मुख्य समाचार

चीनमा नेपाली हस्तकला सामग्री प्रवर्धन गर्न महासंघकाे आग्रह

काठमाडाैं, १० असार । नेपालका हस्तकला व्यवसायीको छाता सङ्गठन नेपाल हस्तकला महासङ्घले छिमेकी मित्रराष्ट्र चीनमा नेपाल हस्तकला सामग्री प्रवद्र्धन गर्न आग्रह गरेको छ । महासङ्घले जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई भेटेर नेपाली परम्परागत हस्तकलालाई चीनमा प्रवद्र्धन गर्न आग्रह गरेको हो । भेटमा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले चीनमा रहेको नेपाली राजदूतावासमा नेपाली परम्परागत हस्तकला झल्किने वस्तुको प्रदर्शनी कक्ष राख्नुपर्ने बताए । उनले नियमितरूपमा भन्सार नाका नखुल्दा नेपाली हस्तकला निर्यातमा समस्या भएको भन्दै भन्सार नाका सहजीकरणका लागि चीन… पुरा पढौ

यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान, सतर्कता अपनाउन अनुराेध

काठमाडाैं, १० असार । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको जनाएकाे छ । पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ । हाल देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली  देखी पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक  देखी समानाय बदली रहेको छ।प्रदेश १, बाग्मती प्रदेश, गण्डकी… पुरा पढौ

शनिबार नेपाल स्टार्टअप फेस्ट आयोजना हुँदै, ५० करोडको लगानी प्रतिबद्धता गरिने

काठमाडाैं, १० असार । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले यही असार ११ ते शनिबार नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा स्टार्टअफ फेस्ट आयोजना गर्न लागिएको हाे । नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रूपमा स्थापित गराउन नवप्रवर्तनकारीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र… पुरा पढौ

सिरियामा तैनाथ सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’

काठमाडौं, १० असार । लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले उक्त इलाकाको वस्तुस्थितिलगायतका विविध पक्षबारे जानकारी लिए। प्रधानसेनापति शर्माले शान्ति मिसनमा उल्लेखनीय कार्य गर्ने शान्ति मिसन क्षेत्रमा तैनाथ चार नेपाली शान्ति सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भौगोलिक, सामरिक तथा सुरक्षात्मक दृष्टिकोणले समेत अति महत्वपूर्ण… पुरा पढौ

जीआई वायरमा भन्सारदर बढाउने अर्थमन्त्री शर्मा उद्योगीकाे मागप्रति माैन, उद्योगीहरू आन्दोलनमा

काठमाडौं, ९ असार । जीआई वायरमा भन्सारदर बढाएर बिबादमा तानिएका अर्थमन्त्री जनार्दन शर्मा उद्योगीहरूकाे मागप्रति अझै माैन देखिएका छन । जीआई वायरको भन्सार बढाएर गल्ती गरेकाे महसुस गरेर त्यसलाई सच्याउने भन्दै समय सिमा नै ताेकेका अर्थमन्त्री जनार्दन शर्माले बजेट पास भएपछि अहिले बोली फेरेका छन् । यता उद्योगीहरूले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन । शर्माले पूर्वका उद्योगीसँग २७ गते जेठमा जीआई वायर, घ्यु, तेल तथा स्यानेटरी प्याडमा भन्सार बढाएर गल्ती गरेको र संसदबाट बजेट पास हुनेबित्तिकै सच्याउने प्रतिबद्धता जनाएका थिए ।… पुरा पढौ

कार्यविधि संशोधन गर्दै राष्ट्र बैंकले बढायाे असर्फीको मूल्य

काठमाडाैं, ९ असार । नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । आज नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो । बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनको खरिद, टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी तथा बिक्रीसम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्दै असर्फीको मूल्य बढाएको हो । संशोधन कार्यविधिअनुसार यसअघि प्रतिग्राम रु दुई सयका दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण हुँदै… पुरा पढौ

नेप्सेमा ४५.२५ अंकको गिरावट, १ अर्ब ४९ करोड बढीको कारोबार

काठमाडौं, ९ असार । साताको सेयर करोबार हुने पाँचौ दिन आज बिहिबार सेयर बजारमा अर्धशतक नजिकको गिरावट भएको छ । कारोबार रकममा केहि सुधार देखिए पनि बजार राताम्मै हुँदा सकारात्मक लयमा जाने दिनको पर्खाईमा रहनुको विकल्प भएन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा झरेको छ । नेप्सेमा २.३९ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ७.०६ अंकले घटेर ३६२.०९ विन्दुमा रहेको छ । कुल २३७ कम्पनीको सेयर कारोबार भएको छ । ५० लाख ८… पुरा पढौ

नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धि बारे सांसदले गरे सरकारकाे ध्यानाकर्षण

काठमाडाैं, ९ असार । प्रतिनिधिसभाका सांसदहरुले मूल्यवृद्धि, लामो समयदेखि संसद्मा अड्किएर बसेको नागरिकता विधेयक र विपद् व्यवस्थापनका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै नागरिकसँग प्रत्यक्ष जोडिएका ती विषयमा जनधनको सुरक्षा तथा सहज जीवनयापनका लागि उचित कदम चाल्न सभामुखमार्फत सरकारसँग आग्रह गरे। उनीहरूले राजधानी काठमाडौँमै हैजाको बिरामी देखिएको बताउँदै उचित तवरबाट फोहर व्यवस्थापन गर्नसमेत माग गरे। शून्य समयमा सांसद लालप्रसाद साँवा लिम्बूले विपद् व्यवस्थापन र आपतकालीन उद्धारको पूर्व तयारी कार्यलाइ चुस्त पार्न ध्यानाकर्षण गराए। सांसद… पुरा पढौ

६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगरमा-उत्पादन, रोजगारी, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

चितवन, ९ असार । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदैछ । चालु आर्थिक वर्षको बजेट रु चार अर्ब ८५ करोड थियो । एक अर्बभन्दा बढी बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो । महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार बजेट अन्तिम तयारीमा रहेको छ । उनले भने, “हामी रु छ अर्ब हाराहारीको बजेट ल्याउँदैछौँ ।” बजेट पूर्व महानगरपालिकाले सङ्घ र प्रदेशका मन्त्री,… पुरा पढौ

बीमा निर्देशिका–२०७८ खारेज गर्न महासंघले दियो एक हप्ते अल्टिमेटम

काठमाडौं, ९ असार । नेपाल निर्माण व्यवसायी महासंघ लगायतका संस्थाहरूले बीमा निर्देशिका—२०७८ खारेज गर्न बीमा समितिलाई एक हप्ते अल्टिमेटम दिएका छन् । असार १५ गतेसम्म बीमा निर्देशिका—२०७८ खारेज गर्नुपर्ने माग अघि सारेका छन् । सरोकारवालाहरूको सहभागितामा नयाँ निर्देशिका जारी नभए विगतको भन्दा सशक्त अन्दोलन गर्ने चेतावनी दिएका छन् । महासंघ सहित स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै बीमा निर्देशिका—२०७८ खारेजीको माग गरेका हुन् । बिमाको दररेटमा देखिएको समस्याका कारण देशभरका १७… पुरा पढौ