मुख्य समाचार

सेयर बजारमा छायो हरियाली, १ अर्ब २३ करोड बढीको कारोबार

काठमाडौं, ७ असार । लगातार ओरालो लागेको नेपाली सेयर बजार मंगलबार रातो घेरालाई ब्रेक गर्दै उकालो लागेको छ । सेयर बजारमा हरियाली छाउँदा लगानीकर्ताहरुको मनोवल बढेको छ । पछिल्ला दिनहरुमा दलका शिर्ष नेताहरुबीच सेयर बजारको खस्किएको अवस्थाका बारेमा छलफल भईरहेको छ । लगानीकर्ताहरुले यो समस्या समाधानको लागि नेताहरुसंग उचित पहल गर्न भेटघाट गरिरहेका छन् भने उनीहरुको आन्दोलन पनि जारि रहेको छ । सेयर लगानीकर्ताहरुले संघर्ष समिति बनाई आन्दोलन गरिरहेका छन् । समितिका संयोजक तीलक काेइराला आमरण अनशनमा बसिरहेका छन् भने… पुरा पढौ

एमाले प्रमुख सचेतक भट्टराईद्वारा शेयर कारोबारमा लगानी सुरक्षित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, ७ असार । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारकाे लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए। प्रतिनिधिसभाको आजको बैठमा समय माग गर्दै उनले शेयर बजारमा सुधारको सङ्केत नदिँदा धितोपत्र बोर्डमा आबद्ध ५२ लाख डिम्याटकर्ताको लगानी जोखिममा परेको हुँदा सरकारले तत्काल सुधार गर्न ध्यानाकर्षण गराए। “एकजना नेताले शेयर बजार जुवाजस्तै हो भने, त्यसपछि अर्थमन्त्रीले लगानीकर्तासँग गरेको सम्झौता पनि कार्यान्वयन हुन सकेन,” सांसद भट्टराईले भने, “लगानीकर्ताले शेयरबजारको सुधार गर्न माग गर्दै तिलक कोइराला आमरण… पुरा पढौ

वायुसेवा सञ्चालक संघले भाेलिदेखि सबै हवाई उडान रोक्ने

काठमाडौं, ७ असार । वायु सेवा सञ्चालक संघले हवाई क्षेत्रका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै संघले उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो । संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न समेत माग गरेको वायु सेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा… पुरा पढौ

मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सरकारलाई दिए निर्देशन

काठमाडाैं, ७ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन दिएका छन । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका सांसदले बिराेध गरेपछि मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने र यसबारेमा सरकारलाई निर्देशन दिन अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए। अध्यक्ष तिमिल्सिनाले मूल्यवृद्धिकाे बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अर्को बैठकमा सम्बन्धित मन्त्रीलाई जवाफ दिन निर्देशन दिएका थिए । “राष्ट्रियसभाको बैठकमा मूल्यवृद्धिजस्तो गम्भीर जनसरोकारका विषय उठिरहेको छ । आज पनि यहाँहरुले… पुरा पढौ

बीमा कम्पनीहरूको शेयर स्वामित्वमा नयाँ प्रावधान : मर्जरपछि ३० प्रतिशत शेयर सर्वसाधारणको हुनपर्ने

काठमाडौं, ७ असार । बीमा समितिले बीमा कम्पनीहरूकाे सेयर मर्जरपछि ३० प्रतिशत सर्वसाधारणको हुनपर्ने भएको छ । बीमा कम्पनीहरूलाई मर्जर, गाभ्ने, गाभिने वा प्राप्ती गर्नका लागि शेयर स्वामित्व सम्वन्धमा नयाँ प्रावधान घोषणा गरेको हो । बीमा समितिको कानुन तथा नियामक महाशाखाले सम्पूर्ण बीमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै अब मर्जर भएका बीमा कम्पनीहरूको न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणको हुनुपर्ने व्यवस्था गरेको छ । गाभ्ने, गाभिने वा प्राप्तीका लागि सैद्दान्तिक सहमति लिएका वा सैदान्तिक सहमति लिन इच्छुक कम्पनीहरूले कुल जारी पुँजीको कम्तीमा… पुरा पढौ

इन्धनको मूल्यवृद्धिका कारण निर्माण उद्योग संकटमा, लाखौं श्रमिक मारमा परेको गुनासो

काठमाडौं, ७ असार । इन्धनमा पटकपटक गरिएको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको समेत अत्याधिक मूल्य बढेर निर्माण उद्योग नै ठप्प हुने अवस्था आउन लागेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । पछिल्लो पटक पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ मूल्यवृद्धिले निर्माण उद्योग थप आक्रान्त हुने महासंघले बताएको हो । इन्धनमा चर्को मूल्यवृद्धि भएकाले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना एवं अत्यावश्यक निर्माण परियोजना समेत बन्द हुने सम्भावना रहेको महासंघको भनाइ छ । निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण… पुरा पढौ

बैंकहरूले जग्गाको धितोमा कर्जा दिन पाउने, सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं, ७ असार । बैंकहरूले जग्गा धितोका कर्जा दिने बाटो खुलेको छ। जग्गा धितो राख्न नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै बैंकहरूलाई जग्गा धितोमा राख्न बाटो खुलेको हो । सरकारले पारित गरेको भू-उपयोग नियमावली २०७९ अनुसार वर्गीकरण नभएका जग्गा धितोका रुपमा रोक्का राख्न छोडिएपछि ऋण दिन बन्द गरिएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । 'जग्गाको वर्गीकरण गर्ने… पुरा पढौ

स्टेट पार्टनरसीप प्रोग्राम सरकारले अघि नबढाउने

काठमाडौं, ७ असार । नेपाल सरकारले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णयसमेत गरेको छ । यसैगरी बैठकले राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्ष पदमा वरिष्ठ पत्रकार धमेन्द्र झा (धनुषा)लाई नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो जानकारी दिए । राससका नवनियुक्त अध्यक्ष… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई सेवाको भाडामा वृद्धि, कहाँकाे कति ?

काठमाडाैं, ७ असार। नेपाल वायुसेवा सञ्चालक सङ्घले आन्तरिक हवाईसेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सङ्घले आगामी बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो। सङघले एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल चार्ज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यअनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रुपैयाँले भाडा बढ्नेछ। बढेको भाडाअनुसार यो रुटमा हवाई यात्रुले अधिकतम रु १६ हजार ८०५ तिर्नुपर्नेछ । सबैभन्दा कम काठमाडौँ–सिमरामा रु ७० ले भाडा बढेर… पुरा पढौ

अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन मौद्रिक नीतिद्वारा अधिकतम प्रयास गर्नेछु : गर्भनर अधिकारी

काठमाडौं, ७ असार । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई १७ बुँदे सुझाव दिएको छ । अर्थतन्त्रको विद्यमान समस्या, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब एवं तरलता व्यवस्थापनलगायत विभिन्न विषय समेटेर चेम्बरले १७ बुँदे सुझाव दिएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सुझाव पेश गर्दै शिथिल रहेको अर्थतन्त्रलाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताए। बजेटमा उल्लेखित ८ प्रतिशतको आर्थिक वृद्धि र मूल्यवृद्धि ७ प्रतिशतमा सीमित गर्नु निकै चुनौती… पुरा पढौ