मुख्य समाचार

ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

काठमाडौं, ६ जेठ। मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा विशेष प्राथमिकताका साथ स्थान दिएको छ । नीति तथा कार्यक्रममा समेत प्राथमिकता पाएपछि आगामी आवको बजेटमा समेत त्यसलाई थप महत्वपूर्ण स्थान पाउने विश्वास गरिएको छ । सरकार र निजी क्षेत्रको सहकार्यले यस क्षेत्रले प्रगति गरिरहेको अवस्थालाई ख्याल गर्दै बजेटमा एउटा नयाँ ‘डिपार्चर’ हुने सरोकारवालाहरुको कथन छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले समेत यस पटक… पुरा पढौ

कञ्चनपुर-कमला सडक आयोजना लागत ३ अर्बले बढ्यो, चौथो पटक म्याद थपिदै

सिरहा, ६ जेठ। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू । पूर्व—पश्चिम राजमार्गअन्र्तगत सिरहाको लहान, गोलबजार, मिर्चैया र आसपासका रैथाने बजारले भागिरहेको अवस्था हो यो । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नेपालको गौरव र रणनीतिक महत्वको ‘एसियन हाइ–वे’अन्तर्गत कञ्चनपुर–कमला सडक खण्डको ८६ दशमलव ८३ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति विगत छ वर्षदेखि अलपत्र छ । नेपाल सरकार र निर्माण कम्पनीबीच २०७७ साल असार ११ गते सडक विस्तार र स्तरोन्नतिका लागि सम्झौता… पुरा पढौ

वहिष्करणमा परेको क्षेत्रलाई बजेटमा विशेष प्राथमिकता दिइन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं, ५ जेठ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्रलाई बजेट विनियोजनलाई विशेष प्राथमिकतामा राखिने बताउनुभएको छ । आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफमा अर्थमन्त्रीले कमजोर वर्गलाई माथि उठाएर नै मध्यम वर्गको विस्तार गरिने उल्लेख गर्नुभयो । विकासको मार्गचित्र स्पष्ट भए मात्रै सहज रूपमा कार्यान्वयन हुने मान्यतामा आफू रहेको स्पष्ट पार्दै अर्थमन्त्रीले पहिलो पटक ‘मिसन मोड’लाई अभ्यासमा राखिएको बताउनुभयो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले सरकारको… पुरा पढौ

डाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी, ५ जेठ । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका लागि सामुदायिक र राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय दुई वर्षपछि कार्यान्वयन भएको छ । मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने २५ किलोमिटर दूरीको प्रसारण लाइनको ‘राइट अफ वे’ र टावर रहने २५.६२ हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न लागि २०८० साल फागुन ६ गतेको मन्त्रिपरिषद्ले बैठकले स्वीकृति प्रदान गरेको थियो । मन्त्रिपरिष्दले स्वीकृति दिएको दुई वर्ष दुई महिनापछि डिभिजन वन कार्यालयबाट… पुरा पढौ

नेप्सेमा सामान्य गिरावट: नेप्से ६.५१ अंकले घट्दा कारोबार रकम ३ अर्ब नाघ्यो

काठमाडौं, २५ जेठ। साताको दोस्रो कारोबार दिन मंगलबार पनि धितोपत्र बजार (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन सोमबार पनि सामान्य अंकले घटेको बजारले यस दिन पनि सोही लयलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.६८ अंक, फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.१९ अंकले ओरालो लागेका छन्। कारोबार रकममा भने सुधार नेप्से परिसूचक घटेपनि मंगलबार कारोबार रकममा भने केही सुधार… पुरा पढौ

प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माद्वारा १८ महिनामा मुद्दा फर्स्यौट गर्ने प्रतिबद्धता सार्वजनिक

काठमाडौं, ५ जेठ। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको समग्र सुधारका लागि आफ्नो अवधारणा र कार्ययोजना सार्वजनिक गर्नुभएको छ । मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा उपस्थित भई उहाँले १८ महिनाभित्रै मुद्दाहरूको फर्स्यौट गर्नेदेखि न्यायाधीश नियुक्तिलाई पूर्ण रूपमा ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) मा आधारित बनाउनेसम्मका प्रतिबद्धताहरू व्यक्त गर्नुभएको हो । प्रविधिको प्रयोग र विशिष्टीकृत इजलास प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले न्याय सम्पादनमा हुने ढिलासुस्ती अन्त्यका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने कार्ययोजना अघि सार्नुभएको छ । जसअनुसार मुद्दा दर्तादेखि फैसलासम्मको प्रक्रियालाई ‘इ-ट्र्याकिङ’… पुरा पढौ

‘राष्ट्रिय आर्थिक गणना, २०८२’-करिब साढे ८ लाख प्रतिष्ठानको गणना सम्पन्न

काठमाडौं, ५ जेठ। राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गरिरहेको ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ अन्तर्गत हालसम्म ८ लाख ३१ हजारभन्दा बढी आर्थिक प्रतिष्ठानहरूको गणना सम्पन्न भएको छ । आगामी असार ७ गतेसम्म स्थलगत कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको यस गणनामा हालसम्मको प्रगति उत्साहजनक रहेको कार्यालयले जनाएको छ । यसैबीच, आर्थिक गणना कार्यलाई थप प्रभावकारी बनाउन र दीर्घकालीन सहकार्यका लागि राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच ५ वर्षे समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा चेम्बरका तर्फबाट देवेन्द्र लामिछाने र… पुरा पढौ

‘काठमाडौंमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

काठमाडौं, ५ जेठ । सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी बढाउनुपर्ने माग गर्नुभएका छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो, “ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ, सहरमा अवसरको बहस भइरहँदा मधेसका युवा तातो घाममा बेरोजगार हिँडिरहेका छन्, राजधानीमा डिजिटल प्रविधिको कुरा चलिरहँदा नेटवर्क समस्याका कारण फोनमा कुरा गर्न पनि रुखमा चढ्नुपर्ने अवस्था छ, सुदूरपश्चिका पहाड विकासको तीव्र प्रतीक्षामा छन् ।” सांसद प्रा डा चन्द्रमोहन… पुरा पढौ

डिजिटल विभेद घटाउन टेलिकम आक्रामक: दुर्गम र हिमाली क्षेत्रमा तीव्र रूपमा फोरजी विस्तार

काठमाडौं, ५ जेठ । देशका सबै नागरिकसम्म डिजिटल पहुँच पुर्‍याउने उद्देश्यका साथ नेपाल टेलिकमले भौगोलिक रूपमा विकट तथा दुर्गम बस्तीहरूमा आफ्नो सेवा तीव्र रूपमा विस्तार गरिरहेको छ । व्यावसायिक लाभभन्दा पनि 'डिजिटल विभेद' न्यूनीकरण गर्ने सरकारको प्राथमिकताअनुसार टेलिकमले हेलिकप्टरबाट उपकरण ओसारेर तथा नवीनतम प्रविधिको प्रयोग गरेर दूरदराजमा इन्टरनेट र मोबाइल सेवा पुर्‍याइरहेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समेत दुर्गममा डिजिटल पहुँच विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशन… पुरा पढौ

प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण (Live)

काठमाडौं, ५ जेठ। प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले विकास निर्माण, सुकुमवासी समस्या, महँगी र रोजगारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको दैनिकीमा समस्या भएको उल्लेख गर्दै ती सेन्टरमा राखिएका बालबालिकाको पठनपाठनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “गरिब होइन, गरिबी भगाउने नीति सरकारको हुनुपर्छ, सुकुमवासीलाई सान्त्वना दिन पनि सरकारले सम्बोधन गर्नुपर्छ ।” https://youtu.be/iwRXLBqSFZI सांसद शम्भुप्रसाद ढकालले मुलुकका विभिन्न स्थानमा… पुरा पढौ