मुख्य समाचार

किन आयो शेयर बजारमा गिरावट ? यस्तो छ धितोपत्र बोर्ड अध्यक्ष हमालको जवाफ

काठमाडौं, ८ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिले सेयर बजार घटेको बताएका छन् । बोर्डद्वारा आयोजित पत्रकार सम्मेलनमा हमालले राष्ट्र बैंकले लिएको ४/१२ को नीतिले सेयर बजार घटेको बताएका हुन् । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा सेयर धितोको कर्जामा ४/१२ को नीति ल्याएको थियो । जसअनुसार कुनै पनि व्यक्ति वा संस्थाले एउटा संस्थाबाट अधिकतम ४ करोड र समग्र प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितो राखेर कर्जा लिन पाउने… पुरा पढौ

दोर्दीखोला जलविद्युतको सेयर बाँडफाँड, २ लाख आवेदकले पाए प्रति ब्यक्ति १० कित्ता

काठमाडाैं, ८ असार । दोर्दी खोला जलविद्युत कम्पनीको सेयर आज बिहान बाँडफाँड गरिएकाे छ। कम्पनीले जेठ २६ गतेदेखि सेयर निष्काशन गरेको थियाे । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार साे सेयर आज बिहान ९ बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो। क्यापिटलका अनुसार सेयरमा १४ लाख ७१ हजार ६६५ आवेदन परेको थियो। कुल आवेदनबाट १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत भएका छन् । ८८२ वटा आवेदन रद्द भएका छन्। २ लाख १ हजार ९८६ आवेदकलाइ १० कित्ताका दरले सेयर परेकाे… पुरा पढौ

पिपुल्स पावरको सेयर आजदेखि खुल्ला, कहिलेसम्म दिने आवेदन ?

काठमाडाैं, ८ असार । पिपुल्स पावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका जनताका जनताका लागि सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे छ । कम्पनीले ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गरेकाे हो। जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुने प्रतिकित्ता रूपैयाँ १०० अंकित मूल्य दरमा ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे । साे सेयरमा इलाम नगरपालिका वडा नं. १ र ४ र बढी प्रभावित भएका जनताका लागि १ लाख ८९ हजार ७८० कित्ता… पुरा पढौ

५०० भारतीय पर्यटकसहित ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आउने

जनकपुर, ८ असार । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताए। भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक… पुरा पढौ

वार्तापछि आन्तरिक उडान नियमित, वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच आज पनि वार्ता

काठमाडाैं, ८ असार। सबै उडान बन्द गर्ने घाेषणा गरेका बायुसेवा कंपनीहरू वार्तापछि आन्तरिक उडान नियमित सञ्चालन गर्न सहमत भएका छन् । आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गएराति भएको वार्तापछि उडान नियमित गर्ने सहमति भएको हो । मंगलबार राति सवा ११ बजे सकिएको वार्तामा वायुसेवाले आन्तरिक उडान बन्द नगर्ने र प्राधिकरणले पनि वायुसेवाका जायज मागका विषयमा सकारात्मक रहेको प्रतिकृया दिएपछि उडान नियमित गर्ने सहमति भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले बताए । वायुसेवा सञ्चालक संघ… पुरा पढौ

२ करोड बढीकाे बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

भक्तपुर, ८ असार । बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् । महानगरीय प्रहरी बृत्त जगातीको टोलीले घिमिरेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। घिमिरेले विभिन्न १० व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी रु दुई करोड ३२ लाख ४० हजार बराबरको बैंकिङ कसुर गरी फरार रहेका थिए… पुरा पढौ

प्रदेश १, बागमती, मधेश र गण्डकीमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं, ८ असार । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको जनाएकाे छ । अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको उल्लेख छ ।          हाल कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकीका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको… पुरा पढौ

एघार महिनामा नेपाललाई करिब १६ खर्बको व्यापार घाटा

काठमाडौं, ७ असार । चालु आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्कअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रु १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले व्यापार घाटा बढेको हो । विभागको तथ्याङ्क अनुसार एघार महिनाको… पुरा पढौ

निरन्तरता पाइरहेको योजना बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौ, ७ असार । प्रतिनिधिसभाको बैठकमा सांसद धर्मशीला चापागाईंले सरकारले निरन्तरता पाइरहेको योजना पनि बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उनले द्वन्द्वपीडित बच्चा पढाइरहेको बच्चाका लागि भएको बजेटसमेत कटाएको उल्लेख गर्दै उनले भनिन्, “वर्षौंदेखि निरन्तरता पाएको योजनाको बजेट पनि कटाइएको छ, द्वन्द्वपीडितको बच्चा पढाउने बजेटसम्म विनियोजन भएन, त्यो बच्चा पढाउनु राज्यको दायित्व हो कि होइन, मलाई जवाफ चाहिन्छ ।” उनले बजेट निर्माण गर्दा संविधानले दिएको अधिकार प्रयोग गरेर आफूले बजेटका लागि योजनाहरु प्रस्तुत गरेको… पुरा पढौ

सेयर बजारमा छायो हरियाली, १ अर्ब २३ करोड बढीको कारोबार

काठमाडौं, ७ असार । लगातार ओरालो लागेको नेपाली सेयर बजार मंगलबार रातो घेरालाई ब्रेक गर्दै उकालो लागेको छ । सेयर बजारमा हरियाली छाउँदा लगानीकर्ताहरुको मनोवल बढेको छ । पछिल्ला दिनहरुमा दलका शिर्ष नेताहरुबीच सेयर बजारको खस्किएको अवस्थाका बारेमा छलफल भईरहेको छ । लगानीकर्ताहरुले यो समस्या समाधानको लागि नेताहरुसंग उचित पहल गर्न भेटघाट गरिरहेका छन् भने उनीहरुको आन्दोलन पनि जारि रहेको छ । सेयर लगानीकर्ताहरुले संघर्ष समिति बनाई आन्दोलन गरिरहेका छन् । समितिका संयोजक तीलक काेइराला आमरण अनशनमा बसिरहेका छन् भने… पुरा पढौ