मुख्य समाचार

बजेट आएको भोलिपल्टै नेप्से राताम्मै, विश्वस्त भएनन् लगानीकर्ताहरु

काठमाडौं, १६ जेठ । केहि दिन सकारात्मक लयमा गएको नेपाली सेयर बजार नेपाल सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गरेको भोलिपल्टै सोमबार नकारात्मक लयमा गएको छ । लगानीकर्ताहरुले मौद्रिक नीतिको समिक्षा र बजेटलाई पर्खिएको भएपनि अझैं उनहिरु ढुक्ककासाथ लागनीका लागि तत्पर भएको देखिएन । सम्पूर्ण सूचकहरु राताम्मै भएका छन् । काराेबार रकममा पनि उल्लेखनिय बढोत्तरी भएको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.०९ अंककले घटेर २१७८.६९ विन्दुमा झरेको छ । नेप्सेमा २.०३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स… पुरा पढौ

कामपाका प्रमुख शाह, उपप्रमुख डंगोलसहित १६० जनप्रतिनिधिले लिए शपथ

काठमाडौं, १६ जेठ । महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराए। सो लगत्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराए । उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिइन । प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढेका थिए । शपथ ग्रहण समारोहमा प्रमुखमा निर्वाचित साह… पुरा पढौ

बजेटले गर्याे करको दायरा परिवर्तन, केमा घट्यो केमा बढ्यो ?

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत करको दायरा परिवर्तन गरेको छ । सरकारले निर्यात प्रवर्द्धन गर्न कर छुट, स्वदेशमै सवारीसाधनको एसेम्बल गर्न कर छुटदेखि विभिन्न वस्तुको भन्सार दरमा परिवर्तन गरेको छ । सरकारले करको दायरा विस्तारका लागि संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायले स्थायी लेखा नम्बर लिनुपर्ने र विद्युतीय माध्यमबाट अग्रिम कर कट्टीको विवरण दिनुपर्ने व्यवस्थालाई अनिवार्य गरेको छ । नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दाकै बखत व्यक्तिगत स्थायी लेखा नम्बर प्रदान गर्ने… पुरा पढौ

तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटियाे, कुहिरो हट्नै वित्तिकै ल्याईने

म्याग्दी, १६ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षत्विक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताए । हेलिकप्टरमार्फत पुगेका सेना, प्रहरी र शेर्पा तथा पैदलमार्गबाट गएका स्थानीयको टोलीले भेटिएका शव सङ्कलन र हराइरहेकाको खोजी जारी राखेका छन् । पैदलमार्गबाट गएका करिब १००… पुरा पढौ

बजेटबारे निजी क्षेत्रको सकारात्मक प्रतिक्रिया, कसले के भने ?

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । सरकारले चालु आवकोभन्दा डेढ खर्ब बढीले बजेटको ल्याएको हो । विनियोजित बजेट मध्ये आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पूँजीतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब र स्थानीय तथा प्रदेशको अनुदानका लागि… पुरा पढौ

हिमालयन हाइड्रोपावरकाे सेयरमा आवेदन दिने म्याद आजसम्म

काठमाडाैं, १६ जेठ । हिमालयन हाइड्रोपावर लिमिटेडको सेयरमा आवेदन दिने म्याद थप गरिएको छ । लगानीकर्ताले थपिएकाे मिति आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताको लागि सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले माग गरेबमोजिम आवेदन नपरेपछि फेरि दोश्रो पटक जेठको तीन गतेसम्म आवेदन दिने म्याद थप गरेकाे थियाे । ढिलोमा आवेदन दिने म्याद जेठ ८ गतेसम्म भनिएकोमा माग अनुसारको आवेदन नपरेपछि जेठ १६ गते आजसम्म आवेदन दिनका लागि म्याद थपिएको थियो । स्थानियका लागि… पुरा पढौ

तारा एयरको हराइरहेकाे विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो, दुर्घटनास्थलमा काेही जीवित भेटिएनन्

काठमाडौं, १६ जेठ। हिजोदेखि हराइरहेकाे तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकै पहाडमा ठोक्किएर दुर्घटना भएकाे साे जहाज टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको छ । दुर्घटनाग्रस्त अवस्थाकाे उक्त जहाज स्थानीयले फेला पारेकाे सेनाका प्रवक्ता सिलवालले बताए । प्रतिकूल मौसम र भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने भएकाले सानो हेलिकोप्टर दुर्घटनास्थलमा पठाउने तयारी भइरहेको समेत सिलवालले बताएका छन । दुर्घटनास्थल पुगेका नेपाली सेना र स्थानियका अनुसार… पुरा पढौ

यस्ता छन् बजेटका नयाँ नारा र आर्थिक समृद्धिको नयाँ अभियान

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा अगाडि सारिएका नाराले समग्रतामा यर्थाथतालाई सम्बोधन गरिएको टिप्पणी गरिएको छ । सरकारको बजेटमा आगामी आव आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष हुने उल्लेख गरिएको छ । सो अभियानअन्तर्गत आन्तरिक उत्पादन बढाउन आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने भएको छ । नेपालको ग्रामीण क्षेत्रलाई कृषि उत्पादनको… पुरा पढौ

गण्डकीमा बजेटः कृषि, पूर्वाधार विकासदेखि संस्कृतिको संरक्षणसम्म विनियाेजन

काठमाडाैं, १६ जेठ । सरकारले अघि सारेको आर्थिक वर्ष २०७९÷०८० को बजेटमा गण्डकी प्रदेशमा पूर्वाधार विकाससँगै संस्कृति जगेर्ना लगायतमा जोड दिइएको छ । संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गर्नुभएको बजेटमा संघीय सरकारले प्रदेशमा विभिन्न क्षेत्र विशेषमा बजेट विनियोजन गरेको छ । कृषिको उत्पादनलाई जोड दिएको सरकारले गण्डकी प्रदेशका हिमाली जिल्लालाई स्याउ उत्पादन र प्रशोधन केन्द्र बनाउन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । सरकारले मुस्ताङको कोरलामा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने अर्थमन्त्री… पुरा पढौ

यस्तो छ नेपाल सरकारले ल्याएकाे आर्थिक वर्ष २०७९/८० को बजेट(पूर्णपाठ)

काठमाडौं, १५ जेठ । नेपाल सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा ठूलो हुने गरी प्रस्तुत गरे । बजेटमा चालुतर्फ कूल रु सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत बराबर रहने… पुरा पढौ