मुख्य समाचार

सरकारको नीतिले स्वदेशी उद्योग मारमा, साढे ६ अर्बको ब्यवसायलाई असर पर्ने

काठमाडौं, २३ जेठ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बिस्कुट कम्पनीलाई तेल आयात गर्न दिँदा स्वदेशी उद्योगको ६ अर्ब ५० करोड रूपैयाँको व्यवसायमा असर पर्ने बताएको छ । नेपाली बिस्कुट कम्‍पनीले स्वदेशमा उत्पादित ६ अर्ब ५० करोड रुपैयाँ बराबरको तेल खरिद गरिरहेको र अब आयात पनि गर्न दिँदा त्यसको असर व्यवसायमा पर्ने व्यवसायीहरूले बताएका छन्  । संघका महासचिव अमित मोरलले बिस्कुटलाई तयारी तेल आयात गर्न ५ प्रतिशतको भन्सार महशुल लगाइएको भन्दै सरकारको यो निर्णय उपयुक्त नभएको बताए । उनले… पुरा पढौ

शेयर बजार सुधारको माग गर्दै लगानीकर्ताले गरे आन्दोलनको घोषणा

काठमाडौं, २३ जेठ । पुँजी बजारका लगानीकर्ताहरुले यो महिनाभर आन्दोलन गर्ने भएका छन् । उनीहरूले पुँजी बजार सुधारका लागि भन्दै जेठ २३ गतेदेखि जेठ २९ गतेसम्म विभिन्न दवावमूलक कार्यक्रम गर्न लागेका हुन् । लगानीकर्ता तिलक कोइरालाको संयोजकत्वमा गठन भएको २५ सदस्यीय संघर्ष समितिले उक्त कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले जेठ २३ गते नेपाल धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने भएका छन् । उक्त प्रदर्शन सोमबार बिहान १०: ३० बजेदेखि हुने बताइएको छ । त्यसपछि जेठ २४ गते अर्थमन्त्रालय जाने, २५… पुरा पढौ

निक्षेप बीमाको सीमा बढ्यो, अब कति ?

काठमाडौं, २३ जेठ । सरकारले निक्षेप बीमाको सीमा बढाएको छ । आगामी साउन महिनादेखि लागू हुने गरी निक्षेप बीमाको सीमा बढाइएको हो । यससँगै हाल कायम भएको ३ लाख रूपैयाँको सीमा बढेर ५ लाख रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाका साना निक्षेपकर्ताको निक्षेपको सुरक्षण गर्नका लागि यस्तो व्यवस्था गरिएको हो । कुनै पनि बैंक वित्तीय संस्थाले निक्षेपकर्ताको भुक्तानी दिन नसक्ने अवस्था आएको खण्डमा भुक्तानी दिनका लागि यस्तो व्यवस्था गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८०… पुरा पढौ

नैरोबी सम्मेलनको दुई वर्ष पूरा, प्रतिबद्धता कार्यान्वयन सुस्त

काठमाडौं, २३ जेठ । महिला र बालबालिका विरुद्धको हिंसा र बाल तथा जबर्जस्ती विवाह, रोकथाम गर्न सकिने मातृ मृत्यु र परिवार नियोजनको अपरिपूर्त मागको अन्त्य गर्ने नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धतामा खासै सुधार हुन सकेको छैन । विसं २०७६ कात्तिक २६ गतेदेखि २८ सम्म केन्याको राजधानी नैरोबीमा सम्पन्न ‘जनसङ्ख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) को २५ औँ वार्षिकोत्सव शिखर सम्मेलन’मा नेपाल सरकारले ती तीन क्षेत्र शून्यमा झार्ने प्रतिबद्धता जनाएको थियो । सरकारका तर्फबाट तत्कालीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सम्मेलनमा… पुरा पढौ

आदर्श लघुवित्तले असार १ गतेदेखि सेयर निष्काशन गर्दै, कहिलेसम्म दिने आवेदन ?

काठमाडाैं, २३ जेठ । आदर्श लघुवित्त वित्तीय संस्थाले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता सेयर निष्काशन गर्ने भएकाे छ । निष्काशन गरिने कुल ६७ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत, १ हजार ३५ कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ। ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने सर्वसाधारणले ६२ हजार ६१५ कित्ताका लागि आवेदन दिन पाउने छन्। लगानीकर्ताले असार ६ गतेसम्म आवेदन दिन सक्नेछन् । साे म्यादभित्र माग बमाेजिमकाे आवेदन नपरेकाे खण्डमा ढीलाेमा… पुरा पढौ

श्वेत गंगा हाइड्रोपावरकाे सेयरमा आजदेखि आवेदन खुल्ला

काठमाडाैं, २३ जेठ। श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले आजदेखि करिब १६ लाख कित्ता सेयर निष्काशन तथा बिक्रिमा ल्याएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर जारि गरेकाे हाे । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्य दरकाे १५ लाख ९३ हजार कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे हाे । साे सेयरमध्ये आयोजनाको संरचना रहेको रामेछापकाे लिखु तामाकोशी गाउँपािलकाका वडा नं. २, ३ र ४, ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ४, ५, ६, ७, ८ र वडा नं ९ का… पुरा पढौ

असार १ देखि मन्दाकिनी हाइड्रोपावरकाे सेयर निष्काशन हुँदै

काठमाडाैं, २३ जेठ । मन्दाकिनी हाइड्रोपावरले असार १ गतेदेखि करिब ६ लाख कित्ता सेयर निषकाशन तथा बिक्रीमा ल्याउने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गर्न लागेको जनाएकाे छ । जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुने रू. १०० अंकित मूल्य दरकाे ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता सेयर बिक्रीमा ल्याउन लागेकाे हाे । साे सेयरमा कास्कीकाे माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ साविककको सार्दिखोला… पुरा पढौ

नेपाली सेनाले ४ हिमाल क्षेत्रबाट निकाल्याे ३४ टन फोहर

काठमाडाैं, २३ जेठ । नेपाल सरकारको योजनाअनुसार नेपाली सेनाद्वारा सञ्चालन गरेको ‘सफा हिमाल अभियान’अन्तर्गत विभिन्न हिमाल क्षेत्रबाट यस वर्ष झन्डै ३४ टन फोहर निकालिएको छ । तीनवर्षे अभियानमा यो पटक (सन् २०२२ मा) सबैभन्दा बढी फोहर सङ्कलन गरिएको हो । यसअघि सन् २०१९ मा १० टन र सन् २०२१ मा २७.६ टन फोहर निकालिएको थियो । प्रकृति तथा पर्यावरणको संरक्षण र जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्ने उद्देश्यले गत चैत २२ गते यस वर्षको सफा हिमाल अभियान सञ्चालन गरिएको थियो ।… पुरा पढौ

प्रदेश १, मधेश, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

काठमाडाैं, २३ जेठ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशको केहि स्थानहरुमा वर्षा भइरहेको छ । जेठ २३ गते (सोमवार) दिउँसो :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै… पुरा पढौ

पोखरा फाइनान्सको सीइओमा रविचन्द्र गुरुङले पाए निरन्तरता

पोखरा २२ जेठ । पोखराकाे न्युराेडमा प्रधान कार्यालय रहेको राष्ट्रियस्तरको वित्तीय संस्था पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युवा बैकर रविचन्द्र गुरुङले नै पुन: निरन्तरता पाएका छन् । फाइनान्स सञ्चालक समितिकाे बैठकले गुरुङलाई ४ बर्षे दोस्रो कार्यकालका लागि पुन: नियुक्त गरेको बताएकाे छ । गुरुङको दोस्रो कार्यकाल असार १० गतेबाट लागु हुनेछ । २ दशकदेखि बैंकिङ क्षेत्रमा आबद्ध भएका गुरूङले स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । त्यसपछि एनएमबि बैक हुदैं उनी पोखरा फाइनान्समा प्रबेश गरेका हुन । पुरा पढौ