मुख्य समाचार

विश्व वातावरण दिवसकाे अवसरमा जेठ २३ गते चौथो सांग्रिला साइकल र्‍याली हुने

काठमाडौं, २१ जेठ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा आगामी जेठ २३ गते शनिबार ‘चौथो सांग्रिला साइकल र्‍याली’ हुने भएको छ। विश्व वातावरण दिवसको अवसर पारेर बैंकले हरेक वर्ष यो र्‍याली आयोजना गर्दै आएको छ। पर्यावरण संरक्षणका साथै समाजमा साइकल संस्कृतिको विकास गर्ने मूल उद्देश्यका साथ बैंकले यसअघि पनि सफलताका साथ तीन वटा संस्करण सम्पन्न गरिसकेको छ। यस्तो रहनेछ र्‍यालीको रूट बिहान ठीक ७ बजे सुरु हुने यो र्‍याली काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट प्रस्थान गर्नेछ। त्यसपछि दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली,… पुरा पढौ

दुई दिनको वृद्धिपछि नेप्सेमा ब्रेक, कारोबार रकम पनि संकुचित

काठमाडौं, २१ जेठ । विगत दुई कारोबार दिनदेखि लगातार बढिरहेको धितोपत्र बजार (नेप्से) मा साताको अन्तिम कारोबार दिन बिहीबार भने गिरावट आएको छ। उतारचढावका बीच नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा झरेको छ। नेप्से महाप्रलयसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि १.६७ अंकले ओरालो लागेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंकले घटेका छन्। कारोबार रकम ४ अर्ब ७० करोडमा सीमित परिसूचकसँगै बिहीबार… पुरा पढौ

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब लगानी

काठमाडौं, २१ जेष्ठ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितीमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिप चन्द्र रेग्मी र क्रिष्टल पावर डेभलपमेण्ट प्रा. लि. का कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य लगायत सहअगुवाई तथा सहभागि बैंकहरुका प्रतिनिधिहरुले… पुरा पढौ

नागढुंगा सुरुङका लागि जापानले थप साढे ५ अर्ब ऋण दिने, कुल सहायता २२ अर्ब नाघ्यो

काठमाडौं, २१ जेठ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारका रूपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहायता उपलब्ध गराउने भएको छ। निर्माण अवधिमा बढेको लागत व्यवस्थापन गर्न जापानले ५ अर्ब ७० करोड जापानी येन (झण्डै ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको अतिरिक्त ऋण दिने निर्णय गरेको हो। यस सम्बन्धी सम्झौतापत्रमा बुधबार नेपालका लागि जापानी राजदूत माएडा तोरु र अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको छ। बढ्दो लागत धान्न अतिरिक्त सहयोग सन् २०१९ देखि निर्माण सुरु भएको यो… पुरा पढौ

माछापुच्छ्रे बैंकको ३ करोड कित्ता अग्राधिकार सेयर नेप्सेमा सूचीकृत, बुधबारदेखि कारोबार

काठमाडौं, २१ जेठ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंक लिमिटेडको ३ करोड कित्ता सेयर सूचीकृत भएको छ। बैंकले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको उक्त सेयर नेप्सेमा औपचारिक रूपमा सूचीकृत भएको हो। नेप्सेका अनुसार सूचीकृत भएको यस सेयरको दोस्रो बजारमा बुधबारदेखि नै कारोबार सुरु हुनेछ। यो सेयर वार्षिक २५ प्रतिशत उच्च ब्याजदर (लाभांश दर) भएको अविमोच्य असञ्चिति अग्राधिकार सेयर (Irredeemable Non-Cumulative Preferred Share) हो। यस प्रकारको विशिष्ट प्रकृतिको सेयर सर्वसाधारणका लागि नभई संस्थागत लगानीकर्ताहरूका लागि मात्र लक्षित हुने गर्दछ।… पुरा पढौ

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २१ जेठ। सानिगाड हाइड्रो लिमिटेडले जेठ १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन सुरु गरेको हो। मुख्य बुँदाहरू: आईपीओ निष्काशन मिति: जेठ १८ गते (सोमबार) देखि सर्वसाधारणका लागि कुल कित्ता: ४६,७४,००० कित्ता (प्रतिकित्ता रु. १००) आवेदन सीमा: न्यूनतम १० कित्तादेखि अधिकतम २०,००० कित्तासम्म बन्द हुने मिति: छिटोमा जेठ… पुरा पढौ

महानगरद्वारा चक्रपथमा विद्युतीय बस सेवा विस्तार

काठमाडौं, २१ जेठ। महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाको चक्रपथमा बुधबारदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ । विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा राम्रो आम्दानी भइरहेको बताइएको छ । अत्याधुनिक सुविधा समावेश गरिएका आरामदायी सिटको व्यवस्था गरिएको नयाँ विद्युतीय बसहरू ३३ सिट क्षमताका छन् । यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौं, २१ जेठ। राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्नुहुँदै दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवद्र्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्ध बन्न प्रेरणा प्रदान गरेको छ… पुरा पढौ

हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने

काठमाडौं, २१ जेठ। मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा… पुरा पढौ

ट्राफिक कारबाहीमा एकैदिन पाैने २३ लाख राजस्व सङ्कलन

काठमाडौं, २१ जेठ। बितेका २४ घण्टामा दुई हजार ४४५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा सवारी… पुरा पढौ