मुख्य समाचार

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

काठमाडौं, ३१ जेठ। आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को आयोजनामा विश्व आदिवासी युवा सम्मेलन–२०२६ सम्पन्न भएको छ । यही जेठ ३० र ३१ गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान गरिएको महासङ्घ नेपाल नेपालका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सम्मेलनमा आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणापत्र, संयुक्त राष्ट्रसंघीय निकायका कार्यक्रम, विश्वव्यापी मञ्चमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरोकारका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । सम्मेलन… पुरा पढौ

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने

काठमाडौं, ३१ जेठ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन गरी सबै पदमा सबै उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ । इप्पानले वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान २०७८ लाई संशोधन गरी सबै पदमा चुनाव गराउने गरी व्यवस्था गरेको हो । यस्तै, अध्यक्षको हकमा एक कार्यकालमा कार्यसमितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ । विधानमा संशोधन गरी पाँच उपाध्यक्षको सङ्ख्या सात बनाएको छ । पाँच सचिवलाई सात र स्थायी आमन्त्रित सदस्यका रुपमा पाँच जनालाई मनोयन गर्ने व्यवस्था… पुरा पढौ

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम, ३१ जेठ। भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार भारतीय बजारमा पुगेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ । भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठले बताउनुभयो । “किसानबाट… पुरा पढौ

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं, ३१ जेठ। यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले १२८ ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ । जसबाट करिब आठ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ । जोखिम कम गर्नका लागि कामपाले मनसुनपूर्व तयारी र प्रतिकार्य योजनासमेत स्वीकृत गरेको छ । कामपा विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती, विष्णुमतीको दोभानबाट तल्लो भेगमा पर्ने वडा नं १४ सबैभन्दा बढी जोखिममा देखिन्छ । उहाँका अनुसार डुबानबाट कतै धेरै स्थान र कतै धेरै परिवार प्रभावित हुने देखिन्छ । नेपालले… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ३१ जेठ नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ… पुरा पढौ

कुमारी बैंकमा देशकै पहिलो ‘ईआरपी-एकीकृत डिजिटल कर्जा’ सेवा सुरु

काठमाडौं, ३० जेठ। नेपालको वित्तीय क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई थप सुदृढ बनाउँदै कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल कर्जा सेवाको सुरुवात गरेको छ। बैंकले आइएमएस सफ्टवेयर प्रालिसँगको साझेदारीमा देशकै पहिलो रियल-टाइम ईआरपी (ERP) एकीकृत डिजिटल कर्जा प्रणाली सार्वजनिक गरेको हो। यो सेवा विशेष गरी साना तथा मझौला व्यवसायी (SMEs) लाई ध्यानमा राखेर ल्याइएको हो, जसले उनीहरूलाई बिनाकुनै धितो र कागजी झन्झट तत्कालै बैंकबाट कर्जा प्राप्त गर्न मद्दत गर्नेछ। नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको डिजिटल कर्जा विस्तारको नीतिलाई सहयोग पुग्ने गरी डिजाइन… पुरा पढौ

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ (चीन), ३० जेठ। चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीन करिब ५० जना सगरमाथा आरोही सम्मानित हुनुभएको छ । त्रिहत्तरौँ सगरमाथा दिवसका अवसरमा यहाँस्थित नेपाली राजदूतावासले शुक्रबार साँझ आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा (माउन्ट एभरेष्ट) एड्भेन्चर फेस्टिभल’मा आरोहीहरु सम्मानित हुनुभएको नेपाली दूतावासले जनाएको छ । पूर्वउपसभामुख इन्दिरा राना मगर र नेपाली राजदूतावासकी कार्यवाहक राजदूत रोशन खनालले २९ चिनियाँ र २४ नेपाली आरोहीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । नेपालका पर्वतीय पर्यटनको प्रवद्र्धन तथा नेपाली र… पुरा पढौ

साप्ताहिक सेयर बजार: नेप्से ३१.३८ अंकले घट्यो, १३ वटै उपसमूह राताम्मे

काठमाडौं, ३० जेठ । यो साता धितोपत्र बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ। गत साताको अन्तिम दिन २७५५.४१ विन्दुमा रहेको नेप्से, यस साता १.१४ प्रतिशत (अर्थात ३१.३८ अंक) ले ओरालो लाग्दै २७२४.०३ विन्दुमा खुम्चिएको छ। यस साता नियमित पाँच कारोबार दिन नै बजार खुला रहे पनि केवल एक दिन मात्र नेप्सेमा सामान्य सुधार देखियो भने बाँकी चार कारोबार दिन बजार घटेर बन्द भयो। सूचक र कारोबार रकम दुवैमा गिरावट मुख्य परिसूचकसँगै बजारका अन्य… पुरा पढौ

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

काठमाडौं, ३० जेठ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार मध्यरातमा सप्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बन्नुभएको हो । वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षहरूमा क्रमशः उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित निर्वाचित हुनुभएको छ । महासचिवमा टेकनाथ आचार्य (टिएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल… पुरा पढौ

सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

चितवन, ३० जेठ। जिल्ला सहकारी सङ्घ चितवनले साझा बिद्युतीय सवारी साधन (इभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । पेट्रोलपम्प सञ्चालन गर्दै आएको सङ्घले चारवटा चार्जिङ उपकरणबाट आठ वटा गाडी चार्ज गर्ने गरी स्टेसन सञ्चालनमा ल्याएको हो । भरतपुर महानगरपालिका–१० मा रहेको आफ्नै परिषरमा चार्जिङ स्टेसन स्थापना गरिएको हो । सङ्घका व्यवस्थापक बिनोद खतिवडाका अनुसार रु एक करोड ५० लाखको लागतमा चार वटा सेन्टरमा आठ वटा गाडी एक पटकमा चार्ज गर्न सकिने गरि बिद्युतीय चार्जिङ उपकरण जडान गरिएको हो । १२०… पुरा पढौ