मुख्य समाचार

वर्गीकरण नगरी कित्ताकाट गरेकाे जग्गा राखेर अब ऋण नपाइने

काठमाडौं, ३१ जेठ । सरकारले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । घरजग्गाको नाममा कृषि क्षेत्र क्रमशः घट्दै गइरहेको बेला सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषद्ले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले तोकेको मापदण्ड अनुसार कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यही जेठ २७ गते मन्त्रिस्तरीय निर्णय गरेर कृषि क्षेत्र निर्धारण नभएका… पुरा पढौ

प्रभु क्यापिटलले भाेलिबाट “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम २०२२” सञ्चालन गर्ने

काठमाडौं, ३१ जेठ । प्रभु क्यापिटल लिमिटेडले भाेली असार १ गतेबाट “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२” सञ्चालन गर्ने भएको छ । विभिन्न विश्वविद्यालय तथा कलेजका व्यवस्थापन संकाय अन्तरगत स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई समेटेर नेपालमै पहिलो पटक “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२” गर्न लागिएकाे प्रभु क्यापिटलले जनाएकाे छ । विद्यार्थीहरुमा नेपालको पूँजी बजार, लगानी व्यवस्थापन एवं शेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपालमै पहिलोपटक यस किसिमको वित्तिय साक्षरता अभियान सञ्चालन गर्न लागेको… पुरा पढौ

राजस्व अनुसन्धान विभागद्वारा कर छली र विनिमय अपचलन गर्ने २८१ विरुद्ध मुद्दा दायर

काठमाडौं, ३१ जेठ । राजस्व अनुसन्धान विभागले पछिल्लो ८ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ । उनीहरुमाथि जरिवानासहित २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ । राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित २० अर्ब ६१ करोड ३० लाख ८६ हजार बिगो कायम गरी २०३ जनाविरुद्ध राजस्व चुहावटमा ६९ मुद्दा दर्ता भएको छ । जसमा सात राष्ट्रसेवक कर्मचारीसमेत छन् । यस्तै विदेशी विनिमय अपचलनतर्फ एक अर्ब १० करोड… पुरा पढौ

१९९६.२६ विन्दुमा झर्याे नेप्से, अझैं बढेन लगानीकर्ताकाे मनाेवल

काठमाडाैं, ३१ जेठ। सेयर बजारको ओरालो लागेको यात्रा रोकिएको छैन । साताको सेयर कारोबार हुने तेश्रो दिन आज मंगलबार सेयरबजार दोहोरो अंकले घटेको छ । लामो समयदेखि लगानीकर्ताहरु १९ बुँदे मागसहित आन्दोलित छन । उनीहरुले राष्ट्र बैंकले लागू गरेको ४/१२ को सेयर कर्जाको नीति खारेज गर्न माग गरिरहेका छन् । हाल उनीहरुले नियामक निकाय तथा राष्ट्र बैंकले अवलम्बन गर्ने अबको नीतिलाई पर्खिरहेका छन् । उता अर्थमन्त्री जनार्दन शर्माले करका दायराहरुमा फेरबदल गरिएको र अनाधिकृत मान्छेलाई सहभागि गराएको विषय प्रकाशमा आएको… पुरा पढौ

एमालेले माग्याे अर्थमन्त्री शर्माको राजिनामा, अनाधिकृत मान्छेसँग मिलेर करकाे दर तलमाथि पारेकाे आराेप

काठमाडाैं, ३१ जेठ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्नुअघि करका दरहरुमा तलमाथि गरेको भन्ने कुरा सार्वजनिक भएको भन्दै त्यसप्रति विरोध जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमालेका उपाध्यक्षसमेत रहेका सांसद सुरेन्द्र पाण्डेले समय माग गर्दै अर्थमन्त्री शर्माले संसद्ममा बजेट प्रस्तुत गर्नुअघि करका दरहरुमा तलमाथि गरेको भन्ने समाचार सार्वजनिक भएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए। बैठक प्रारम्भ हुने बित्तिकै उनले बजेट निर्माणको सिलसिलामा अनाधिकृत मान्छेहरुसँग साँठगाँठ गरी करका दरहरुमा तलमाथि पारिएको भन्ने समाचार… पुरा पढौ

१७ हजार मेट्रिक टन डिएपी मल भित्रियाे, युरिया असारको पहिलो साता भित्रिन्छ: साल्ट ट्रेडिङ

काठमाडाैं, ३१ जेठ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले रासायनिक मल भित्र्याउन थालेकाे छ । तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिएर डिपो, बिक्रीकक्षमार्फत वितरण भइरहेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पाेरेशनले जनाएको छ । कर्पाेरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो । डिएपीमध्ये बाँकी तीन हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको उसले जनाएको छ… पुरा पढौ

अब शुक्रवार पनि शेयर कारोबार हुने, यस्तो छ कारोबार समय

काठमाडौं, ३१ जेठ । नेपालमा पहिलो पटक सातामा ६ दिन नै सेयर कारोबार हुने भएको छ । असार १ गतेदेखि सातामा ६ दिन सेयर कारोबार हुने भएको हाे । असार १ बाट सातामा ६ दिन सेयर कारोबार हुने निर्णय भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरी पराजुलीले सफल आवाजलाइ जानकारी दिए । उनका अनुसार अब शेयरबजारकाे काराेबार आइतबारदेखि बिहीबारसम्म साविकको समय ११ देखि ३ बजेसम्म हुनेछ । शुक्रबार भने ११ देखि १ बजेसम्म २ घन्टा मात्रै हुने बताइएकाे छ ।… पुरा पढौ

साढे ८ महिनामा २२ अर्बकाे राजस्व छलीका मुद्दा दर्ता गर्न भ्याएका राजश्वका महानिर्देशक पौडेलको किन गरियाे सरुवा ?

काठमाडौं, ३१ जेठ । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेललाई साढे ८ महिनामै सरुवा गरिएको छ । राजस्व छल्नेहरूविरुद्धको कारवाहीलाई तीव्र बनाएका उनलाई अचानक नै सरुवा गरिएको हो । विभागका महानिर्देशक पौडेलको सोमवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो ।पौडेलको सरुवालाई चासोका रूपमा हेरिएको छ । चालू आर्थिक वर्षको साढे आठ महिनाको अवधिमा विभागले झन्डै २२ अर्ब रुपैयाँ राजस्व छलीका मुद्दा दायर गरेको थियो । सो अवधिमा विभागले राजस्व चुहावट गर्ने र विदेशी विनिमय अपचलन गर्ने २… पुरा पढौ

असारमा पुरानै ब्याजदरलाई निरन्तरता दिदैं बैंकहरू

काठमाडौं, ३१ जेठ । हाल संचालनमा रहेका सबै वाणिज्य बैंकहरूले असारमा पूरानै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गरेको निणर्य अनुसार पूरानै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।  चालु आर्थिक वर्षको अन्तिम महिना पनि भएकाले पुरानैलाई निरन्तरता दिने सहमति भए अनुसार असारका लागि बैंकहरुले आज मंगलवार पूरानै ब्याजदर प्रकाशित गरेका छन् । अहिले वाणिज्य बैंकहरुले साधारण मुद्दतिमा ११.०३ प्रतिशत सम्म ब्याज दिँदै आएका छन ।  बैंकहरूले आगामी महिना लागू हुने ब्याज त्यसअघि अर्थात मसान्तका दिन… पुरा पढौ

१० महिनामा वाणिज्य बैंकहरूले कमाए ५८ अर्बभन्दा बढी खुद नाफा, कुन बैंकको कति ?

काठमाडौं, ३१ जेठ । वाणिज्य बैंकहरूले चालू आव २०७८/०७९ को वैशाखसम्ममा ५८ अर्ब रुपैयाँ बढी खुद नाफा गरेका छन् ।हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले ५८ अर्ब ३३ करोड खुदनाफा गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनाको तुलनामा वैशाखमा अर्थात् एक महिनाको अवधिमा वाणिज्य बैंकको नाफा ७ अर्ब ३२ करोड रुपैयाँले बढेको छ । चैत महिनामा वाणिज्य बैंकको नाफा ५१ अर्ब १ करोड रुपैयाँ रहेको थियो । वैशाख मसान्तसम्म आइपुग्दा सबैभन्दा बढी नाफा कमाउने बैंकमा ग्लोबल आइएमई रहेको… पुरा पढौ