्षमा पाँच सय क्विन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन घटेको स्थानीयले बताएका छन् । विगतमा पाँच सय क्विन्टल उत्पादन हुने गरेको भए पनि यस वर्ष करिब ५० क्विन्टल मात्रै उत्पादन भएको स्थानीय प्रवीर पुनले बताए। “विगतमा वर्षमा पाँच सय क्विन्टलसम्म हामीले मल्लागिरि बिक्री गर्थियौँ”, उनले… पुरा पढौ

प्रदेश सरकार रासससँग सहकार्य गर्न चाहन्छ : मन्त्री चुमान

पाेखरा, ८ फागुन । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेश सरकार राष्ट्रिय समाचार समिति (रासस)सँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् । राससको ६२ औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश कार्यालयले आइतबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रियामा उनले राससले प्रदेशवासी जनताका आवाजलाई स्थापित गर्नुपर्ने र प्रदेश सरकार त्यसका लागि तयार रहेको बताए। मन्त्री चुमानले भने, “प्रदेश सरकारका गतिविधिलाई आम जनतामा पु¥याउन राससको भूमिका महत्वपूर्ण हुन्छ । हामी… पुरा पढौ

रु एक करोडलगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण

बेनी, ८ फागुन । म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मङ्गला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रु एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो । आइतबार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले शुभारम्भ गरे। आर्थिक वर्ष २०७५÷०७६ मा सुरु गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिकरुपमा शुभारम्भ गरिएको हो । उद्यानमा सङ्ग्रहालय, खानेपानी, गार्डेन,… पुरा पढौ

ग्यालेक्सी हस्पिटलको स्वास्थ्य शिविरमा ५ सय ८५ जनाको नि:शुल्क उपचार

पोखरा, ७ फागुन । पोखराको उत्तमचोकमा रहेको ग्यालेक्सी हस्पिटल प्रा.लिले पोखरा मानपा ३३ बागमारामा आइतबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सरस्वती टीका माबि परिसरमा भएको उक्त बृहत निशुल्क स्वास्थ्य शिविरमा हाड जोर्नी तथा नसारोग, प्रसुति तथा स्त्री रोग, सामान्य चिकित्सा, बालरोग, नाक,कान,घाँटी, आँखा लगायत रोगका बिशेषज्ञ डाक्टरहरुले स्थानिय ५८५ जनालाई चेकजाँच गरि औषधी समेत बितरण गरिएको हस्पिटलका अध्यक्ष डा. हेमन्तकुमार मानन्धरले बताए । उक्त बृहत निशुल्क स्वास्थ्य शिविरमा डा. हेमन्तकुमार मानन्धर, डा कल्याण बराल, डा प्रेमराज पंगेनी, डा… पुरा पढौ

अबको राष्ट्रपति कांग्रेसबाट: महामन्त्री शर्मा

सुर्खेत, ७ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दावी गरे । उनले भने, “राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।” महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको बताए । पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटिका कारण… पुरा पढौ